Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

गलत कानुनी सल्लाहका कारण देशले निकास पाउन सकेन: सुदन गुरुङ

खबरडबली संवाददाता
पोखरा । जेन–जी अभियानकर्मी सुदन गुरुङले पोखरामा गृहमन्त्री ओमप्रकाश अर्यालमाथि तीव्र आक्रोश व्यक्त गर्दै उनीमाथि ‘गलत कानुनी सल्लाह’ दिएको आरोप लगाए। तमु छोंज धींले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले अर्यालका कारण देशले निकासको बाटो पहिल्याउन नसकेको दाबी गरे। गुरुङका अनुसार कानुनी सल्लाहकारकाको भूमिकामा रहेर अर्यालले बहुमूल्य समयमा उचित मार्गदर्शन दिन नसक्दा परिस्थितिले जटिल मोड लिएको हो। उनले भने, “अब कसलाई विश्वास गर्ने रु एक्सपर्ट भन्दै आउनेहरू पद र मन्त्रीका लागि मात्र दौडिन्छन्। कानुनी सल्लाह दिन आउने मान्छे आज गृहमन्त्रीको कुर्सीमा बसेका छन्— ओमप्रकाश अर्याल बच्चाको रगतमा।” गुरुङले आरोप लगाए अनुसार, सही सल्लाह दिइएको भए आगामी निर्वाचन अन्य ढङ्गले हुन सक्थ्यो। उनले थपे, “हामीलाई कानुनी सल्लाहकार भएर गुमराहमा राखियो। संविधान यस्तै राख्दा जेनजीको माग पूरा हुँदैन भनेर स्पष्ट भन्नुपर्ने थियो, तर त्यो भएन।” ‘बालेन र हर्कले फोन नउठाएपछि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइयो’ कार्यक्रममा गुरुङले जेनजी पुस्ताको निर्णय प्रक्रियाबारे पनि खुलासा गरेका थिए। उनका अनुसार जेनजी अभियानबाट सोधखोज हुँदा बालेन्द्र शाह र हर्क साम्पाङले फोन नउठाएपछि सुशीला कार्कीलाई विकल्पका रूपमा अघि बढाइएको हो। गुरुङले भने, “जेनजीका भाइबहिनीहरूले कसलाई प्रधानमन्त्री बनाउने भनेर सोधे। बालेन र हर्कले फोन उठाएनन् भनियो। त्यसपछि सुशीला कार्कीलाई नै जिम्मेवारी दिनुपर्छ भन्ने निष्कर्ष आयो। म्यान्डेट पाएपछि उहाँलाई बनाउनु मेरो जिम्मेवारी भयो, बनाएँ।”
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE