काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चलाइरहेको एकता सन्देश सभामा अध्यक्ष प्रचण्ड र सह–संयोजक माधव नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असाधारण रूपमा आक्रामक देखिएका छन्। कैलालीको धनगढीदेखि दाङको देउखुरीसम्म आयोजित सभामा दुवै नेताले ओली नेतृत्व, कार्यशैली र राजनीतिक व्यवहारलाई निशानामा राखेर प्रहार गर्दै पार्टी एकतापछि राजनीतिक चलायमानता बढेको सन्देश दिएको छ।
कैलालीमा सुरु भएको प्रचार–अभियान दोस्रो दिन दाङमा पुगेपछि पनि प्रचण्डको स्वर झनै कडा सुनियो। उनले ‘जनताको बीच आत्मालोचना गर्न आएको’ भन्दै ओलीको शासनशैली र विगतका राजनीतिक निर्णयहरूलाई खुला रूपमा चुनौती दिए।
“चुनाव जितेर मात्रै केही हुँदैन रहेछ, अन्त्यमा त हेलिकोप्टर चढेर भाग्नुपनि रहेछ,” प्रचण्डको व्यंग्यात्मक टिप्पणी सीधा ओलीतर्फ लक्षित थियो।
माधव नेपालले पनि प्रचण्डकै लाइन दोहोर्याउँदै ओली नेतृत्वको ‘एकल निर्णय प्रवृत्ति’ र ‘दलीय विखण्डनको राजनीति’ ले देशलाई पछाडि धकेलेको आरोप लगाए। १५ घटक मिलेर बनेको नेकपा अबको नेतृत्व बन्ने दाबी गर्दै उनले भने, “हामी एकताबद्ध भएर अघि बढेका छौँ, अब देश नेतृत्वको विकल्प हामी नै हौँ।”
दाङको देउखुरीमा आयोजित सभामा प्रचण्ड–माधवसँगै वामदेव गौतम, भीम रावल, वर्षमान पुन लगायत नेताहरूले समेत ओली नेतृत्वप्रति एक स्वरमा असन्तुष्टि व्यक्त गरे।
यता, सभामा जनताको उल्लेख्य उपस्थिति देखिँदै जाँदा नेता–मञ्च व्यवस्थापनबारे आन्तरिक असन्तुष्टि भने सतहमा आएको छ। नेता गोपाल किराती र लेखनाथ न्यौपानेले मञ्चमा ‘भीडिने प्रवृत्ति’ र ‘नाटकीय प्रदर्शन’ का कारण जनतासँग दूरी बढ्न सक्ने चेतावनी दिएका छन्।
नेकपाले सुदूरपश्चिम र लुम्बिनीमा सभा सम्पन्न गरिसकेको छ भने बाँकी पाँच प्रदेशमा समेत यस्तै शैलीमै अभियान विस्तार गर्ने तयारी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: