Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नयाँ सरकार गठनको विषयमा प्रधानमन्त्री र ओलीबीच चरम विवाद

\"Koiralaकाठमाडौं । नयाँ सरकार गठनको विषयलाई लिएर प्रधानमन्त्री सुशील कोइराला र सत्ता साझेदार दल एमाले अध्यक्ष केपी ओलीबीच विवाद चुलिएको छ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा ओलीले सरकार गठनका विषयमा छलफल गर्न प्रस्ताव राखेपछि दुई नेताबीच विवाद देखिएको हो। बैठकमा ओलीले शुक्रबारदेखि संसद् चालू हुने भएको भन्दै नयाँ सरकार गठनका विषयमा छलफल गर्न प्रस्ताव राखेका थिए। ओलीको प्रस्तावलाई बैठकमा सहभागी कानुनमन्त्री नरहरि आचार्यले \'अहिले छलफल गर्न आवश्यक नभएकोु भन्दै संवैधानिक विधिविधानअनुसार सरकार गठन अघि बढ्ने\' जबाफ दिएका थिए। ओलीले राष्ट्रिय सरकार गठनको प्रस्ताव राखेपछि प्रधानमन्त्रीका तर्फबाट बोल्दै आचार्यले संविधान संशोधन गरेर तराईमा जारी नाकाबन्दी खुलाउनतर्फ अघि बढ्नुपर्ने धारणा राखेका थिए। \'एमाले अध्यक्षले सरकार गठनका लागि प्रस्ताव राख्नुभएको थियो\' बैठकमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, \'तर त्यो विषय संविधानअनुसार आफैं अघि बढ्ने प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीले जबाफ दिएपछि केही असमझदारी देखिएको थियो।\' आचार्यले सरकार गठनका विषयमा छलफल गर्न आवश्यक नरहेको बताएपछि ओली चर्किएर \'पूर्वसहमतिअनुसार अब एमाले नेतृत्वमा सरकार गठन गर्नुपर्छ, धोका दिन पाइँदैनु भन्दै आक्रोशित बनेका थिए। ‘भोलिदेखि संसद् चालू हुँदैछ। राष्ट्रिय सरकार गठन गर्ने विषयमा छलफल गरौं। प्रधानमन्त्रीले कहिले राजीनामा गर्ने हो ?\' ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने। ओली आक्रोशित बनेपछि प्रधानमन्त्रीले \'म आफ्नो कुरामा अडिग छु\' भन्ने जबाफ दिएका थिए। प्रधानमन्त्रीले तराईमा जारी आन्दोलनका कारण जनजीवनमा परेको असरलाई समाधान गर्न संविधान संशोधन गरेर मधेसी दलसँग सहमति गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। सरकार गठनका विषयमा दुई नेताबीच असमझदारी भएपछि ओली बैठकबाट बाहिरिएका थिए।यसअघि ओलीले पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले राजीनामा दिने बताएका थिए। संविधान संशोधन गर्न नहुने ओलीको अडान मधेसवादी दलहरूको मागअनुसार निर्वाचन क्षेत्र, समानुपातिक समावेशीकरण र सीमांकनका विषयमा संविधान संशोधन गरेर समस्या समाधान गर्ने कांग्रेस र एमाओवादीको प्रस्ताव एमालेले अस्वीकार गरेको छ। तीन दलको बैठकमा कांग्रेस र एमालेले शुक्रबार संसद्को बैठकमा संविधानका तीन विषयमा संशोधन प्रस्ताव दर्ता गर्ने धारणा व्यक्त गरेका थिए। तर एमाले अध्यक्ष ओलीले संविधान कार्यान्वयन नै नभई संशोधन गर्न नहुने अडान राखेपछि उक्त प्रस्ताव पारित हुन सकेन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending