धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशमा सञ्चालन गरिन लागेको सन्देश सभाको पहिलो कार्यक्रम शुक्रबार धनगढीमा सम्पन्न गरेको छ। आर्थिक अभावका कारण अपेक्षित जनसहभागिताबारे पार्टीभित्रै शंका पैदा भए पनि धनगढीमा भएको सभामा सहभागीहरूको उपस्थिति उल्लेखनीय देखियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए। विगतमा यस्ता सभाका लागि ठूलो रकम खर्च गर्नुपर्ने रहे पनि यसपटक केन्द्रबाट कुनै बजेट उपलब्ध नहुँदा उपस्थिति कम हुने आशंका भएको उनको भनाइ थियो।
‘विगतमा यस्ता सभाका लागि ठूलो खर्च गर्नुपर्थ्यो, तर यसपटक केन्द्रबाट एक रुपैयाँ पनि पठाउन सकिएन,’ प्रचण्डले भने, ‘आर्थिक व्यवस्थापन नभएपछि जनसहभागिता कम हुने हो कि भन्ने चिन्ता थियो।’ उनले धनगढीमा अन्य दलका कार्यक्रमहरुमा हालै सुरक्षा चुनौती देखिएको उल्लेख गर्दै सुरक्षाबारे पनि चासो रहेको बताए।
तर स्थानीय नेता–कार्यकर्ता तथा जनताले ती सबै चुनौतीको सशक्त जवाफ दिएको प्रचण्डको भनाइ थियो। उनले दृढ संगठन र जनसमर्थनका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १३:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) मा रोकिएका छन्। भैरहवाको म...
पौष ४ गते, २०८२ - १२:३१
काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...
पौष ४ गते, २०८२ - १२:२४
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...
पौष ४ गते, २०८२ - ११:५१
गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...
पौष ४ गते, २०८२ - १०:५७
मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...
पौष ४ गते, २०८२ - १०:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...




प्रतिकृया लेख्नुहोस्: