Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

‘गैरदलीय चुनावी सरकार’ का मन्त्री दलीय गतिविधिमा

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको ‘गैरदलीय सरकार’ का मन्त्री र सल्लाहकार नै राजनीतिक दलका गतिविधिमा सक्रिय बन्न थालेका छन् । मन्त्री र सल्लाहकार नै राजनीतिक दलमा आबद्ध हुँदा चुनावी सरकारको कार्यसम्पादनमा निष्पक्षताको प्रश्न उठ्ने देखिएको छ । 

२१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गराउने ‘म्यान्डेट’ सहित गठन भएको सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ रास्वपाका उपसभापति छन् । रास्वपा र घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच भएको सहमतिपत्रमा एकतापछि उनी उपसभापति हुने उल्लेख छ । घिसिङ त्यसअघि उज्यालो नेपाल पार्टीका गतिविधिमा सहभागी हुँदै आएका थिए ।

रास्वपा र उज्यालो नेपालबीच एकतासम्बन्धी वार्ता र छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सक्रिय बनेका थिए । घिसिङ र गुप्ता दुवै रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उठ्ने तयारीमा छन् । मन्त्री घिसिङ भने अहिलेसम्म औपचारिक रूपमा कुनै पनि दलमा नरहेको दाबी गर्छन् ।

‘प्रधानमन्त्रीले केही जिम्मेवारी दिएर मलाई मन्त्री बनाउनुभएको हो । ती जिम्मेवारी केही दिनमै पूरा हुँदै छन् । त्यसपछि भने चुनाव पनि नजिकिँदै गएकाले राजनीतिमा पूर्ण रूपमा सक्रिय हुने योजना छ,’ उनी भन्छन्, ‘सार्वजनिक रूपमा प्रश्न उठेको विषयमा केही दिनमै निर्णय गर्दै छु ।’

खेलकुदमन्त्री गुप्ता कुनै ठाउँमा जाँदैमा र कसैलाई भेट्दैमा दलमा लाग्यो भनेर आरोप लगाउन नहुने बताउँछन् । ‘म कुनै दलीय गतिविधिमा संलग्न छैन, न कुनै दलको सदस्यता लिएको छु,’ मन्त्री गुप्ता भन्छन्, ‘निर्वाचनमा कुनै दलसँग आबद्ध भएर लड्ने अवस्था आयो भने सरकारबाट राजीनामा दिएर जान्छु ।’

रास्वपा र काठमाडौंका मेयर बालेन्द्र शाहबीच १३ पुसमा भएको ७ बुँदे सम्झौतापछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा ‘नयाँ दिन, नयाँ सुरुवात π सुन्दर र समृद्ध नेपालको सपना ππ गन्तव्य तय हुँदैछ’ भनी लेखेका थिए । यसलाई लिएर खरेल पनि ‘रास्वपा’ जाने र चुनाव उठ्ने तयारीमा रहेको अड्कलबाजी हुन थालेको छ । प्रधानमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमल्सिना रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा छन् ।

सञ्चारमन्त्री खरेलले भने आफू कुनै दलमा नरहेको र चुनाव गराउने एक मात्र लक्ष्य लिएर काम गरिरहेको बताए ।

‘खासमा प्रधानमन्त्री र प्रमुख दलका प्रमुख नेतासहित बैठक बसेर चुनाव केन्द्रित विमर्श गर्ने र चुनावी माहोल बनाउने विषयमा म आफैं भेटघाट र छलफलमा खटिएको थिएँ, यसमा सकारात्मक पहलले सार्थकता पाएको थियो,’ उनले कान्तिपुरसँग भने, ‘अर्कोतर्फ रास्वपा र मेयर बालेन्द्र शाहबीच पनि सहमति भएको थियो । यी दुवै विषयले आसन्न चुनावलाई अझ उत्साह थपेका छन् । चुनावी मन्त्रिपरिषद्को सदस्यका नाताले यही खुसी सामाजिक सञ्जालमा साटेको हुँ ।’

आगामी निर्वाचनमा उम्मेदवार बन्न आफूलाई छरछिमेक/शुभेच्छुकले आग्रह/अनुरोध गरिरहेको तर ठ्याक्कै के गर्ने भनेर निचोडमा आफू नपुगेको मन्त्री खरेलको भनाइ छ । अर्का मन्त्री घिसिङ कुनै पार्टीमा आबद्ध भएको विषयमा सरकारलाई आधिकारिक जानकारी आइनसकेको पनि उनले बताए ।

‘मन्त्री स्वयंले पनि यसबारे केही कुरा भन्नुभएको छैन,’ खरेलले भने, ‘मन्त्रिपरिषद्मा यस विषयले औपचारिकता पाएपछि मात्रै निचोडमा पुग्न सकिन्छ । अहिले सरकारमा रहेका सबैको ध्यान निष्पक्ष, धाँधलीरहित र सुरक्षित वातावरणमा चुनाव गराउने मात्रै छ ।’

‘गैरदलीय सरकार’ का मन्त्री र सल्लाहकार नै निश्चित दलमा लाग्नु ‘अशोभनीय’ र कानुनी रूपमा प्रश्नयोग्य रहेको पूर्वप्रशासक खेमराज रेग्मी बताउँछन् । यस्तो अवस्थामा उनीहरूले दल र सरकारमध्ये एक रोज्नुपर्ने उनको भनाइ छ ।

‘चुनाव गराउने गैरदलीय सरकारको मूल चरित्र भनेकै पक्षपात र निश्चित दल/समूहको आबद्धताबाट मुक्त भएर निष्पक्ष काम गर्ने हो, अझ जेन–जी आन्दोलनपछि बनेको यो सरकारले त यसमा झनै ख्याल गर्नुपर्छ,’ पूर्वसचिव रेग्मी भन्छन्, ‘यसको अर्थ दलविशेष राजनीतिमा लाग्न हुन्न भन्ने होइन तर चुनावी सरकारमा पनि बस्नु अनि अमूक दलसँग पनि आबद्ध हुनु गलत छ । सरकारमा बस्ने हो भने दलबाट मुक्त हुनुपर्‍यो, दलमा जाने हो भने सरकारबाट हट्नुपर्‍यो, दुवै ओगटेर बस्ने हो भने सरकार निष्पक्ष छैन भन्ने अर्थ लाग्छ ।’

जेन–जी आन्दोलनको दबाबका कारण केपी शर्मा ओली प्रधानमन्त्रीले राजीनामा दिएपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् । ६ महिनाभित्र चुनाव गराउने म्यान्डेटसहित प्रधानमन्त्री भएकी उनले पूर्वप्रशासक, पूर्वसुरक्षा अधिकारी, कानुन व्यवसायी, प्राध्यापक, वैज्ञानिकलगायत पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाएकी थिइन् । मन्त्री भइसकेपछि घिसिङ र प्रधानमन्त्रीको सल्लाहकार भइसकेपछि तिमल्सिना राजनीतिक दलमा आबद्ध भएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: