काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी बिहीबार ज्ञापनपत्र बुझाएको छ ।
उक्त पार्टीले केवल चुनावको तयारी मात्र नगरी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने धारणा प्रधानमन्त्री समक्ष राखेको छ । प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत थिए ।
पार्टीले निर्वाचनको वातावरण बनाउन जेनजी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाहीको माग पनि राखेको छ । यो सरकारको मूल मुद्दा भ्रष्टाचारविरुद्धको कारबाही रहेकाले यसैमा केन्द्रित रहेर आफ्ना कामकारबाही अघि बढाउनुपर्ने सो पार्टीको माग छ ।
प्रधानमन्त्री कार्कीले उक्त दललाई आफ्ना एजेन्डा लिएर चुनावमा जान सुझाव दिँदै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै अघि बढाइरहेको बताइन् । उनले राजनीति गर्नेहरुले केवल भाषण मात्रै गर्ने गरेकाले अब मुलुकमा उत्पादनलाई केन्द्रमा राखेर काम गर्ने पार्टीको आवश्यकता रहेको पनि बताइन् ।
उनले भनिन्, “युवामा वितृष्णा बढ्यो, आन्दोलन भयो, अब यस्तो आन्दोलन हुनु नपर्ने गरी काम गरौँ । नेताहरु भाषण मात्रै गर्ने भए, त्यसैले तपाईँहरु पनि चुनावमा जानुहोस्, राम्रो काम गर्ने र देशको आर्थिक समृद्धि तथा सुशासनका निम्ति प्रतिबद्ध सांसद जिताएर संसदमा पठाउनुहोस् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - २०:०४
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...
मंसिर २६ गते, २०८२ - २०:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...
मंसिर २६ गते, २०८२ - १९:५७
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...
मंसिर २६ गते, २०८२ - १९:५१
कैलाली । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...
मंसिर २६ गते, २०८२ - १९:४६
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । ब...
मंसिर २६ गते, २०८२ - १९:३८
बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...
मंसिर २६ गते, २०८२ - १९:३५
कम्बोडिया । सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्याएको विश्व बैङ्कको आर...
मंसिर २६ गते, २०८२ - १९:३०
काठमाडौं । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्प...
मंसिर २६ गते, २०८२ - १९:२३
काठमाडाैँ । सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्याएको विश्व बैङ्कको आ...
मंसिर २६ गते, २०८२ - १९:१९
गण्डकी । अबको ८४ दिनपछि प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आगामी फागुन २१ गतेलाई घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा गण्डकी प्रदेशमा राजनीतिक गतिवि...




प्रतिकृया लेख्नुहोस्: