सोल । दक्षिण कोरियामा नोभेम्बर महिनामा उपभोक्ता मूल्यवृद्धि दर २.४ प्रतिशत पुगेको छ, जसले लगातार तेस्रो महिनासम्म दुई प्रतिशतभन्दा माथिको स्तर कायम गरेको छ ।
तथ्यांक मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा स्थानीय मुद्रा अमेरिकी डलरसमक्ष कमजोर बन्दै गएपछि मूल्यवृद्धिमा थप चाप परेको उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.४ प्रतिशतले बढेको छ । यसअघि जुलाईमा २.१ प्रतिशत र अगस्टमा २.४ प्रतिशत वृद्धि दर्ता भएपछि हालको वृद्धिले केन्द्रीय बैंकले निर्धारण गरेको दुई प्रतिशत लक्ष्यभन्दा माथिको अवस्था निरन्तर कायम गरिरहेको छ ।
मूल्यवृद्धिका कारण तेलजन्य वस्तु तथा केही आयातित खाद्यवस्तुको मूल्य उल्लेख्य रूपले वृद्धि भएको छ । अक्टोबर अन्त्यमा विनिमय दर एक डलर बराबर एक हजार ४२४.४ वोन पुगेको थियो र नोभेम्बर २१ मा दिनको कारोबारका क्रममा एक हजार ४७६.० वोनसम्म पुग्दै अप्रिल ९ पछि अहिलेसम्मकै उच्चस्तरमा पुगेको थियो ।
तेलजन्य वस्तुको मूल्य ५.९ प्रतिशत वृद्धि भएको छ, पेट्रोल ५.३ प्रतिशत र डिजेल १०.४ प्रतिशतले महँगिएको पाइएको छ । प्रशोधित खाद्यवस्तुको मूल्य ३.३ प्रतिशतले बढ्दा समग्र मूल्यवृद्धिमा ०.२८ प्रतिशत अंकले थप प्रभाव परेको मन्त्रालयले जनाएको छ ।
कृषि, पशुपालन तथा मत्स्यजन्य वस्तुको मूल्य वृद्धि दर ५.६ प्रतिशत दर्ता भएको छ, जुन अघिल्लो महिनाको ३.१ प्रतिशतभन्दा उल्लेख्य रूपमा उच्च हो । दैनिक उपभोग्य सामग्री मूल्य सूचकाङ्क नोभेम्बरमा २.९ प्रतिशतले उकालो लागेको छ भने माछा, फलफूल तथा तरकारीजस्ता ताजा खाद्यवस्तुको मूल्य ४.१ प्रतिशतले बढेको देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: