Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank

‘गैरदलीय चुनावी सरकार’ का मन्त्री दलीय गतिविधिमा

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको ‘गैरदलीय सरकार’ का मन्त्री र सल्लाहकार नै राजनीतिक दलका गतिविधिमा सक्रिय बन्न थालेका छन् । मन्त्री र सल्लाहकार नै राजनीतिक दलमा आबद्ध हुँदा चुनावी सरकारको कार्यसम्पादनमा निष्पक्षताको प्रश्न उठ्ने देखिएको छ । 

२१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गराउने ‘म्यान्डेट’ सहित गठन भएको सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ रास्वपाका उपसभापति छन् । रास्वपा र घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच भएको सहमतिपत्रमा एकतापछि उनी उपसभापति हुने उल्लेख छ । घिसिङ त्यसअघि उज्यालो नेपाल पार्टीका गतिविधिमा सहभागी हुँदै आएका थिए ।

रास्वपा र उज्यालो नेपालबीच एकतासम्बन्धी वार्ता र छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सक्रिय बनेका थिए । घिसिङ र गुप्ता दुवै रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उठ्ने तयारीमा छन् । मन्त्री घिसिङ भने अहिलेसम्म औपचारिक रूपमा कुनै पनि दलमा नरहेको दाबी गर्छन् ।

‘प्रधानमन्त्रीले केही जिम्मेवारी दिएर मलाई मन्त्री बनाउनुभएको हो । ती जिम्मेवारी केही दिनमै पूरा हुँदै छन् । त्यसपछि भने चुनाव पनि नजिकिँदै गएकाले राजनीतिमा पूर्ण रूपमा सक्रिय हुने योजना छ,’ उनी भन्छन्, ‘सार्वजनिक रूपमा प्रश्न उठेको विषयमा केही दिनमै निर्णय गर्दै छु ।’

खेलकुदमन्त्री गुप्ता कुनै ठाउँमा जाँदैमा र कसैलाई भेट्दैमा दलमा लाग्यो भनेर आरोप लगाउन नहुने बताउँछन् । ‘म कुनै दलीय गतिविधिमा संलग्न छैन, न कुनै दलको सदस्यता लिएको छु,’ मन्त्री गुप्ता भन्छन्, ‘निर्वाचनमा कुनै दलसँग आबद्ध भएर लड्ने अवस्था आयो भने सरकारबाट राजीनामा दिएर जान्छु ।’

रास्वपा र काठमाडौंका मेयर बालेन्द्र शाहबीच १३ पुसमा भएको ७ बुँदे सम्झौतापछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा ‘नयाँ दिन, नयाँ सुरुवात π सुन्दर र समृद्ध नेपालको सपना ππ गन्तव्य तय हुँदैछ’ भनी लेखेका थिए । यसलाई लिएर खरेल पनि ‘रास्वपा’ जाने र चुनाव उठ्ने तयारीमा रहेको अड्कलबाजी हुन थालेको छ । प्रधानमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमल्सिना रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा छन् ।

सञ्चारमन्त्री खरेलले भने आफू कुनै दलमा नरहेको र चुनाव गराउने एक मात्र लक्ष्य लिएर काम गरिरहेको बताए ।

‘खासमा प्रधानमन्त्री र प्रमुख दलका प्रमुख नेतासहित बैठक बसेर चुनाव केन्द्रित विमर्श गर्ने र चुनावी माहोल बनाउने विषयमा म आफैं भेटघाट र छलफलमा खटिएको थिएँ, यसमा सकारात्मक पहलले सार्थकता पाएको थियो,’ उनले कान्तिपुरसँग भने, ‘अर्कोतर्फ रास्वपा र मेयर बालेन्द्र शाहबीच पनि सहमति भएको थियो । यी दुवै विषयले आसन्न चुनावलाई अझ उत्साह थपेका छन् । चुनावी मन्त्रिपरिषद्को सदस्यका नाताले यही खुसी सामाजिक सञ्जालमा साटेको हुँ ।’

आगामी निर्वाचनमा उम्मेदवार बन्न आफूलाई छरछिमेक/शुभेच्छुकले आग्रह/अनुरोध गरिरहेको तर ठ्याक्कै के गर्ने भनेर निचोडमा आफू नपुगेको मन्त्री खरेलको भनाइ छ । अर्का मन्त्री घिसिङ कुनै पार्टीमा आबद्ध भएको विषयमा सरकारलाई आधिकारिक जानकारी आइनसकेको पनि उनले बताए ।

‘मन्त्री स्वयंले पनि यसबारे केही कुरा भन्नुभएको छैन,’ खरेलले भने, ‘मन्त्रिपरिषद्मा यस विषयले औपचारिकता पाएपछि मात्रै निचोडमा पुग्न सकिन्छ । अहिले सरकारमा रहेका सबैको ध्यान निष्पक्ष, धाँधलीरहित र सुरक्षित वातावरणमा चुनाव गराउने मात्रै छ ।’

‘गैरदलीय सरकार’ का मन्त्री र सल्लाहकार नै निश्चित दलमा लाग्नु ‘अशोभनीय’ र कानुनी रूपमा प्रश्नयोग्य रहेको पूर्वप्रशासक खेमराज रेग्मी बताउँछन् । यस्तो अवस्थामा उनीहरूले दल र सरकारमध्ये एक रोज्नुपर्ने उनको भनाइ छ ।

‘चुनाव गराउने गैरदलीय सरकारको मूल चरित्र भनेकै पक्षपात र निश्चित दल/समूहको आबद्धताबाट मुक्त भएर निष्पक्ष काम गर्ने हो, अझ जेन–जी आन्दोलनपछि बनेको यो सरकारले त यसमा झनै ख्याल गर्नुपर्छ,’ पूर्वसचिव रेग्मी भन्छन्, ‘यसको अर्थ दलविशेष राजनीतिमा लाग्न हुन्न भन्ने होइन तर चुनावी सरकारमा पनि बस्नु अनि अमूक दलसँग पनि आबद्ध हुनु गलत छ । सरकारमा बस्ने हो भने दलबाट मुक्त हुनुपर्‍यो, दलमा जाने हो भने सरकारबाट हट्नुपर्‍यो, दुवै ओगटेर बस्ने हो भने सरकार निष्पक्ष छैन भन्ने अर्थ लाग्छ ।’

जेन–जी आन्दोलनको दबाबका कारण केपी शर्मा ओली प्रधानमन्त्रीले राजीनामा दिएपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् । ६ महिनाभित्र चुनाव गराउने म्यान्डेटसहित प्रधानमन्त्री भएकी उनले पूर्वप्रशासक, पूर्वसुरक्षा अधिकारी, कानुन व्यवसायी, प्राध्यापक, वैज्ञानिकलगायत पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाएकी थिइन् । मन्त्री भइसकेपछि घिसिङ र प्रधानमन्त्रीको सल्लाहकार भइसकेपछि तिमल्सिना राजनीतिक दलमा आबद्ध भएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ दिल्ली पुगेका प्रचण्डको आजकोे कार्यक्रम के छ ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक...

भक्तपुर-२ मा एमाले सचिव महेश बस्नेत सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर २ मा एमाले सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्...

भीमफेदी दुर्घटना- मृतक ६ मध्ये ४ जनाको पहिचान खुल्यो, चालकसहित ३ घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहर...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि, सल्टाउला महाधिवेशन विवाद ?

काठमाडौँ । महाधिवेशन समय तालिकाको किचलोमा फसिरहेको नेपाली कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी फुटसम्मको बहस हुन थालेपछि मध्...

बालेन र कुलमानको व्यवस्थापनपछि रास्वपाको बृहत्तर एकता घोषणा सभा आज

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ।  काठमाडौँ महानगरका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी ...

मौसमी फ्लुका बिरामी बढ्यो, कसरी बच्ने ?

विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, श...

कार्की आयोग अस्वीकार गरेका ओलीले अन्ततः दिए लिखित बयान, स्थानहद फुकुवाको तयारी

काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगलाई अन्ततः बयान दिएका छन् । आयोगका कर्म...

शीर्ष नेता को–कहाँबाट एकल सिफारिस ?

काठमाडौं । समानुपातिक उम्मेदवार मनोनयनसँगै २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन हुने माहोल बनेपछि प्रमुख राजनीतिक दलहरू १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक...

बालेन बने रास्वपाको वरिष्ठ नेता, यी हुन् थएिका २६ केन्द्रीय सदस्य

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बनेका छन्। आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेनलाई क...

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत। बेलायतमा वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending