सिरहा । शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो ।
शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन् भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ ।
चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले आज बिहानैदेखि बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले ग्रामीण चोक, राधाकृष्ण चोक, गणेशचोक, हनुमानस्थान, हुलाक चोकलगायत स्थानमा दाउरा बाल्ने काम थालिएको जानकारी दिए ।
उनले भने, “बढ्दो चिसोबाट नगरवासीलाई जोगाउन तत्काल राहतका कार्यक्रम सुरु गरेका छौँ । बजार क्षेत्रका प्रमुख चोकमा दाउरा बालिएको छ र वडासँग समन्वय गरेर २४ वटै वडाका आवश्यक स्थानमा दाउरा वितरण गर्ने तयारी भइरहेको छ ।” उनका अनुसार गरिब तथा विपन्न समुदायलाई लक्षित गरी ५०० परिवारलाई फाइबरका सिरक वितरण गर्ने तयारीसमेत गरिएको छ ।
उनले भने, “चिसोबाट कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले आफ्नोतर्फबाट सक्दो पहल गरिरहेको छ ।” यसैबीच मौसममा आएको अचानक परिवर्तन र निरन्तर चिसो हावाका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको माध्यमिक विद्यालय पडरिया थारू टोलका प्रधानाध्यापक मनोज यादवले जानकारी दिए।
उनका अनुसार अत्यधिक चिसोका कारण विशेषगरी विपन्न परिवारका बालबालिकासँग न्यानो लुगाको अभाव हुँदा विद्यालयमा नियमित उपस्थिति हुन नसकेको हो ।
त्यसैगरी, डिभिजन वन कार्यालय लहानले पनि जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार जिल्लाका मुख्य बजार क्षेत्रमा दाउरा उपलब्ध गराउन कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरेको छ ।
चिसोको प्रभाव बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनका अनुसार जिल्लाका १७ वटै स्थानीय तहका प्रमुखसँग छलफल भइरहेको र छिट्टै बैठक बसेर दाउरा उपलब्ध गराउने, न्यानो कपडा वितरण गर्नेलगायत आवश्यक निर्णय गरी कार्यान्वयन गरिनेछ । लगातारको शीतलहरले जनजीवन प्रभावित भइरहेकाले सरकारी निकाय तथा स्थानीय तहले सक्रियता बढाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...
पौष ९ गते, २०८२ - १३:०५
इनरुवा। बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुव...
पौष ९ गते, २०८२ - १२:४८
काठमाडौ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाच...
पौष ९ गते, २०८२ - १२:४१
काठमडौँ। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनु भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्...
पौष ९ गते, २०८२ - १२:२९
महोत्तरी। अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम तल झरेपछि बालबाल...
पौष ९ गते, २०८२ - १२:१२
कालीकोट। जमुना हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०...




प्रतिकृया लेख्नुहोस्: