Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

पछि नहट्ने रणनीतिमा गगन–विश्व

खबरडबली संवाददाता

 

काठमाडौँ । सम्भावित सबै परिस्थितिको तयारीसहित पार्टी निर्णयलाई चुनौती दिँदै विशेष महाधिवेशनमा अघि बढेका कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुन व्यवसायीसँग परामर्श लिएका छन् । पार्टी निर्णयविपरीत विशेष महाधिवेशनको गृहकार्यमा लागेका उनीहरूले सम्भावित कानुनी अड्चन र विवाद निर्वाचन आयोगदेखि न्यायालय पुग्दासम्म लिने रणनीतिबारे कानुन व्यवसायीसँग छलफल गरेका हुन् । 

केन्द्रीय कार्यसम्पादन समितिबाट बहुमतले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको भोलिपल्ट थापा र शर्माले वरिष्ठ अधिवक्ताहरू यदुनाथ खनाल, प्रेम खड्का, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष सीताराम केसी र पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेलगायत कानुन व्यवसायीहरूसँग विशेष महाधिवेशनबारे परामर्श गरेका हुन् । कानुन व्यवसायीले विधानअनुसार माग भएको विशेष महाधिवेशन बोलाउन सकिने सुझाव दिएका छन् ।

बहुमत प्रतिनिधिले लिखित माग गर्दा पनि महाधिवेशन नबोलाउनु विधानविपरीत हुने र विधानअनुसार माग भएको महाधिवेशन रोक्ने अधिकार कसैलाई नभएको उनीहरूको तर्क छ । ‘कांग्रेसको विधानको धारा १७ (२) बाध्यकारी प्रावधान हो । केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनैपर्छ । यसलाई रोक्ने अधिकार कसैलाई पनि छैन, महामन्त्रीहरूले विशेष महाधिवेशन बोलाउन सक्नुहुन्छ,’ थापा र शर्मालाई कानुन व्यवसायीको सुझाव छ । 

केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए महामन्त्रीले केन्द्रका तर्फबाट बोलाउन सक्ने उनीहरूको सुझाव छ । ४० प्रतिशत प्रतिनिधिले स्वयं पनि विशेष महाधिवेशन बोलाउन सक्ने उनीहरूले बताएका छन् । राजनीतिक दलसम्बन्धी ऐनअनुसार विधानविपरीत पार्टी चलेमा निर्वाचन आयोगले जरिवाना गर्न सक्नेसमेत बताएका छन् । 

एजेन्डा र प्रक्रियाको विषयमा पनि कानुनविद्हरूले सुझाव दिएका छन् । ‘धारा १७ (२) आफैँमा केन्द्रीय महाधिवेशनको कार्यविधि हो । निवेदनकर्ताले उल्लेख गरेको कारण र एजेन्डा नै विशेष महाधिवेशनको एजेन्डा मानिनेछ । थप कार्यविधि आवश्यक भए महाधिवेशनले स्वयं तय गर्ने अधिकार राख्छ,’ कानुनविद्हरूले भनेका छन् ।

गत २९ असोजमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको लिखित माग गरेका थिए । विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । तर, शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बहुमतका आधारमा पुसको महाधिवेशन स्थगित गर्दै वैशाखमा महाधिवेशन गर्ने गरी नयाँ तालिका ल्याइएको छ ।

महामन्त्री थापाले विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन् । केन्द्रीय समितिले निर्णय गरेर हुन्छ वा केन्द्रले आह्वान गरेर हुन्छ भन्ने कुरा केही दिनमा टुंगो लाग्ने उनले बताए । ‘अब विशेष महाधिवेशन हुन्छ । तर, केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि केन्द्रले आह्वान गरेर भन्ने विषय केही दिनमै टुंगिन्छ,’ थापाको भनाइ उद्धृत गर्दै एक नेताले भने । विधानअनुसार जुनसुकै अवस्थामा जान आफूहरू तयार रहेको उनले बताए ।

पार्टीको पद्धति र अस्तित्व अहिलेको महत्वपूर्ण विषय भएको अर्का महामन्त्री शर्माले भनेका छन् । ‘निर्वाचनअघि महाधिवेशन गर्नुपर्छ, नयाँ नीति र नेतृत्वसहित नयाँ संकल्प लिएर निर्वाचनमा जानुपर्छ भनेर निरन्तर प्रयत्न गरियो । नेतृत्वमा को रहने भन्ने विषय गौण हो । मुख्य कुरा पद्धति विकास गर्नु र पार्टीको अस्तित्व रक्षा गर्नु हो,’ उनले भनेका छन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी भएकामा आफूहरू स्पष्ट रहेको थापा र शर्माले बताएका छन् । ‘अझै पनि हाम्रो प्रयास केन्द्रले आफैँ बोलाउनुपर्छ भन्ने छ । त्यसका लागि लागेका छौँ, अन्तिमसम्म लाग्नेछौँ । केन्द्रले बोलाएन भने यो माग बेवारिसे हुन सक्दैन, बिधान र कानुनबमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य हामीले सचेततापूर्वक पूरा गर्नुपर्छ, गर्नेछौँ,’ उनीहरूले भनेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending