Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

हामी नयाँ सत्ता, अदालत र सरकार बनाउँछौं -धर्मेन्द्र बास्तोला ‘कञ्चन’

\"dharmendra-bastola\"मंसिर ८ मै संविधान घोषणा हुने चर्चा चल्दा किरण–बादल नेतृत्वको पार्टीमा बसेर त्यस्तो संविधानको प्रतिकार गर्न असम्भव हुने भयो भन्दै अलग पार्टी बनाउनुभएका तपाईंहरुले त झन् १० महिनापछि असोज ३ मा संविधान घोषणा हुँदा समेत खासै प्रतिरोध गर्न सक्नुभएन नि, होइन ? खासमा यो राजनीतिक कुरा हो र राजनीतिक प्रतिरोधको कुरा हो, त्यो हामीले गरेका छौं । राजनीतिक हिसाबले हामीले स्पष्ट गरेका छौं कि संसद्वादीहरुले एकलौटी रुपमा शान्ति प्रक्रियाबाट पछाडि फर्के । माओवादी आन्दोलन जो नेपाली जनताको चाहना र आकांक्षा हो, जो नेपालका अहिलेका ठोस अन्तर्विरोधहरु हुन्, जसको समाधानका लागि नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ– त्यसमाथि कुठाराघात गरेपछि नेपाली जनताले पनि उनीहरुको हैकम र अधिनायकत्व मात्रुपर्छ भत्रे छैन । जनताले त्यसको प्रतिवाद गर्न सक्छन् भनेर हामीले प्रष्ट्याएका छौं । कथित नयाँ संविधानका विरुद्ध यो नै हाम्रो सशक्त प्रतिरोध हो । ‘नयाँ संविधान’ प्रति अहिले तपाईंहरुले गरिरहेको विरोध र असहमतिलाई त जनसंख्याको ठूलो हिस्साले सुनेजस्तो र टेरेजस्तो देखिँदैन नि ? यत्ति मात्रै विरोधका लागि त एमाओवादीभित्रै बसेको भए पनि हुने रहेछ, झन् किरण–बादलसँग समेत सम्बन्धविच्छेदको त के नै अर्थ देखियो र ? कुरा त्यस्तो होइन । यसबीच हामीले राजनीतिक हिसाबले जे–जति गरेका छौं, ती सामान्य प्रकारका छैनन् । अहिले संसदवादको हावा चलेका कारण धेरै मानिसहरु त्यसको वरिपरी नै घुमेका देखिन्छन् । तर, सामान्यतया विश्वभरमै पुँजीवादले र विशेशतः नेपालमा संसदवाद या दलाल पुँजीवादले खडा गरेका राजनीतिक–वैचारिक विभ्रमहरुलाई तोड्दै हामीले वैज्ञानिक समाजवादको आदर्श स्थापित गर्दै लगेका छौं र नेपाली जनतालाई त्यो बाटोमा उत्साहपूर्वक अघि बढाएका छौं । त्यसकारण हामीले जे गरेका छौं र जुन राजनीतिक अडान तथा नीतिका साथ अगाडि बढेका छौं, त्यसलाई पार्टीमा भएको विभाजनको अर्थ र केवल विरोधको कुरासँग मात्र हेर्न सकित्र । भलै, तपाईंले प्रश्न उठाउनुभएका दुई पटकका विभाजनको औचित्य र महत्व त भविष्यमा क्रमशः स्पष्ट हुने नै छ । ‘संसदवादी’ हरुले ‘नयाँ संविधान’ घोषणा गरेकै दिन तपाईंहरुले पनि ‘जनगणतन्त्र नेपालको संविधानसम्बन्धी अवधारणा’ सार्वजनिक गर्नुभयो, के यसलाई नेपालको संविधान २०७२ कै ‘समानान्तर संविधान’ मान्न सकिन्छ ? त्यही नै हो त नेकपा माओवादीको आशय ? हामीले प्रस्तुत गरेको अवधारणा जनवादी गणतन्त्र नेपालको संविधानमा हुने आधारभूत कुराको प्रारम्भिक खाका हो । र तपाईंले सोध्नुभएजस्तो यो एक हिसाबमा समानान्तर संविधान र समानान्तर सत्ता पनि हो । किनभने, संसद्वादीहरुले हालै घोषणा गरेको कथित संविधानले संसद्वादी सत्ताको प्रतिनिधित्व गर्छ र हामीले प्रस्तुत गरेको खाकाले जनवादी सत्ताको प्रतिनिधित्व गर्छ । उसोभए तपाईंहरुले केन्द्र, प्रदेश र स्थानीय तहसम्म सोही अवधारणा (तपाईंहरुको संविधान) अनुसारका समानान्तर राज्य संरचना पनि त घोषणा गर्दै हुनुहुन्छ होला नि ? हो । संसद्वादीहरुले माओवादीसँगका सम्पूर्ण सहमतिलाई तोडेर पुरानो सत्तामै एकलौटी ढंगले फर्किसकेपछि नेपाली जनता संसद्वादीहरुका हर्कतलाई खारेज गरेर जनताको जनवादी सत्तामा जान स्वतन्त्र छन् । त्यसकारण केन्द्रदेखि गाउँसम्म नै पुरानो वर्गको संसद्वादी सत्ताका ठाउँमा नयाँ जनसत्ता, पुराना अदालतहरुका ठाउँमा नयाँ अदालत र पुरानो संसद्वादी सरकारका ठाउँमा नयाँ जनसरकारहरु बन्छन्, यो कुरा त सुनिश्चित नै छ । वैकल्पिक राजनीतिक धार, वैकल्पिक संविधान–कानुन र वैकल्पिक सत्तासम्मका कुरा गर्नुभयो, तर अझैसम्म तपाईंहरु स्वयम् पनि कार्यनीतिकै अलमलमा हुनुहुन्छ भनिन्छ नि ? त्यो कुरा सही होइन । हामी रणनीतिक र कार्यनीतिक प्रश्नमा एकदमै स्पष्ट छौं । दसवर्षे महान् जनयुद्धप्रति नेतृत्वको एउटा तप्काले गरेको विश्वासघातलाई चिर्दै जनयुद्धका बाँकी कार्यभार एकीकृत जनक्रान्तिको माध्यमबाट पूरा गर्न सकिन्छ र गर्नुपर्छ भन्नेमा हामी पूर्णतः स्पष्ट छौं । गतसाता जनजिब्रोलाई अन्तर्वार्ता दिँदै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले ‘एकीकृत जनक्रान्ति’ भन्ने तपाईंहरुको कार्यनीति कुनै हालतमा प्रयोग हुन नसक्ने र त्यसमार्फत क्रान्ति हुनै नसक्ने उल्लेख गर्नुभयो नि ? तपाईंहरु बाहेक देशका कुनै पक्ष र शक्ति पनि एकीकृत जनक्रान्तिप्रति आशावादी र विश्वस्त देखिएका छैनन्, उनीहरुलाई कसरी आश्वस्त पार्नुहुन्छ ? पार्टी विभाजन भइसकेपछि किरणजीहरुसँग राम्रोगरी हाम्रो छलफल हुन पाएको छैन । छलफल भयो भने निश्चित रुपले उहाँले बुझ्नुहुने छ र भत्रुहुने छ– अबको नेपालमा क्रान्ति गर्ने वैचारिक, राजनीतिक र संगठनात्मक विधि भनेको एकीकृत जनक्रान्तिको कार्यदिशा नै हो । अरु पक्ष र जनसमुदायलाई यसबारे बुझाउने, प्रशिक्षित गर्ने र व्यवहारबाट सिद्ध गर्ने प्रक्रिया त निरन्तर अगाडि बढिरहेने नै छ । नेपालमा अब एक शताब्दीसम्म पनि क्रान्ति, उच्च स्तरको संघर्ष र झन् सशस्त्र प्रतिरोध त सम्भवै छैन भनेर थुप्रै उपल्लो स्तरका माओवादी नेताहरुले नै बताउँदै हिँडेका छन्, तपाईंहरुले चाहिँ किन ‘क्रान्तिको सपना’ साँचिरहनु भएको ? यस्तो तुच्छ, आधारहीन र कायरतापूर्ण अभिव्यक्ति माओवादीको उपल्लो स्तरको नेताले व्यक्त गर्ने कुरै होइन । यदि कोही साँच्चै नै उपल्लो स्तरको माओवादी नेता हो भने उसले त्यसो भत्र पनि सक्दैन । यस्तो कुरा त माओवादी विचारबाट पतन भएर तल्लो स्तरमा पुगेका अवसरवादी, सिद्धान्तहीन, भ्रष्ट र व्यापारीले मात्रै भत्रे कुरा हो । कुनै समयमा माओवादी आन्दोलनको उपल्लो स्तरमा पुगेका तर विचार–सिद्धान्तबाट च्युत भैसकेका केही सिद्धान्तहीनहरु, भ्रष्टहरु, त्याग–बलिदानको पवित्र राजनीतिलाई लुट–खसोटको व्यापारमा बदलेका पाखण्डीहरुले यसो भन्दै हिँडेको हामीले पनि सुनेका छौं र तपाईंले पनि त्यही कुरा सुनेको हुनुपर्छ । तिनका बर्बराहटको कुनै अर्थ छैन किनभने हिजो ०५२ सालमा हामीले जनयुद्ध सुरु गर्दा पनि त्यतिबेलाका संशोधनवादी–अवसरवादीहरुले यसै भनेका थिए । जहाँसम्म हामीले क्रान्किो सपना साँचिरहेको कुरा तपाईंले उठाउनुभयो, साँच्चै नै हामीले साँचेको यो महान् सपना हो । सबै उत्पीडित जनताले यही सपना साँचेका छन् र तिनको साथमा हामी छौं । सबै उत्पीडित जनताले क्रान्तिबाट समाजमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको सपना देखेका छन् । जनताका यी सपनाहरु अत्यन्तै स्वाभाविक र जायज छन्, सभ्य समाजको निर्माण गर्ने यी सपनाहरु निश्चित रुपले पूरा हुने छन्, त्यसको अगुवाई गर्ने प्रयास हामीले गरिरहेका छौं । विगतको त्यति भयानक जनप्रतिरोध र त्यत्रो उचाइमा पुगेको क्रान्तिमा त यति ठूलो धोका भयो, तपाईंहरुले पनि क्रान्तिलाई के टुंगोमा पु¥याउनुहोला र भनेर क्रान्ति नै चाहनेहरुमध्ये पनि धेरैले आशंका गरिरहेका छन् नि ? महान् जनयुद्धको नेतृत्व गरेका केही नेताहरुले नै जनताको विजयको डिलमा आएर संसदवादसामु नाङ्गो र भद्दा किसिमले आत्मसमर्पण गरेर नेपाली जनताप्रति गद्धारी गरेको हुनाले आम जनतामा माओवादी नेतृत्वप्रति आशंका र अविश्वास पैदा हुनु स्वाभाविकै हो । यो सामान्य मनोविज्ञानको कुरा नै हो । तर, विज्ञानको कुरा के हो भने हरेक वस्तु सामान्यबाट विशिष्टमा विकशित हुन्छ र विशिष्ट चाहिँ सामान्य बन्छ । नेपालको विशिष्टतामा हे¥यौं भने पनि यो कुरा सजिलै देख्न सकिन्छ । तमाम आन्दोलन, तिनको असफलता, केही उपलब्धि र त्यसैमा टेकेर पुनः आन्दोलन । यस्तो चक्र सामान्यतः विश्वमा र विशेतः नेपालको इतिहासमा पटकपटक देख्न पाइन्छ । अब हुने आन्दोलनले पुरानो सत्तालाई पूरै बढार्ने छ । त्यसकारण यहाँ धेरै शंका गर्नुपर्ने कुरा छैन । बारम्बार ‘कांग्रेस–एमाले–एमाओवादीले शान्ति सम्झौता भंग गरिसके, हामीले पनि त्यसलाई मान्नुपर्ने कुनै कारण छैन’ भन्दै आउनुभएको छ । के हो यसको तात्पर्य ? तपाईंहरुले शान्ति सम्झौता नमान्दैमा के हुन्छ र नेपालमा ? शान्ति सम्झौता भनेको नयाँ नेपाल निर्माण गर्नेगरी माओवादी क्रान्तिकारीहरु र संसद्वादीहरुबीच भएको सहमति हो । पुरानो सत्ताले जनताको जीवनमा परिवर्तन ल्याउन सकेन, देशमा परिवर्तन आउन सकेन, देशले सामन्त तथा दलाल पुँजीवादले थोपरेको जंगली युगलाई पार गरेर मानव सभ्यतामा पदार्पण गर्न सकेन । त्यसकारण यस्तो बर्बर, पाखण्डी, जनतामाथि अत्याचार थोपर्ने सत्ताको अन्त्य गर्न जनयुद्ध भयो र देशका संसद्वादीहरुले उनीहरुको बर्बर, निरंकुश, लुटाहा तथा जंगदी राजनीतिक शैली त्यागेर आधुनिक सभ्यतामा आउने प्रतिबद्धता रोल्पमा भएको वार्ता र सहमति हुँदै विकसित शान्ति सम्झौतासम्ममा जनाए । त्यसैले नेपालको एक कालखण्डमा शान्ति सम्झौताको आवश्यकता प¥यो । त्यो सम्झौताको तात्पर्य संसद्वादीहरुमा वर्तमान राजनीति र समाजले अपेक्षा गरेअनुरुपको राजनीतिक, वैचारिक, सांस्कृतिक परिवर्तन आउनुपर्छ भत्रे थियो । तर, अहिले ती सबै सहमतिहरु उल्लंघन गरेर संसद्वादीहरु उही पुरानै बर्बरता, पाखण्ड र पराधिनताको जंगली युगतिर फर्किसके तर जनता त्यस्तो युगमा फर्कन सक्दैनन् । नेपाली जनता एक्काईसौं शताब्दीको सभ्य र सम्पत्र मानवजाति बत्र चाहन्छन् । त्यसैले अबका नेपाली जनताले फेरि पनि साम्राज्यवाद–विस्तारवादको आडमा टिकेका सामन्त तथा दलाल नोकरशाही पुँजीवाद र तिनको सत्ताका विरुद्ध संघर्ष गर्ने छन् । निश्चित रुपले देश शान्ति चाहन्छ, प्रगति चाहन्छ र उत्रति चाहन्छ । तर, संसद्वादीहरुले सत्ताको आडमा बर्बरता थोपरेर शान्ति भंग गरेका छन् । हामीले भनेको स्पष्ट कुरा के हो भने संसद्वादीहरुले शान्ति भंग गरेर जनतामाथि विगतका उत्पीडन कायम राख्ने क्रम छाड्दैनन् भने त्यसको अवश्य नै प्रतिरोध हुन्छ । ‘संसदवादी’ हरु निर्धक्कसाथ आफ्नो बाटो अघि बढिसके, संसद्वाद नमान्ने तपाईंहरु अब के–के गर्नुहुन्छ ? अलि ठोसमा भन्नोस् न । संसद्वादीहरु हिजो पनि निर्धक्क थिए र आज पनि छन् । तर, उनीहरुको निद्रा त्यतिबेला हराम भएको थियो, जतिबेला तत्कालीन राजा ज्ञानेन्द्रले उनीहरुको सरकार निलम्बन गरेर तिनलाई आ–आफ्नै घरमा कैद गरिदिएको थियो । तर, बाहिरबाहिर उनीहरु निर्धक्क जस्तो देखिए पनि अहिले तिनको मुटु काँपिरहेको छ । देशमा दस हजारभन्दा बढी सहिदहरुको रगतमा गणतन्त्र आयो । गणतन्त्रको उच्चारण गर्न नसक्नेहरु अहिले त्यसको मसिहा बनेको अभिनय गरिरहेका छन् । तर, संसदवादीहरुले यतिबेला ती सहिदहरु र तिनका परिवारहरु तथा राज्यद्वारा बेपत्ता बनाइएका हजारौं योद्धाहरु र तिनका परिवारजनहरु, राज्यको बर्बरताद्वारा घाइते–अपांग तुल्याइएका हजारौं योद्धाहरु तथा जनयुद्धमा लामबद्ध भएका लाखौं जनताको घोर अपमान गरेका छन् र देश तथा जनतामाथि गम्भीर धोखाधडी गरेका छन् । यो अपराध उनीहरुको मष्तिष्कमा रातदिन ‘भूत’ भएर सवार हुने गरेको छ, त्यसले उनीहरुमा चैन आउन किमार्थ दिएको छैन । तपाईंले हेर्नुभयो भने असोज ३ गते आइतबार कथित संविधानको घोषण गरियो, भोलिपल्ट ४ गते नै त्यसको संशोधन गर्ने बाध्यता आइहाल्यो । अब संसद्वादीहरुका अगाडि चाहे साम्राज्यवाद–विस्तारवादका सामु होस्, चाहे जनताका सामु– आत्मसमर्पण बाहेक अर्को बाटो नै छैन । त्यसकारण हामी जनताका अधुरा मुद्धाहरुलाई पूरा गर्न, देशमा नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद स्थापना गर्न, संसद्वादीहरुको अराजक, बर्बर तथा असभ्य समाज र राज्यसत्ताको अन्त्य गरेर सुन्दर, सभ्य, स्वाभिमान र समृद्ध समाज निर्माण गर्ने संघर्षमा लागिसकेका छौं, यसमा दृढतापूर्वक अघि बढ्छौं । (विप्लव नेतृत्वको माओवादीका स्थायी समिति सदस्य बास्ताेलासँग केदारनाथ गौतमले लिएकाे अन्तर्वार्ता)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies