काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजालसँग बयान लिइरहेको छ । आयोगले दुई दिनदेखि रिजालको बयान लिइरहेको र सम्भवतस् शुक्रबारसम्म प्रक्रिया सकिने जाँचबुझ आयोगसम्बद्ध स्रोतले जनाएको छ।
माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वर हुँदै संसद् भवनतर्फ अघि बढेपछि भीडलाई रोक्न रिजालले गोली चलाउन आदेश दिएको आरोप छ। सोही घटनामा भएको बल प्रयोग तथा त्यसबेला सिडिओको भूमिकाबारे आयोगले विस्तृत रूपमा बयान लिइरहेको बताइएको छ।
आन्दोलनपछि नयाँ सरकार गठन भएको केही दिनमै सरकारले रिजाललाई काठमाडौंका प्रमुख जिल्ला अधिकारीको पदबाट हटाएको थियो। हाल उनी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा छन्। जाँचबुझ आयोगले उनलाई पूर्वअनुमति बिना काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ भने उनको पासपोर्ट रोक्का गर्न समेत सिफारिस गरेको छ।
जेन–जी आन्दोलनको दमन घटनामा संलग्न अन्य सरोकारवालाहरूले भने जिल्ला शान्तिसुरक्षाको सम्पूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीकै हुने भएकाले घटनाको पूर्ण जिम्मेवारी रिजालले लिनुपर्ने उल्लेख गर्दै लिखित जवाफ पेस गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...
मंसिर २० गते, २०८२ - १२:४७
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...
मंसिर २० गते, २०८२ - १२:३३
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...
मंसिर २० गते, २०८२ - ११:४१
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...
मंसिर २० गते, २०८२ - ११:३०
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...
मंसिर १९ गते, २०८२ - १६:५९
हुम्ला। उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाक...
मंसिर १९ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आजै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रि...
मंसिर १९ गते, २०८२ - १५:४९
काठमाडौं । साहब आलमको उत्कृष्ट बलिङ प्रदर्शनसहित काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त...




प्रतिकृया लेख्नुहोस्: