सुलीकोट। गोरखा सडक योजना कार्यालय गोरखाले लोहनी एण्ड ब्रर्दश प्रालिसँग ठेक्का सम्झौता रद्द गरेको छ । जिम्मा लिएको आठ वर्षसम्म पनि सडक स्तरन्नति तथा कालोपत्रेको काम सम्पन्न नगरेपछि उक्त कम्पनीसँग ठेक्का सम्झौता रद्द गरिएको गोरखा सडक योजना कार्यालय गोरखाका सूचना अधिकारी आशिष रिजालले जानकारी दिए।
ठेकदारले सम्झौता अनुसार काम नगरेपछि ठेक्का सम्झौता किन रद्द नगर्ने भनेर १५ दिने सूचना जारी गरियो, गोरखा योजना कार्यालय गोरखाका प्रमुख बिनोद पुनले भन्नुभयो, ‘‘कार्यालयले पटक पटक लिखित वा मौखिक खबर गर्दा समेत निर्माण कम्पनी सम्पर्कमा नआएपछि बाध्य भएर ठेक्का सम्झौता रद्द गरिएको हो ।’’
मङ्गलबार एक सूचना जारी गर्दै गोरखा सडक योजना कार्यालय गोरखाले सार्बजानिक खरिद ऐन २०६३ को दफा ५९९७० समेतको आधार मानि मिति २०८२ मङ्सिर १२ को निर्णय अनुसार ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी निर्माण कम्पनीलाई दिइएको छ ।
सार्वजानिक खरीद ऐन २०६३ र सार्वजानिक खरीद नियमवाली २०६४ अनुसार पोष्ट टर्मिनेशन इभ्यालुलेशन भई स्थापित हुने रकम सरकारी बाँकी सरह असुल उपर हुने कानुनी व्यवस्था भएकाले सूचना प्रकाशित गरिएको मितिले १५ दिन भित्र निर्माण व्यवसायीलाई यस कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्न समेत सूचना मार्फत अनुरोध गरिएको छ ।
२०७२ साल असार ३१ तते तत्कालिन साविकको ११ किलो छेपेटार भालुस्वारा बारपाक सडक योजनाले २०७४ असार १५ गते भित्र सम्पन्न गर्ने गरी १३ करोड २० लाख रुवियाँ भ्याटसहित ठेक्का सम्झौता भएको थियो ।
आठ किलो मिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको उक्त कम्पनीले ८ पटक म्याद थप्दा समेत काम सम्पन्न नगरेपछि अन्तत: ठेक्का रद्द गर्नु परेको गोरखा सडक योजना कार्यालय गोरखाले जनाएको छ ।
अब हामीले ठेक्का सम्झौता तोडिएपछि मूल्याङ्कन गर्ने गर्छौ, कार्यालय प्रमुख पुनले भने, ‘‘ठेकदार कम्पनीले भुक्तानी पाए अनुसारको काम गरे नगरेको मूल्याङ्कन हुन्छ र मर्मत सम्भार गर्नु पर्ने रहेछ भने उक्त निर्माण कम्पनीले गर्नु पर्ने हुन्छ ।’’
ठेकदार कम्पनीले अहिलेसम्म ८० प्रतिशत भुक्तानी लगिसकेकाले पनि निर्माण कम्पनीले गर्नुपर्ने काम एकिन गरी सोका लागि नयाँ ठेक्का प्रक्रिया सुरु हुने गोरखा सडक योजना कार्यालय गोरखाले जनाएको छ ।
निर्माण कम्पनीले कति रकम सरकारलाई तिर्नुपर्छ हामी हिसाब किताब गर्छौै कार्यालय प्रमुख पुनले भन्नुभयो, ‘‘उक्त रकम असुलउपर गरेपछि मात्र नयाँ ठेक्का लगाउँछौ ।’’ तर ठेकदार कम्पनीले कानुनी उपचार खोजेमा ठेक्का प्रक्रिया तत्कालका लागि ढिला हुनसक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १४:३३
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मे...
फाल्गुन २७ गते, २०८२ - १४:१२
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अभियोग फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आगामी आइतबारदेखि सुनुवा...
फाल्गुन २७ गते, २०८२ - १३:५९
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ुजेनजीु पु...
फाल्गुन २७ गते, २०८२ - ०९:३३
सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...
फाल्गुन २७ गते, २०८२ - ०९:२७
सल्यान। सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ व...
फाल्गुन २७ गते, २०८२ - ०८:२३
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको ...
फाल्गुन २७ गते, २०८२ - ०८:१७
हुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न लिमी पुगेका नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय फिर्ता भएका छन्। ...
फाल्गुन २७ गते, २०८२ - ०८:१३
काठमाडौँ । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच...
फाल्गुन २७ गते, २०८२ - ०८:०८
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन...
फाल्गुन २७ गते, २०८२ - ०७:५३
गलकोट। नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिएको छन्। एमाले उम्मेदवारलाई जिताउन नसकेक...



प्रतिकृया लेख्नुहोस्: