Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नेकपाको सन्देश सभामा उल्लेखनीय उपस्थिति: प्रचण्डले भने- आर्थिक अभावका बीच पनि जनसहभागिता उत्साहजनक

खबरडबली संवाददाता

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशमा सञ्चालन गरिन लागेको सन्देश सभाको पहिलो कार्यक्रम शुक्रबार धनगढीमा सम्पन्न गरेको छ। आर्थिक अभावका कारण अपेक्षित जनसहभागिताबारे पार्टीभित्रै शंका पैदा भए पनि धनगढीमा भएको सभामा सहभागीहरूको उपस्थिति उल्लेखनीय देखियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए। विगतमा यस्ता सभाका लागि ठूलो रकम खर्च गर्नुपर्ने रहे पनि यसपटक केन्द्रबाट कुनै बजेट उपलब्ध नहुँदा उपस्थिति कम हुने आशंका भएको उनको भनाइ थियो।

‘विगतमा यस्ता सभाका लागि ठूलो खर्च गर्नुपर्थ्यो, तर यसपटक केन्द्रबाट एक रुपैयाँ पनि पठाउन सकिएन,’ प्रचण्डले भने, ‘आर्थिक व्यवस्थापन नभएपछि जनसहभागिता कम हुने हो कि भन्ने चिन्ता थियो।’ उनले धनगढीमा अन्य दलका कार्यक्रमहरुमा हालै सुरक्षा चुनौती देखिएको उल्लेख गर्दै सुरक्षाबारे पनि चासो रहेको बताए।

तर स्थानीय नेता–कार्यकर्ता तथा जनताले ती सबै चुनौतीको सशक्त जवाफ दिएको प्रचण्डको भनाइ थियो। उनले दृढ संगठन र जनसमर्थनका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...

दोलखामा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...

शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय बालेन सरकारको निर्णय

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...

शिक्षामन्त्री सस्मित पोखरेल सरकारका प्रवक्तामा नियुक्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्...

महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधा...

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...

दोलखाको लाप्चामा सम्पर्कविहीन हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा अपडेट

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ: कानुनमन्त्री गौतम

काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएको छिन् । राष्ट्रपतिसक्षम श...

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending