Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पहिलो किस्ता तिरेका उद्योगहरूलाई दोस्रो किस्ता बुझाउन विद्युत् प्राधिकरणको ताकेता

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जडान गराएका उद्योगीहरूलाई दोस्रो किस्ता बुझाउन औपचारिक पत्राचार सुरु गरेको छ। प्राधिकरणका विभिन्न वितरण केन्द्रहरूले मंगलबारदेखि सम्बन्धित उद्योगहरूलाई पत्र पठाई समयमा दोस्रो किस्ता तिर्न आग्रह गरेका हुन्।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बक्यौता विवाद समाधानतर्फ उन्मुख रहेकाले पहिलो किस्ता तिरेका उद्योगहरूले दोस्रो किस्ता पनि बुझाउने अपेक्षा गरिएको छ। उनले भने, “पहिलो किस्ता तिर्ने उद्योगहरूलाई दोस्रो किस्ता पनि समयमा बुझाउन ताकेता गरिएको हो।”

उद्योगीहरूले प्राप्त पत्रमा पहिलो किस्ताको भुक्तानीबापत धन्यवाद दिँदै दोस्रो किस्ता समयमै बुझाउन अनुरोध गरिएको उल्लेख छ। प्राधिकरणले उद्योगहरूलाई कूल बक्यौता २८ किस्तामा तिर्ने सुविधा प्रदान गरेको छ।

यसैक्रममा, हुलास स्टील र अशोक स्टीलले दोस्रो किस्ता बुझाइसकेका छन्।

अशोक स्टीलले दोस्रो किस्ता बापत ६३ लाख रुपैयाँ बुझाएको छ। कम्पनीले पहिलो किस्तामा पनि सोही रकम तिरेको थियो। अशोक स्टीलको कुल बक्यौता १७ करोड ५८ लाख १४ हजार ४०६ रुपैयाँ छ।

हुलास स्टील इन्डस्ट्रीज, सिमरा वितरण केन्द्र अन्तर्गत,ले ५० लाख ४३ हजार रुपैयाँ दोस्रो किस्ता बुझाएको छ। कम्पनीको कुल बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ छ।

गत कार्तिकमा बक्यौता नतिरेका कारण प्राधिकरणले २५ उद्योगहरूको लाइन काटेपछि उद्योगहरूले पहिलो किस्ता तिरेका थिए। उच्च सरकारी तहमा पहिलो किस्तालाई ‘धरौटी’ मानेर कानुनी पुनरावलोकनमा जाने सहमति भएको भए पनि प्राधिकरणले त्यसलाई नियमित किस्ताकै रूपमा अगाडि बढाएको छ। यसक्रममा प्रशासकीय पुनरावलोकन प्रक्रिया नब्युँताई नियमित किस्ता असुली चलिरहेको छ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुलबापत ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो। अहिले सम्म २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ उठिसकेको छ भने ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ अझै उठ्न बाँकी छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending