बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछिल्लो समय यहाँ चिसो बढ्दै गएपछि रिलामा पनि भाइर ज्वारेको बिरामीहरु पनि बढ्दै गएका हुन् ।
घर घरमा भाइरल ज्वरो फैलिँदै गएपछि अहिले पाथरकोट आधाभूत विद्यालयमा पनि विद्यार्थीहरु कम आउने गरेको बताइएको छ ।
विगत दुई चार दिनदेखि आफुलाई रुघा खोकी लाग्ने टाउँको दुख्ने ज्वरो आउने उल्टी हुने गरेको पाथर कोट आधारभूत विद्यालयका कक्षा ५ का छात्रा आरती कुमारी परीले बताए।
उनले भने, “बिरामी भएपनि आफु जबरजस्ती विद्यालयमा आउँछु । कक्षा कोठामा बसेर पढ्न लाग्छु । त्यति खेर खोकी लाग्छ । उल्टी हुने र टाउँको पनि दुख्ने गर्छ । त्यसैले विद्यालय आएर कक्षा कोठामा बसेर पढ्न निकै समस्या भएको छ ।”
घरमा तातो पानी र औषधी खाने गरेकाले अलि केही आराम भएको छ । पढाइ छुट्ने डरले यहाँ आउँछु । यता चिसो हुने गरेकोले झन बिरामी हुने गरेको परीले बताए।
विगत एक महिनादेखि गाउँमा धेरै बिरामी परेका छन् । त्यसले यहाँ पढ्न आउने गरेका बालबालिकाहरु पनि विद्यालयमा नआउने गरेको पाथरकोट आधारभूत विद्यालयका शिक्षक कमल नाथले बताए।
उनले भने, “यहाँ पढ्न आउने गरेका बालबालिकाहरु पनि प्राय बिरामी भएर आउने गरेका छन् । उनीहरुमा पनि खोकी ज्वरो वाकवाकी लाग्ने जस्ता लक्षण देखा परेका छन् ।”
यहाँ ९३ जना विद्यार्थीहरु अध्ययनरत थिए । अहिले गाउँमा भाइर ज्वरो आउने गरेकोले अधिकांश कक्षा कोठा खाली हुने गरेको नाथले बताए।
हिउँद लागेसँगै अहिले गाउँमा रुघाखोकीका बिरामी पनि बढ्दै गएका छन् । यहाँ दैनिक पाँचदेखि सात जनाभन्दा बढी बिरामी आउने गरेका छन् । उनीहरु भाइरल ज्वरोका बिरामी हुन् । हामीले यतादेखि उनीहरुलाई औषधी दिने गरेकाले अहिले केही आराम हुँदै गएको रिला सहरी स्वास्थ्य केन्द्रका प्रमुख मीनबहादुर थापाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १०:५९
बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछि...
मंसिर २४ गते, २०८२ - १०:४८
मुस्ताङ। यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्...
मंसिर २४ गते, २०८२ - १०:२९
सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । साढे तीन वर्षको अवधीमा...
मंसिर २४ गते, २०८२ - १०:१९
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूर...
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...




प्रतिकृया लेख्नुहोस्: