काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयले ओखलढुङ्गा जिल्ला कमिटीलाई पाँच दिनभित्र पुनः प्रतिनिधि छनोट प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ। १६ मंसिरमा जारी पत्रमार्फत केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले सदरमुकाममा गरिएको प्रतिनिधि चयन प्रक्रिया अस्वीकार्य भएको स्पष्ट गरेका हुन्।
पत्रमा अपानी–१३ को निर्देशन, आठमध्ये छ पालिका कमिटीहरूको माग, अधिकांश इच्छुक उम्मेदवारहरूको आपत्ति तथा प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन विपरीत प्रक्रिया अघि बढाइएकाले प्रतिनिधि चयन अमान्य ठहर गरिएको उल्लेख छ।
नयाँ निर्वाचनका लागि सबै आम सदस्यलाई प्रभावकारी सूचना प्रवाह गर्दै प्रत्येक पालिकामा मतदान केन्द्र स्थापना गर्न पनि निर्देशन गरिएको छ। पुनः निर्वाचन सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राईसहित केन्द्रीय नेता विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई समन्वयकर्ताको रुपमा जिम्मेवारी तोकिएको छ।
शनिबार सम्पन्न प्रतिनिधि छनोटमा जम्मा १,५१८ मत खसेको थियो। सो निर्वाचनमा ईश्वर पोखरेल समूहले सबै १२ पदमा ‘क्लिन स्वीप’ गर्दै पूर्ण जीत हात पारेको थियो। खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएका थिए।
महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ, युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे प्रतिनिधि चयन भएका थिए। १२ पदका लागि ४१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।
जिल्लामा ७,१३५ मतदाता रहेकोमा मात्र १,५१८ मत खसेको र सदरमुकाममै सीमित मतदान केन्द्रका कारण प्रक्रिया स्वीकार्य नहुने भन्दै एमाले कोशी प्रदेश कमिटीले पहिल्यै आपत्ति जनाएको थियो। प्रदेश अध्यक्ष घनश्याम खतिवडाले १५ प्रतिशत पनि मत नखसेको भन्दै निर्वाचन परिणाम मान्य नभएको बताएका थिए।
अब केन्द्रीय निर्देशनअनुसार ओखलढुङ्गामा पाँच दिनभित्र सबै पालिकामा मतदान केन्द्र राखेर पुनः प्रतिनिधि छनोट प्रक्रिया शुरु हुने भएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - ०९:०१
मन्त्रीमा विज्ञ कि सांसद?
फाल्गुन २९ गते, २०८२ - ०८:५४
काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । ...
फाल्गुन २९ गते, २०८२ - ०७:३७
काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...
फाल्गुन २९ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...
फाल्गुन २९ गते, २०८२ - ०७:२२
काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...
फाल्गुन २९ गते, २०८२ - ०७:२१
काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...
फाल्गुन २९ गते, २०८२ - ०७:१९
मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...
फाल्गुन २९ गते, २०८२ - ०७:१५
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...
फाल्गुन २९ गते, २०८२ - ०७:१४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्। नि...


प्रतिकृया लेख्नुहोस्: