Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विगतका कमजोरी सच्याउँदै पार्टीलाई जनताको चाहनाअनुसार अघि बढाउछौं: प्रचण्ड

खबरडबली संवाददाता

दाङ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरी सच्याउँदै पार्टीलाई जनताको चाहनाअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले १५ वटा विभिन्न कम्युनिस्ट घटक र समूहहरू मिलेर बनेको नेकपा चुनाव जित्न मात्र नभई राष्ट्र र जनताको रक्षाका लागि गरिएको ऐतिहासिक सङ्कल्प भएको बताए।

उनले संविधानसभाबाट संविधान जारी गरेपनि जनताको अपेक्षा अनुसार परिणाम दिन नसकेको स्वीकार गर्दै भने, “हामीले विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्ने कोसिस गरे पनि भनेजस्तो परिणाम निकाल्न सकिएको थिएन। हामी बिस्तारै कहाँ त्रुटि भयो, कहाँ कमजोरी भयो भनेर समीक्षा गर्दै थियौँ।” प्रचण्डले यो एकता सभालाई ‘आत्मालोचना सभा’ र ‘सङ्कल्प सभा’ को संज्ञा दिँदै विगतका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।

युवा पुस्ताको पछिल्लो आन्दोलनले नेतृत्वलाई गम्भीर रूपमा झकझक्याएको प्रचण्डले बताए। उनले भने, “पछिल्लो ‘जेनजी’ आन्दोलन वा नयाँ युवा पुस्ताको आन्दोलनबाट जसरी हामी सबैलाई घच्घच्याउने काम भयो, हामीले अझ गम्भीर रूपले आत्मसमीक्षा गर्नुपर्ने र आफूलाई सच्याउनुपर्ने आवश्यकता महसुस भयो।”

प्रचण्डले युवाहरूको भावना र चाहना अनुसार नेपाली जनताको आवश्यकता पूरा गर्न आफूहरू बदलिनुको विकल्प नरहेको उल्लेख गर्दै, मजदुर, किसान, दलित, महिला, मुस्लिम र थारु लगायतका उत्पीडित समुदायको हकहितका लागि फेरि नयाँ ढङ्गले सङ्घर्ष गर्ने उद्घोष गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...

दोलखामा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...

शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय बालेन सरकारको निर्णय

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...

शिक्षामन्त्री सस्मित पोखरेल सरकारका प्रवक्तामा नियुक्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्...

महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधा...

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...

दोलखाको लाप्चामा सम्पर्कविहीन हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा अपडेट

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ: कानुनमन्त्री गौतम

काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएको छिन् । राष्ट्रपतिसक्षम श...

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending