काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चलाइरहेको एकता सन्देश सभामा अध्यक्ष प्रचण्ड र सह–संयोजक माधव नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असाधारण रूपमा आक्रामक देखिएका छन्। कैलालीको धनगढीदेखि दाङको देउखुरीसम्म आयोजित सभामा दुवै नेताले ओली नेतृत्व, कार्यशैली र राजनीतिक व्यवहारलाई निशानामा राखेर प्रहार गर्दै पार्टी एकतापछि राजनीतिक चलायमानता बढेको सन्देश दिएको छ।
कैलालीमा सुरु भएको प्रचार–अभियान दोस्रो दिन दाङमा पुगेपछि पनि प्रचण्डको स्वर झनै कडा सुनियो। उनले ‘जनताको बीच आत्मालोचना गर्न आएको’ भन्दै ओलीको शासनशैली र विगतका राजनीतिक निर्णयहरूलाई खुला रूपमा चुनौती दिए।
“चुनाव जितेर मात्रै केही हुँदैन रहेछ, अन्त्यमा त हेलिकोप्टर चढेर भाग्नुपनि रहेछ,” प्रचण्डको व्यंग्यात्मक टिप्पणी सीधा ओलीतर्फ लक्षित थियो।
माधव नेपालले पनि प्रचण्डकै लाइन दोहोर्याउँदै ओली नेतृत्वको ‘एकल निर्णय प्रवृत्ति’ र ‘दलीय विखण्डनको राजनीति’ ले देशलाई पछाडि धकेलेको आरोप लगाए। १५ घटक मिलेर बनेको नेकपा अबको नेतृत्व बन्ने दाबी गर्दै उनले भने, “हामी एकताबद्ध भएर अघि बढेका छौँ, अब देश नेतृत्वको विकल्प हामी नै हौँ।”
दाङको देउखुरीमा आयोजित सभामा प्रचण्ड–माधवसँगै वामदेव गौतम, भीम रावल, वर्षमान पुन लगायत नेताहरूले समेत ओली नेतृत्वप्रति एक स्वरमा असन्तुष्टि व्यक्त गरे।
यता, सभामा जनताको उल्लेख्य उपस्थिति देखिँदै जाँदा नेता–मञ्च व्यवस्थापनबारे आन्तरिक असन्तुष्टि भने सतहमा आएको छ। नेता गोपाल किराती र लेखनाथ न्यौपानेले मञ्चमा ‘भीडिने प्रवृत्ति’ र ‘नाटकीय प्रदर्शन’ का कारण जनतासँग दूरी बढ्न सक्ने चेतावनी दिएका छन्।
नेकपाले सुदूरपश्चिम र लुम्बिनीमा सभा सम्पन्न गरिसकेको छ भने बाँकी पाँच प्रदेशमा समेत यस्तै शैलीमै अभियान विस्तार गर्ने तयारी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...



प्रतिकृया लेख्नुहोस्: