Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

कांग्रेसभित्र विशेष महाधिवेशन विवाद अझै चर्कियो, ५४% प्रतिनिधिको माग बेवास्ता?

खबरडबली संवाददाता

काठमाडौं। नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित भए पनि पार्टीभित्र विशेष महाधिवेशनको विवाद यथावत् चर्किएको छ। ५४ प्रतिशत प्रतिनिधिले औपचारिक रूपमा माग गरिसकेका विशेष महाधिवेशन प्रस्ताव केन्द्रीय कार्यसमितिले बेवास्ता गरेको आरोप लागिरहेको छ।

डेढ महिनासम्म चलिरहेको छलफलको निष्कर्ष कार्यतालिकासँग मात्र सीमित रह्यो। केन्द्रीय कार्यसमितिले २४ मंसिरबाट लागू हुने गरी आफ्नो कार्यकाल माघ मसान्तसम्म थप गर्ने निर्णय गरे, तर विशेष महाधिवेशनको विषय कतै उल्लेख भएन। यसले विशेष पक्षधरहरूमा गहिरो असन्तुष्टि र शंका पैदा गरेको छ।

विशेष महाधिवेशन माग समूहले विज्ञप्ति जारी गर्दै प्रश्न गर्यो “पुस २८ मा महाधिवेशन तय हुँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि बढाउनुको औचित्य के हो?” उनीहरूले भने, “यदि नियमित महाधिवेशन निर्धारित मितिमा सम्पन्न भएन भने विशेष महाधिवेशन तत्काल कार्यान्वयन गर्न सकिन्छ। प्रस्ताव अझै जीवित छ र विधानअनुसार पूर्ण रूपमा लागू गर्न सकिन्छ।”

विशेष पक्षधरहरूको तर्क छ केन्द्रीय समितिले प्रस्तावित २६–२८ पुसको महाधिवेशन मिति अत्यन्त टाइट र व्यवहारिक नभएको देखिएको छ। १२ दिनमा वडादेखि केन्द्रीय समितिसम्मको चयन सम्पन्न गर्न असम्भव रहेको उनीहरूको भनाइ छ। यही कारणले शंका र असन्तुष्टि बढेको नेता गुरूराज घिमिरेले बताए।

२४८८ प्रतिनिधिका हस्ताक्षरसहित २९ असोजमा दर्ता भएको विशेष महाधिवेशन प्रस्ताव अब पनि पूर्ण रूपमा कार्यान्वयन योग्य छ। नेता प्रकाश रसाइली ‘स्नेही’ भन्छन्, “निर्धारित मितिमा नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशन स्वतः आवश्यक हुन्छ। अबको प्रक्रिया अनिश्चित भए विशेषको औचित्य अझ बलियो हुनेछ।”

तर, संस्थापन पक्ष भने नियमित महाधिवेशन सुरु भइसकेकाले विशेषको आवश्यकता छैन भनी अडानमा छ। प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, “पुसमै महाधिवेशन हुँदैछ भने विशेष आवश्यक छैन। हस्ताक्षरकर्ताहरूले पनि अधिवेशन समयमा हुनुपर्छ भनेकै थियो।”

संस्थापन पक्षीय सदस्य कल्याणकुमार गुरूङले १५औँ महाधिवेशनको मिति आधिकारिक भएपछि २९ असोजको विशेष प्रस्ताव स्वतः निस्क्रिय भएको बताए। उनका अनुसार क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ गर्नेहरू नै विशेषको नाममा रोइलो फैलाइरहेका छन्।

विशेष पक्षधरहरूका लागि सोमबारको निर्णय ‘हाम्रो दबाबको जीत’ भएको दाबी छ। रसाइली भन्छन्, “महाधिवेशनको मिति तोकिएको निर्णय सबै हस्ताक्षरकर्ताको गौरव हो। अब जनमत निर्माणमा अझ सशक्त र प्रभावकारी हुनुपर्छ।”

यसरी, कांग्रेसमा विशेष महाधिवेशन विवाद टुंगिएको छैन। सवाल यही छ के नियमित महाधिवेशन तय मितिमा हुनेछ वा विशेषको मागले फेरि पार्टीभित्र आन्तरिक द्वन्द्व चर्काउनेछ ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE