Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

अनिश्चितकालीन आमहडतालको प्रत्यक्ष असर महोत्तरीका सञ्चारमाध्यममा

\"Mahottari महोत्तरी । संयुक्त मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडतालको प्रत्यक्ष असर महोत्तरीको सञ्चारमाध्यममा पनि परेको छ । नयाँ संविधानमा सीमाङ्कनको मुद्दा लिएर सडक आन्दोलनदेखि आमहडताल हुँदै सीमामा धर्ना गरिंदा त्यस्तै प्रत्यक्ष प्रभाव जिल्लास्थित हरेक सञ्चारमाध्यममा पर्दै आएको छ । करिब डेढ महिनादेखि जारी रहेको मधेसी मोर्चाको आन्दोलनका क्रममा यहाँका सञ्चारकर्मी तथा सञ्चार गृहका लागि चाहिने डिजेल, पेट्र«ोल, छपाइ कागज, इन्टरनेटको रिचार्जलगायत विभिन्न आवश्यक सामग्रीको अभावमा कठिनाइ हुँदै आएको छ । महोत्तरीको बर्दिबासबाट केही वर्ष यतादेखि नियमित रुपमा प्रकाशित हुँदै आएको बर्दिवास दैनिक पत्रिका आजकाल विभिन्न रङ्गका कागजमा प्रकाशन हुँदै आएको पाइएको छ । यस्तो रङ्गीविरङ्गी कागजमा छपाइ गर्नु रहर नभई बाध्यता रहेको पत्रिका प्रकाशक रमण काफ्लेले बताए । मौज्दातमा रहेको सेतो रङ्गका सबै कागज सिद्धिएपछि बजारमा जुन रङ्गको कागज पायो त्यसैमा पत्रिका प्रकाशित गर्दै आएको काफ्लेको भनाइ छ । एक हप्ताभित्र पनि स्थिति साम्य नभए कागजको अभावमा पत्रिका बन्द गर्नुपर्ने बाध्यता सिर्जना हुने उनको भनाइ छ । यहाँका एफएम रेडियो चर्को विद्युत्भार कटौतीका कारण बन्द हुने स्थिति सिर्जना भएको छ । एक त विद्युत्भार कटौतीको मार त्यसमा पनि जेनेरेटर चलाउन डिजेल नपाएपछि अधिकांश रेडियो बन्द हुँदै आएको रेडियो सञ्चालकको भनाइ छ । गौशालामा रहेको रेडियो गौशालामा सौर्य ऊर्जाबाट नियमित रुपमा सञ्चालन भए तापनि अन्य रेडियोमा बन्दको प्रत्यक्ष पभाव परेको रेडियो गौशालाका स्टेसन प्रबन्धक अजयकुमार साहले जानकारी दिए । प्रबन्धक साहका अनुसार रेडियो सञ्चालन गर्न समस्या नभए तापनि पेट्रोलको अभावमा समाचार सङ्कलनमा समस्या भएको बताए । जिल्लाका अधिकांश पत्रकार पेट्रोलको अभावमा मोटरसाइकल चलाउन नपाएर घटनास्थलमै गएर रिपोर्टिङ गर्न नपाएको पत्रकार महासङ्घ महोत्तरीका सचिव विक्रम रौनियारको भनाइ छ । जिल्लामा तीन दैनिक पत्रिका, सात साप्ताहिक पत्रिका तथा नौवटा रेडियो सञ्चालनमा रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending