काठमाडौं। नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर बोहरामाथि ‘५ अर्ब सेटिङ’को संगीन आरोप लगाएका छन्।
बस्नेतले फेसबुकमा स्टाटस लेख्दै दाबी गरेका छन् कि दुवै मन्त्री मिलेर ठूला विद्युत् परियोजनामा अनियमितता गर्न खोजेको छ। उनका अनुसार अघिल्लो सरकारले दीर्घकालीन ऊर्जा सुरक्षालाई ध्यानमा राखेर ‘टेक–अर–पे’ मोडालिटीमा पावर पर्चेज एग्रिमेन्ट (पीपीए) नगर्ने नीति ल्याएको थियो।
तर वर्तमान सरकारले प्रवर्द्धकहरूसँग प्रतिमेगावाट १० लाख रुपैयाँ उठाएर ५ हजार मेगावाट परियोजनामा टेक–अर–पे मोडालिटी पुनः लागू गर्ने तयारी गरेको बस्नेतको दाबी छ। उनले भने, “अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र यसबाट करिब ५ अर्ब रुपैयाँ संकलन गरी चुनावी खर्च व्यवस्थापन गर्ने योजना बनाइएको छ।”
बस्नेतले यो कदमले विद्युत प्राधिकरणको वित्तीय अवस्था बिग्रने चेतावनी पनि दिएका छन्। उनका अनुसार, प्रवर्धकहरूसँग प्रतिमेगावाट १० लाख उठाउने योजना पुरा भए मात्र मन्त्रीले राजीनामा दिने तयारी गरेको पनि सार्वजनिक गरेका छन्।
बस्नेतको यो आरोपले सरकारको ऊर्जा नीति र विद्युत परियोजनामा पारदर्शिता सम्बन्धी प्रश्न उठाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...



प्रतिकृया लेख्नुहोस्: