Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा

खबरडबली संवाददाता

कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दिएका हुन् ।

चिसो अझै केही दिन रहने सम्भावना भएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको वेदकोट नगरपालिकाले जनाएको हो । मौसम प्रतिकूलताका कारण विद्यार्थीको पठनपाठनमा बाधा भइरहेकाले विद्यार्थीको स्वास्थ्यलाई दृष्टिगत गर्दै पुस १६ देखि पुस १९ गतेसम्म पालिकास्थित विद्यालयहरूमा जाडो बिदा दिइएको शिक्षा शाखा प्रमुख हरिदत्त भट्टले बताए।

उनका अनुसार, विद्यालयहरूले नियमानुसार पाउने बाँकी हिउँदे बिदाबाट कट्टी हुने गरी यस पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बुधबारदेखि पुस १९ गतेसम्म जाडो बिदा दिइएको हो ।

पुस लागेदेखि सुरु भएको कठ्याङ्ग्रिँदो चिसोले तराई क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । चिसो बढ्दा बालबालिका, वृद्धवृद्धा, अशक्त र विपन्न वर्गका मानिस बढी प्रभावित बनेका छन् ।

यसैगरी, यहाँस्थित भीमदत्त नगरपालिकाले पनि पुस १९ गतेसम्म पालिकास्थित विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएकाले पुस १९ गतेसम्म प्रतियोगिता अवधिभर  विद्यालयहरूमा बिदा दिइएको जनाइएको छ ।

शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले खेलकुद अवधिभर यहाँका निजी तथा सार्वजनिक सबै विद्यालयमा सार्वजनिक बिदा दिएको बताए। साथै, खेल प्रतियोगितामा भाग लिन, अवलोकन गर्न र अनुशासित भएर खेलहरूका असल पक्षहरूको सिकाइ अनुसरण गर्ने तथा खेलकुद प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालनमा सहयोग गर्नसमेत उनले सबैमा आग्रह गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन आयोगको स्पष्टिकरण : उम्मेदवारलाई 'ब्ल्याक लिष्ट'मा राखेको चर्चा गलत

विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी चुनाव लड्न नपाउने भनी सामाजिक स...

विमानस्थल सुधारका लागि दुई महिनाभित्र स्पष्ट कदम चाल्न मन्त्री सिन्हाको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद नभएको बताएका छन्। मन्त्री...

कहिले हुन्छ मुगुको नाग्म गमगढी सडक कालोपत्रे ?

मुगु। नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन स...

आजपनि ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मं...

कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा

कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दि...

कांग्रेसको समानुपातिक सूचीमा गम्भीर त्रुटि, पूर्वराष्ट्रपति यादवका छोराको नाम दुई ठाउँमा

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने क्रममा गम्भीर त्रुटि गरेको पाइएको छ। मंगलबार बिहान बुझाइएको सूचीमा पूर्...

सुर्खेतमा जंगलभित्र युवायुवती मृत अवस्थामा फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनीहरूका श...

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन्। ...

सिन्धुलीमा २२ वर्षीय युवकको गोली लागेको अवस्थामा शव फेला

काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...

कप्तान रोहितका बुवा र आमा गृहनगरमा सम्मानित

पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending