काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ‘लिमिट द स्पिड, सेभ द लाइफ’ अभियानको शुभारम्भ गर्दै उनले चालक र सहचालकप्रति सकारात्मक दृष्टिकोण राखिनुपर्ने आवश्यकता औँल्याए।
मन्त्री गुप्ताले राज्यका निकाय तथा सरोकारवालाले चालक र सहचालकलाई सकारात्मक ढङ्गले हेरिदिँदा सडक दुर्घटना न्यूनीकरणमा ठोस सहयोग पुग्ने उल्लेख गर्दै भने, “चालक र सहचालकलाई जिम्मेवार बनाउन सकियो भने दुर्घटना न्यूनीकरणमा ठूलो मद्दत हुन्छ।”
उपत्यका ट्राफिक प्रहरीले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस–२०२५ का अवसरमा युवा परिषद्को समन्वयमा सचेतना कार्यक्रममार्फत ‘लिमिट द स्पिड, सेभ द लाइफ’ अभियान सुरु गरेको हो। अभियानको उद्देश्य अत्यधिक गति नियन्त्रण, ट्राफिक नियमपालन र सडक सुरक्षा अभिवृद्धि रहेको बताइएको छ।
सडक दुर्घटना न्यूनीकरण केन्द्रित सचेतना कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले दुर्घटना रोकथामको प्रमुख जिम्मेवारी चालककै हातमा रहेको बताए। उनले भने, “स्टेरिङ चालककै हातमा हुन्छ, त्यसैले दुर्घटना न्यूनीकरणमा चालक नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १५:००
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...
फाल्गुन २६ गते, २०८२ - १४:४५
काठमाडौँ। हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूल...
फाल्गुन २६ गते, २०८२ - १४:१६
धरान। सुनसरी निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी नै पहिलो भएको छ । निर्वाचन अधिकृतको कार्या...
फाल्गुन २६ गते, २०८२ - १३:५१
भारतमा अमेरिका–इजरायल र इरानबीच बढेको युद्ध तनावले मध्यपूर्व क्षेत्र प्रभावित भएपछि त्यसको असर भारतीय घरेलु ग्यास बजारमा देखिन थालेको छ। विशेषगरी महार...
फाल्गुन २६ गते, २०८२ - १३:४४
काठमाडौँ। प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौ...
फाल्गुन २६ गते, २०८२ - १३:३३
रुकुमपश्चिम। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ । आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरी...
फाल्गुन २६ गते, २०८२ - १३:२१
डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्र...
फाल्गुन २६ गते, २०८२ - १३:०६
काठमाडौँ । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार ...
फाल्गुन २६ गते, २०८२ - १२:४३
टीकापुर। इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेकको छतबाट खसेर यहाँ कार्यरत प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ । सोमबार राति करिब ११ बजेतिर क...
फाल्गुन २६ गते, २०८२ - १२:३१
काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले २१ फागुनमा सम्पन्न निर्वाचनबाट भारी जनमत प्राप्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र...



प्रतिकृया लेख्नुहोस्: