Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

आरोप प्रत्यारोप नगरौं भो

\"dhruba_parajuli_article\"आरोप प्रत्यारोप जति भएपनि अनपेक्षित र अप्रत्याक्षित ढंगले अगाडि आएको भारतीय नाकाबन्दीले व्यापक ढंगले आफ्नो असर देखाएको छ । भारत स्वंयमले पनि त्यसको असर यति नकारात्मक रुपमा व्यहोर्नपर्ला भनेर सायदै सोचेको हुनुपर्छ । विश्व राजनीतिक जगतमा मानवीय, न्यायिक, राजनीतिक, समाजिक, सांस्कृतिक एवं आर्थिक रुपमा यति ठूलो प्रचारबाजी होला भनेर पूर्वानुमान गर्न सकेको भए त्यस्तो अप्रिय निर्णय लिने थिएन होला भारतले ।
भारत स्वंयमले पनि त्यसको असर यति नकारात्मक रुपमा व्यहोर्नपर्ला भनेर सायदै सोचेको हुनुपर्छ ।
जारी संविधानप्रति असन्तुष्ट आन्दोलनकारी नेताहरुले पनि यस रुपमा नांंगिएला भनेर सोचेको भए कसैले उचालेकै भरमा आन्दोलनको यस्तो रुप अवलम्बन गर्ने थिएनन् । अधिकारका लागि भनि सडकमा आएका जनताको मन दिनानुदिन खिन्न बन्दै गएको प्रमाण दशगजामा खुम्चिएका सीमित नेपाली अनुहारले पुष्टी गरिरहेकै छ । यता संविधान सशोंधनमार्फत सम्बोधन गरिने भाकामा आफ्नो घोषित प्रतिबद्धताबाट बिचलित सत्ताधारी दलहरुको संकट पनि मुलुकलाई कष्ट थोपरेर धेरै दिन टार्न नसकिने परिदृश्यपछि महंगो सावित भईरहेको छ । यसरी कोही पनि खुशी र सन्तुष्ट हुन नसक्ने आजको अवस्थाका दोषी यी सबै पक्ष हुन् । र अब पनि आफ्नो दोषलाई महसुस गर्न ढिलाई गर्नु भनेको पन्छाउनै नसकिने भारीले किचिएर मर्नुबाहेक अर्को विकल्प देखिंदैन । स्थिति जस्तोसुकै र जसले गर्दा यस्तो भएको भएपनि यसले नेपाली मनोविज्ञानलाई नराम्ररी विभाजित तुल्याइरहेको छ । अन्ततः क्षति नेपाल र नेपालीलाई नै बढी हुनेछ । कोही पनि जिम्मेवार नेपालीले यो वा त्यो कसैलाई दोषी देखाएर उन्मुक्ति पाउने अवस्था छैन । अतः देखिएको संकट र त्यसबाट निकासका निम्ति समकालीन विश्व राजनीतिमा घटित घटनाक्रमहरुबाट शिक्षा लिनु र आफ्नो समस्या आफैले समाधान गर्ने बाटो अवलम्बन गर्नु बुद्धिमतापूर्ण हुनेछ । हालसालै मात्र इयुसम्बद्ध राष्ट्र टर्कीमा घटित एउटा घटना नेपाली समस्याको समाधान खातिर परोक्ष सन्दर्भ सामाग्री हुनसक्दछ । ग्रीस एउटा साम्राज्यवादी विरासत भएको सम्पन्न मुलुक हो । जुन मुलुक इयुको ऋणबाट उम्कनै नसक्नेगरी ऋण संकटमा परेको थियो । र आफ्नै बलबुतामा जनताको साथ लिइ उक्त संकटबाट बाहिर निकाल्न सफल भएको थियो । सबाल संकटमा परेको मुलुकलाई कसरी बचाउने भन्ने हो । र यस सन्दर्भमा ग्रीसबाट सिक्न सके जारी संकटको निकास आफ्नै सापेक्षतामा निक्लन सक्छ कि ? एउटा सम्पन्न मुलुकले यसप्रकारका संकटहरु बेहोर्नुपर्छ भने हामीजस्तो अतिकम विकसित मुलुकको के कुरा ? ग्रीसलाई पनि लागेकै थियो होला कि, इयुको ऋण समयअगावै वा समयमै तिरिनेछ र मुलुकलाई थप सम्बृद तुल्याइने छ  । तर यस्तो भएन । जसै नेपालमा सविंधानसभाबाट संविधान जारी गर्ने काम पनि समयमा हुन सकेन । ग्रीसमा ऋणको म्याद गुज्रियो, इयुले ऋणतिर नभए इयुबाट निस्क भन्ने चेतावनी दियो । आखिर पुँजीबादी विश्व सम्बन्धपुँजीकै व्यापारमा त टिकेको छ । कसले कसको पो दया गर्छ र ? त्यस्तै नेपाली जनताले समयमै आफ्नो अधिकारसहितको संविधान माग गरे, पाएनन् त उनीहरु कसरी गलत हुन्छन् ? ऋण चुक्ता गर्ने उपाय स्वरुप इयुले ग्रीस सरकारलाई उसका जनतामाथि थप करको भार बोकाउनुपर्ने सुझाव दियो  । ग्रिसेली जनता त्यस्तो अन्यायपूर्ण शर्त लादिनको लागि स्विकार्न तयार भएनन् । उता जनताको सेवा गर्ने शर्तमा बहुमत ग्रिसेली जनताले चुनेको एलेक्सि सिप्रास सरकारले चलाखीपूर्ण तर जनआधारित निर्णय लियो । (त्यसो हो भने यो निर्णय जनताले नै गरुन्् ) जनमतसग्रंहको घोषणा गरियो । ग्रिसेली जनताले इयुबाट ननिस्कने तर अन्यायपूर्ण शर्त नस्वीकार्ने पक्षमा मत दिए । यस्तो निर्णयले राज्य र जनता दुबैलाई एकैठाउँमा उभ्यायो । इयु आफ्ना अन्यायपूर्ण शर्त लाद्ने बाटोबाट पछि हट्न वाध्य भयो । शर्तहरु खुकुला भए र ऋण संकट ट्र्यो । परिणाम एलेक्सिस सिप्रासको सरकार लोकप्रिय भयो । दुइचारदिन अघिमात्र सम्पन्न राष्ट्रपति चुनावमा उनले अत्याधिक बहुमतका साथ शानदार जित हासिल गरे । यसप्रकारको पहलकदमी लिन याँहाका राजनीतिक शक्तिहरु वा सरकार किन सक्दैनन् ? बाहिरियाका विरुद्ध जनतालाई साथ लिई संकट आउनै नदिन ग्रीसबाट सिक्न सके सार्वभौम नेपालका राष्ट्रवादी नेपालीहरुले आपसी आरोप प्रत्यारोपको राजनीतिबाट मुक्ति पाउथे कि ? र आपसी राष्ट्रवादी र राष्ट्रघातिको आरोपमा अविछिन्न सत्तारोहणमा पल्किएको फोहोरी सँस्कारबाट नेपाल र नेपालीहरु मुक्त हुने थिए कि ? यसका निम्ति कुनै राजनीतिक दल वा सरकारको प्रतिक्षा नेपाली जनताले अबपनि गरिरहन धेरै ढिलो हुनेछ  पहलकदमी जनताले नै लिने हो कि ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy