इन्डोनेसिया। इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् ।
इन्डोनेसियाको छिमेकी मुलुक मलेसिया र थाइल्यान्डमा पनि भारी वर्षाको कारण उत्पन्न विपदले यस क्षेत्रमा दर्जनौँ मानिसकोे मृत्यु भएको छ । उत्तरी सुमात्रामा शुक्रबारसम्म मृतकको सङ्ख्या ६२ पुगेको र ९५ जना घाइते भएको स्थानीय प्रहरी प्रवक्ता फेरी वालिन्टुकानले बताएको छ ।
बाढीका कारण वेपत्ता भएका कम्तीमा ६५ जनाको खोजी भइरहेको प्रवक्ता फेरी वालिन्टुकानलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । स्थानीय विपद् एजेन्सीका अनुसार पश्चिम सुमात्रामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् । वालिन्टुकानले उत्तरी सुमात्राका अधिकारी “निकासी र सहायता प्रदान गर्ने कार्यमा केन्द्रित रहेको बताएको छन् । उत्तरी सुमात्रामा, केही क्षेत्रमा सञ्चारको पहुँच विच्छेद भएको उनले बताएको छन् ।
सबैभन्दा बढी प्रभावित सहर सिबोल्गामा ३० जना भन्दा बढीको मृत्यु भएको उहाँले बताउनुभएको छ । पश्चिम सुमात्रामा स्थानीय विपद एजेन्सीका प्रमुख अब्दुल मलिकलाई उदृत गर्दै २२ जनाको मृत्यु भएको र १२ जनाको खोजी भइरहेको एएफपीले जनाएको छ । भारी वर्षाले इन्डोनेसियाको पश्चिमी प्रान्त आचेमा पनि बाढी र पहिरो आउँदा लगभग एक हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय विपद् एजेन्सीले जनाएको छ ।
एएफपीका अनुसार प्रान्तका केही भागमा बिजुली सेवासमेत बन्द गरिएको छ । बिजुली कम्पनी पेरुसाहान लिस्ट्रिक नेगाराले यस हप्ताको सुरुमा आकस्मिक बाढीले प्रसारण टावरलाई प्रभावित गराएपछि बिस्तारै बिजुली आपूर्ति पुन:स्थापना गर्न कर्मचारी तैनाथ गरेको बताएको छ ।
मौसमी वर्षाले थाइल्यान्डका केही भाग डुबानमा पारेको र दर्जनौँको मृत्यु भएको छ । मलेसियामा पनि बाढीले र कम्तीमा दुई जनाको मृत्यु भएको जनाइएको छ । मध्य जाभामा भारी वर्षाका कारण आएको पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु हुनुका साथै करिब १३ जना अझै बेपत्ता भएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: