तनहुँ। पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारको क्रममा भासिएको सडक खण्डको चार महिनापछि पुन: मर्मत सुरु गरिएको छ । व्यास नगरपालिका–३ दुर्गामन्दिरदेखि मादीपुलसम्म करिब एक सय मिटर सडक साउन अन्त्यमा अत्यधिक सवारी चापले गर्दा भासिएपछि एकतर्फी आवागमनमा सीमित गरिएको थियो । अब भासिएको स्थानमा संरचनात्मक बलियो बनाउने काम हाल धमाधम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार नयाँ संरचनामा बनेका दुई लेनले अत्यधिक ट्राफिकको भार थेग्न नसक्दा भासिएको हो । “स्थायी उपचारका साथ सडक पुन: सुरक्षित बनाइँदै छ,” पाण्डेले भने। मर्मत सम्पन्न भएपछि सवारी सञ्चालन थप सहज र सुरक्षित हुने दाबी उनले गरे।
जामुने–आँबुखैरेनी ४१.५ किलोमिटरको पूर्वी खण्ड चार लेनमा विस्तार भइरहेको छ । विसं २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ देखि सुरु गरिएको काम चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्कामा लिएको हो । हालसम्म पूर्वी खण्डको ८६ प्रतिशत काम सम्पन्न भइसकेको पाण्डेले बताउनुभयो पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको लागत ७ अर्ब ४० करोड ४६ लाख रुपियाँ रहेको छ । परियोजना एशियाली विकास बैंकको ऋण सहयोगमा अघि बढिरहेको छ ।
मादी नदीमाथि चारलेन पुलको काम ७२ प्रतिशतमा
यससँगै, तनहुँस्थित मादी नदीमाथि निर्माणाधीन करिब ३१५ मिटर लम्बाइको नेपालकै पहिलो चारलेन क्षमताको आर्क डिजाइन पुलको काम तीव्र गतिमा अघि बढेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने यो संरचनालाई मुग्लिन–पोखरा सडक योजनाको महत्त्वपूर्ण भागका रूपमा लिइएको छ ।
सूचना अधिकारी पाण्डेका अनुसार पुलको संरचनागत काम लगभग सकिएको र डेक स्ल्याब, रेलिङ तथा फिनिसिङ कार्य तीव्र गतिमा भइरहेको छ । सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरिएको यो पुल देशकै सबभन्दा लामो आर्क डिजाइन पुल हो ।
निर्माण कम्पनी जेड–आइष्ट–अन्नक जेभीका साइड इन्चार्ज इञ्जिनियर धर्मप्रताप लामगादेले दैनिक करिब १०० जना मजदूर परिचालन गरिएको बताउँदै काम निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। पुलको आकर्षक बनावटले पर्यटक आकर्षण बढाउने र व्यास नगरसहित पृथ्वीराजमार्ग प्रयोगकर्ताका लागि सुरक्षित, वैकल्पिक र सुविधायुक्त आवागमन सुनिश्चित गर्ने लक्ष्य परियोजनाले लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १४:१२
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अभियोग फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आगामी आइतबारदेखि सुनुवा...
फाल्गुन २७ गते, २०८२ - १३:५९
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ुजेनजीु पु...
फाल्गुन २७ गते, २०८२ - ०९:३३
सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...
फाल्गुन २७ गते, २०८२ - ०९:२७
सल्यान। सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ व...
फाल्गुन २७ गते, २०८२ - ०८:२३
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको ...
फाल्गुन २७ गते, २०८२ - ०८:१७
हुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न लिमी पुगेका नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय फिर्ता भएका छन्। ...
फाल्गुन २७ गते, २०८२ - ०८:१३
काठमाडौँ । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच...
फाल्गुन २७ गते, २०८२ - ०८:०८
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन...
फाल्गुन २७ गते, २०८२ - ०७:५३
गलकोट। नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिएको छन्। एमाले उम्मेदवारलाई जिताउन नसकेक...
फाल्गुन २७ गते, २०८२ - ०७:४६
काठमाडौँ। हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक ...



प्रतिकृया लेख्नुहोस्: