Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

विभाजनको बाटोतर्फ कांग्रेस

खबरडबली संवाददाता

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी पनि महाधिवेशन गर्नैपर्ने दबाब बढाएसँगै कांग्रेस विभाजनको बाटोमा पुगेको हो । गत १५ मंसिरमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी २६–२८ पुसमा काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

एक महिनाबढी समयसम्म चलेको सो बैठकमा ‘महाधिवेशन कहिले गर्ने ?’ भन्ने विषयमा चर्को विवाद भएको थियो । विवाद साम्य पार्दै नेताहरूले नियमित महाधिवेशन मिति टु ंगो लगाएका थिए । तर, तोकिएकै मितिमा महाधिवेशन नहुने भएपछि विशेष महाविधेशनका माग चर्किंदै जाँदा पार्टी नै विभाजन हुने डिलमा पुगेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्ष नियमित महाधिवेशन २१ फागुनको निर्वाचनपछि गर्ने रणनीतिमा छ ।

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका संस्थापनइतरका नेता नियमित महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने पक्षमा छन् । तर, नियमित महाधिवेशन तोकिएकै मितिमा हुने नदेखिएपछि थापा–शर्मा समूह विशेष महाधिवेशन गर्नुपर्र्ने रणनीतिसाथ अगाडि बढेको छ । महामन्त्रीद्वयले बिहीबार संयुक्त विज्ञप्ति नै जारी गरेर ‘आगामी २७ पुसदेखि तोकिएको नियमित महाधिवेशन स्थगन’ घोषणा गरेर विशेष महाधिवेशन तयारी थालेका छन् ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका संस्थापन पक्षधर नेतासँग ‘औपचारिक छलफल नै नगरी एकलौटी स्थगन गरेको’ भन्दै संस्थापन पक्षका नेता विशेष महाधिवेशन ‘सकेसम्म रोक्ने, रोक्न नसके कार्यकर्ता छेक्ने’ रणनीतिमा जुटेका छन् ।

थापा–शर्मा समूहले विशेष महाधिवेशनका लागि काठमाडौं भृकुटीमण्डपको हल, बगैंचा ‘बुक’ गरेका छन् । २७ र २८ पुसका लागि ‘हल बुक’ गरिए पनि विशेष महाधिवेशन गर्ने’bout केन्द्रीय समितिले कुनै निर्णय नै गरेको छैन । नियमित महाधिवेशन गर्ने निर्णय गरिए पनि तोकिएकै मितिमा नहुने निश्चित भएको छ । हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा गाउँ, नगरको वडा अधिवेशन, १७ पुसमा पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर कांग्रेस वडा र पालिका अधिवेशन तोकिएकै मितिमा गर्न असफल भयो । १९ पुस (शनिबार)मा प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २१ पुसमा दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, २२ पुसमा र प्रदेश अधिवेशन २३ र २४ पुसमा अधिवेशन गरेर १५औं केन्द्रीय अधिवेशन २६–२८ पुस काठमाडौंमा गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो ।

तर सो कार्यतालिकाअनुसार नभएपछि महाधिवेशन पनि अनिश्चित बनेको छ । महाधिवेशन अनिश्चित भएपछि थापा–शर्मा समूहले विशेष महाधिवेशनका लागि हल नै ‘बुक’ गरेर अगाडि बढेको छ । महाधिवेशन’bout थापा र शर्माले सभापति शेरबहादुर देउवासँग बिहीबार छलफल गर्न खोजेका थिए । तर, कार्यव्यस्तताका कारण देखाउँदै देउवाले भेट गर्न अस्वीकार गरेका छन् । ‘महाधिवेशन चुनावअघि कि पछि गर्ने ?’ विषयमा कांग्रेसभित्र चर्को विवाद छ ।

नियमित महाधिवेशन तोकिएकै समय हुन नसक्दा विशेष महाधिवेशन गर्नुपर्र्ने आवाज चर्किंदै गएको छ । तर कांग्रेसभित्र क्रियाशील सदस्यता टगो नै लाग्न सकेको छैन । क्रियाशील सदस्यतासम्बन्धी समिति संयोजक महामन्त्री गगन थापा आफैं छन् । तर थापाले ‘क्रियाशील सदस्यता कहिले टुंगो लगाउने ?’ भन्ने प्रश्न कांग्रेसभित्र उठेको छ । यता, महामन्त्री थापाले भने ‘५४ प्रतिशत प्रतिनिधिको सर्मथन’ भन्दै विशेष महाधिवेशन अडानमा छन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending