मोरङ । माटोअनुसार बाली छनोट गर्न सके सिँचाइ सुविधा कम भएका खेतबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण मोरङको सुन्दरहरैंचा नगरपालिका–७ र ८ का किसानले दिएका छन्। पछिल्ला तीन वर्षदेखि यहाँका किसान कन्दमूल (तरुल) को व्यावसायिक खेतीमा आकर्षित भएका छन्।
पहिले केराखेती गर्दै आएका किसानलाई हात्तीले गरेको क्षति बढेपछि उनीहरू वैकल्पिक बाली खोज्दै तरुलतर्फ आकर्षित भए। अहिले राजमार्गको उत्तरी भेगका जमिनमा जताततै तरुल खेती देखिन्छ।
स्थानीय अगुवा किसान खेमराज कट्टेलले तीन वर्षअघि एक बिघामा तरुल खेती गरेर परीक्षण थालेका थिए। पहिलो वर्षमै खर्च कटाएर करिब सवा लाख रुपैयाँ बचत भएपछि उनले दोस्रो वर्ष खेती थप्दै साढे तीन बिघामा विस्तार गरे। दोस्रो वर्ष पाँच लाख रुपैयाँ आम्दानी भएपछि कट्टेलले यस वर्ष सात बिघामा तरुल लगाएका छन्। “रुखो खेत, सिँचाइ कम। केरामा हात्तीले बाली पनि नष्ट गर्थ्यो, जोखिम पनि थियो। त्यसपछि तरुलतर्फ लागेँ,” उनले बताए। यस वर्ष उनले विगतको आम्दानी दोब्बर बनाउने लक्ष्य राखेका छन्।
हाल सुन्दरहरैंचाको ७ र ८ वडाका किसानले कूल १२५ बिघा क्षेत्रमा तरुलको व्यावसायिक खेती गरिरहेका छन्। बजारमा तरुल प्रतिकिलो १०० रुपैयाँमा बिक्री हुँदै आए पनि किसानले बारीबाट ४५–५० रुपैयाँमा बिक्री गर्छन्। कट्टेलका अनुसार आफूले करिब २३ लाख रुपैयाँको तरुल बेच्ने अनुमान छ। “सबै किसानको हिसाब गर्दा यस वर्ष मात्रै गाउँबाट करिब दुई करोड रुपैयाँभन्दा बढीको तरुल बजार जाने आँकडा छ,” उनले बताए।
तरुल खेतीका लागि प्रति बिघा झण्डै ६ सय किलो बिउ आवश्यक पर्छ। घन्सी जातका घाँसे बिरुवा बीच–बीचमा रोपेर लहरा झाँगिन दिने चलन छ। एक पटक सामान्य गोडमेल गरेपछि तरुल उत्पादन गर्न सकिन्छ।
कट्टेलका अनुसार तरुल खेती सुरु भएपछि स्थानीय कृषि मजदुरलाई पनि निरन्तर रोजगारी मिलेको छ। मौसमी भए पनि काम सुरु भएपछि दुई महिना लगातार चल्ने र आफूले २२ जना मजदुरलाई नियमित काम दिइरहेको उनले बताए।
यहाँ उत्पादित तरुल मुख्यतः काठमाडौँमा खपत हुन्छ। हात्तीछाप जातको गुलाबी रङको, सजिलै खन्न सकिने भएकाले खेती गर्दा सहज हुने किसान देवीरमण खरेल बताउँछन्। केराखेतीमा हात्तीको आतंक र रोग बढेपछि उनले १२ बिघा जमिनमा तरुललाई विकल्पका रूपमा अपनाएका छन्।
कट्टेल र खरेलले व्यावसायिक उत्पादन सुरु गरेपछि अहिले गाउँ नै ‘तरुलमय’ बनेको छ। राजु सिटौलाले ४ बिघामा, हेम उप्रेतीले डेढ बिघामा र शङ्कर उराँवले ६ बिघामा तरुल लगाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - २०:२०
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...
मंसिर २६ गते, २०८२ - २०:१७
नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...
मंसिर २६ गते, २०८२ - २०:१४
बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...
मंसिर २६ गते, २०८२ - २०:०७
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...
मंसिर २६ गते, २०८२ - २०:०४
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...
मंसिर २६ गते, २०८२ - २०:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...
मंसिर २६ गते, २०८२ - १९:५७
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...
मंसिर २६ गते, २०८२ - १९:५१
कैलाली । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...
मंसिर २६ गते, २०८२ - १९:४६
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । ब...
मंसिर २६ गते, २०८२ - १९:३८
बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...




प्रतिकृया लेख्नुहोस्: