काठमाडौं। नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित भए पनि पार्टीभित्र विशेष महाधिवेशनको विवाद यथावत् चर्किएको छ। ५४ प्रतिशत प्रतिनिधिले औपचारिक रूपमा माग गरिसकेका विशेष महाधिवेशन प्रस्ताव केन्द्रीय कार्यसमितिले बेवास्ता गरेको आरोप लागिरहेको छ।
डेढ महिनासम्म चलिरहेको छलफलको निष्कर्ष कार्यतालिकासँग मात्र सीमित रह्यो। केन्द्रीय कार्यसमितिले २४ मंसिरबाट लागू हुने गरी आफ्नो कार्यकाल माघ मसान्तसम्म थप गर्ने निर्णय गरे, तर विशेष महाधिवेशनको विषय कतै उल्लेख भएन। यसले विशेष पक्षधरहरूमा गहिरो असन्तुष्टि र शंका पैदा गरेको छ।
विशेष महाधिवेशन माग समूहले विज्ञप्ति जारी गर्दै प्रश्न गर्यो “पुस २८ मा महाधिवेशन तय हुँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि बढाउनुको औचित्य के हो?” उनीहरूले भने, “यदि नियमित महाधिवेशन निर्धारित मितिमा सम्पन्न भएन भने विशेष महाधिवेशन तत्काल कार्यान्वयन गर्न सकिन्छ। प्रस्ताव अझै जीवित छ र विधानअनुसार पूर्ण रूपमा लागू गर्न सकिन्छ।”
विशेष पक्षधरहरूको तर्क छ केन्द्रीय समितिले प्रस्तावित २६–२८ पुसको महाधिवेशन मिति अत्यन्त टाइट र व्यवहारिक नभएको देखिएको छ। १२ दिनमा वडादेखि केन्द्रीय समितिसम्मको चयन सम्पन्न गर्न असम्भव रहेको उनीहरूको भनाइ छ। यही कारणले शंका र असन्तुष्टि बढेको नेता गुरूराज घिमिरेले बताए।
२४८८ प्रतिनिधिका हस्ताक्षरसहित २९ असोजमा दर्ता भएको विशेष महाधिवेशन प्रस्ताव अब पनि पूर्ण रूपमा कार्यान्वयन योग्य छ। नेता प्रकाश रसाइली ‘स्नेही’ भन्छन्, “निर्धारित मितिमा नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशन स्वतः आवश्यक हुन्छ। अबको प्रक्रिया अनिश्चित भए विशेषको औचित्य अझ बलियो हुनेछ।”
तर, संस्थापन पक्ष भने नियमित महाधिवेशन सुरु भइसकेकाले विशेषको आवश्यकता छैन भनी अडानमा छ। प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, “पुसमै महाधिवेशन हुँदैछ भने विशेष आवश्यक छैन। हस्ताक्षरकर्ताहरूले पनि अधिवेशन समयमा हुनुपर्छ भनेकै थियो।”
संस्थापन पक्षीय सदस्य कल्याणकुमार गुरूङले १५औँ महाधिवेशनको मिति आधिकारिक भएपछि २९ असोजको विशेष प्रस्ताव स्वतः निस्क्रिय भएको बताए। उनका अनुसार क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ गर्नेहरू नै विशेषको नाममा रोइलो फैलाइरहेका छन्।
विशेष पक्षधरहरूका लागि सोमबारको निर्णय ‘हाम्रो दबाबको जीत’ भएको दाबी छ। रसाइली भन्छन्, “महाधिवेशनको मिति तोकिएको निर्णय सबै हस्ताक्षरकर्ताको गौरव हो। अब जनमत निर्माणमा अझ सशक्त र प्रभावकारी हुनुपर्छ।”
यसरी, कांग्रेसमा विशेष महाधिवेशन विवाद टुंगिएको छैन। सवाल यही छ के नियमित महाधिवेशन तय मितिमा हुनेछ वा विशेषको मागले फेरि पार्टीभित्र आन्तरिक द्वन्द्व चर्काउनेछ ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: