Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

मुख्यमन्त्री शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान

खबरडबली संवाददाता

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ । 

हड्डी र नसा सम्बन्धी समस्याका कारण हिँडडुल गर्न अप्ठ्यारो भएपछि आज विहान उहाँ उपचारका लागि दिल्ली प्रस्थान गरेको हो । मुख्यमन्त्री शाह स्थल मार्ग भएर दिल्लीतर्फ गएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

सचिवालयका अनुसार मुख्यमन्त्री शाहको दायाँ खुट्टाको रीढको हड्डी र नसाको समस्या देखिएको छ । उनले काठमाडौंको मेडिसिटी र धनगढीको सेती प्रादेशिक अस्पतालमा त्यसको उपचार गराउँदै आएको थिए। तर समस्या समाधान नभएपछि चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि भारतको नयाँ दिल्ली गएको जनाइएको छ । उहाँको उपचार नयाँ दिल्लीको साकेटस्थित म्याक्स सुपर स्पेसियलिटी हस्पिटलमा उपचार हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहककार डम्मर बमले जानकारी दिए। 

उनले मुख्यमन्त्री शाह दिल्लीमा धेरै दिन नबस्ने र उपचार लगत्तै चाडै फर्कने बताए। मुख्यमन्त्री शाहले आन्तरिक मामिला तथ कानुनमन्त्री बहादुरसिंह थापाले कार्यबाहक जिम्मेवारी दिएर आफू उपचारको लागि दिल्लीतर्फ गएको जनाइएको छ । मुख्यमन्त्री शाहले भारतमा आफ्नो व्यक्तिगत खर्चमा उपचार गराउने सचिवालयले जानकारी दिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकालाई कांग्रेसको प्रश्नैप्रश्न: प्रधानमन्त्री बालेन कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति संसद्मा कडा आपत्ति जनाएको छ। ...

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री बालेन र सभामुख डिपीबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा...

आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य  तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी  रु एक सय १० ले ब...

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजासहित भारतका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरे...

७५ वर्षीया सार्की मृत भेटिएपछि एकल ज्येष्ठ नागरिकको सुरक्षामा चिन्ता

लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुन...

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ

पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...

बजेट ल्याउन नसकेका मधेसका चार नगरपालिकामा सरकारको टोली जाँदै

काठमाडौँ । लामो समयदेखि नगरसभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकाको समस्या समाधान गर्न संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ। भ...

रुग्ण उद्योग ब्युँताउने सरकारको तयारीप्रति प्रचण्ड सकारात्मक, भने– ‘आत्मनिर्भर अर्थतन्त्रमा ठूलो फड्को’

काठमाडौं । वर्षौंदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने सरकारको तयारीप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाह...

कपिलवस्तु मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

कपिलवस्तु। कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते ...

जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जाजरकोटमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending