काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ।
सार्वजनिक पदमा नियुक्त भएपछि तथा विभिन्न विवादमा उनको नाम जोडिएपछि संस्थाको कार्यसमितिले उक्त निर्णय गरेको हो। टीआई नेपालका एक कार्यसमिति सदस्यका अनुसार संस्थाका आफ्नै मूल्य–मान्यता र विश्वास रहेका छन्। “संस्था वा यसका पदाधिकारीमाथि सार्वजनिक रूपमा प्रश्न उठेमा त्यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ,” उनले भने, “त्यसैले हाललाई अस्थायी रूपमा यस्तो निर्णय लिएका हौं।”
उनका अनुसार विवाद सुरु भएदेखि नै बराललाई राजीनामा दिएर विषय सहजीकरण गर्न सुझाव दिइएको थियो। तर उनले उक्त सुझाव अस्वीकार गरेकी थिइन्। यद्यपि विषयवस्तु स्पष्ट भएमा निलम्बनबारे पुनर्विचार हुन सक्ने पनि उनले बताए।
कार्यसमितिका अनुसार बराल एकातर्फ सार्वजनिक पदमा पुगेकी थिइन् भने अर्कोतर्फ उनले गर्नुपर्ने निर्णयहरूमाथि समेत सार्वजनिक वृत्तमा प्रश्न उठेपछि संस्थाले निर्णय लिनुपरेको हो।
विश्वव्यापी रूपमा भ्रष्टाचारको अनुगमन तथा भ्रष्टाचारविरुद्ध वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरका रूपमा टीआई नेपाल सक्रिय छ। बरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल संस्थाको साधारण सदस्य हुन् र यसअघि पटक–पटक कार्यसमितिमा निर्वाचित भइसकेकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १५:२७
काठमाडौँ ।गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले नेपाल प्रहरी अन्तर्गतको डिजिटल फरेन्सि...
चैत्र १६ गते, २०८२ - १५:०६
लेखनाथ। गण्डकी प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गतको पाँचौँ बैठकले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । शनिबार भएको...
चैत्र १६ गते, २०८२ - १४:४९
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार कोशी प्रदेशका सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्...
चैत्र १६ गते, २०८२ - १४:१९
काठमाडौँ । नेकपा एमालेले आज पनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ। पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको आधारमा गैरकानुनी रूप...
चैत्र १६ गते, २०८२ - १४:०६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रदेशगत रूपमा सांसदहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारमा बोलाइएको छलफलमा अहिले कोशी र सुदूरपश्चिम प्रदे...
चैत्र १६ गते, २०८२ - १३:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झालेले भने, “तयारी ...
चैत्र १६ गते, २०८२ - १३:४५
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको वरिष्ठ अधिवक...
चैत्र १६ गते, २०८२ - १३:३४
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने सूचना आफ्नो वेबसाइटबाट हटाएको छ। आइतबार मन्त्रालयले विद्यालय ...
चैत्र १६ गते, २०८२ - १३:२४
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर सांसदहरूसँग समूहगत छलफल सुरू गरेका छन्। उनका सचिवा...
चैत्र १६ गते, २०८२ - १२:५८
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ठूलो राहत हुनेगरी अबदेखि श्रम स्वीकृति आवेदन दिएकै दिन प्रदान गरिने भएको छ। यसअघि लागू गरिएको टोकन प्र...



प्रतिकृया लेख्नुहोस्: