Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा

खबरडबली संवाददाता

वासिङ्टन। वासिङ्टनमा एक अफगान नागरिकले दुई जना नेसनल गार्ड सैनिकमाथि गोली प्रहार गरी एक जनाको हत्या गरेको घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीव्र प्रतिक्रिया जनाउँदै आफूले भनेका ‘तेस्रो विश्वका देशहरू’ बाट हुने आप्रवासन पूर्ण रूपमा रोक्ने घोषणा गरेको छन् । 

उनको कडा प्रतिक्रिया दोस्रो कार्यकालमा उनले अघि बढाइरहनुभएको आप्रवासन–विरोधी कठोर नीतिमा अर्को तीक्ष्ण मोडका रूपमा प्रस्तुत भएको छ । उनको प्रतिक्रियाले पूर्वराष्ट्रपति जो बाइडेन कार्यकालमा स्वीकृत ‘लाखौँ भर्ना’ उल्ट्याउने चेतावनीसमेत दिएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि वेस्ट भर्जिनियाबाट वासिङ्टनमा तैनाथ नेसनल गार्डकी २० वर्षीया साराह बेकस्ट्रोम घाइते हुने र त्यसपछि मृत्यु हुने दु:खद घटनाको पुष्टि गरिसकेको थिए । अफगानिस्तानमा अमेरिकी सेनासँग काम गरिसकेका २९ वर्षीय अफगान नागरिक सन्दिग्ध बन्दुकधारीका रूपमा पहिचान भएपछि एफबिआईले अन्तर्राष्ट्रिय आतङ्कवादी आशङ्कामा अनुसन्धान थालिएको जनाएको छ ।

अधिकारीहरूले घटनालाई ‘एम्बुस–शैली’ आक्रमणका रूपमा वर्णन गरेका छन् । यसले अमेरिकी राजधानीमा तैनाथ सेनाको प्रयोग, आप्रवासन नीति र अफगान युद्धको दीर्घकालीन प्रभाव जस्ता संवेदनशील राजनीतिक मुद्दाहरूलाई पुन: चर्चाको केन्द्रमा ल्याइदिएको छ । 

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भने, “म अमेरिकी प्रणालीलाई पूर्णरूपमा पुन:स्थापित गर्नका लागि सबै तेस्रो विश्वका मुलुकहरूबाट आप्रवासन स्थायी रूपमा रोक्छु ।” उहाँले तत्काल प्रभावबाट बाइडेन प्रशासनले स्वीकृत ‘लाखौँ प्रवेश’ खारेज गर्ने र ‘अमेरिकाका लागि शुद्ध सम्पत्ति नबन्ने’ व्यक्तिहरूलाई हटाइने चेतावनीसमेत दिए।

थ्याङ्क्सगिभिङका अवसरमा सेनासँग भएको भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले वासिङ्टनमा भएको ‘आतङ्कवादी आक्रमण’ ले राष्ट्रमा शोक छाएको बताउँदै राजधानीमा अतिरिक्त सयौँ नेसनल गार्ड पठाइनु निवारक कदम भएको दाबी गरे। “यदि गार्डम्यानहरू नहुँदा हुन् त घटना अझ गम्भीर हुन सक्थ्यो”, उनले टिप्पणी गरे।

यसैबीच युएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिस ९युएससिआइएस० का निर्देशक जोसेफ एडलोले ट्रम्पको आदेशअनुसार ‘चिन्ता उत्पन्न गर्ने’ प्रत्येक देशका नागरिकको ग्रिन कार्ड फाइलमा पुन: कठोर छानबिन सुरु गरिएको जानकारी दिए। उनका अनुसार अफगानिस्तान, क्युबा, हाइटी, इरान, म्यान्मालगायत १९ देश अहिले विशेष निगरानीको सूचीमा छन् । यीमध्ये धेरै राष्ट्र पहिले नै ट्रम्प प्रशासनको यात्रा प्रतिबन्ध सूचीमा परेका थिए ।

बुधबारको आक्रमणमा गम्भीर घाइते भएका २४ वर्षीय सैनिक एन्ड्र्यु वोल्फ आफ्नै ‘जीवनका लागि लडिरहेका’ छन् । वासिङ्टन राज्यमा बस्दै आएका सन्दिग्ध बन्दुकधारी रहमानुल्ला लकानवाल समेत गम्भीर घाइते अवस्थामा छन् । अमेरिकी वकिल जेनिन पिरोका अनुसार लकानवालले ह्वाइट हाउसबाट केही ब्लक टाढा गस्ती गरिरएका गार्डम्यानहरूलाई पोइन्ट ३५७ रिभल्भरले लक्षित रूपमा गोली हानेका थिए । उनी जीवित रहे सैनिकहरूको मृत्यु पुष्टि भएमा आरोप ‘पहिलो दर्जाको हत्या’ मा उकासिनेछ ।

सिआइएका निर्देशक जोन र्‍याटक्लिफले सन्दिग्ध व्यक्ति अफगानिस्तानमा तालिबानविरुद्ध लड्ने सिआइए समर्थित ‘साझेदार बल’ का सदस्य रहेको र अफगान सहयोगीहरूको उद्धार कार्यक्रमअन्तर्गत अमेरिकाभित्र ल्याइएको पुष्टि गरे। र्‍याटक्लिफ, एफबिआई, होमल्यान्ड सेक्युरिटी तथा ट्रम्प नियुक्त अन्य अधिकारीहरूले बाइडेन प्रशासनको ‘सुस्त र कमजोर’ शरण नीतिले लकानवाललाई देशमा सजिलै प्रवेश गर्न दिएको आरोप दोहोर्‍याए ।

यद्यपि अफगान पुन:स्थापनामा सहायक सङ्गठन अफगानइभाकले भने ‘सबै अफगान आवेदकहरू अत्यन्त कडा सुरक्षा जाँचबाट गुज्रिनुपर्छ’ भन्दै सम्पूर्ण समुदायलाई दोषारोपण नगर्न आग्रह गरेको छ । सङ्गठनका अनुसार लकानवाललाई शरण ट्रम्पकै प्रशासनमा सन् २०२५ अप्रिलमा दिइएको थियो र एक वर्षपछि स्थायी निवासका लागि योग्य हुने अवस्थामा थिए ।

घटनापछि रक्षामन्त्री पिट हेग्सेथले वासिङ्टनमा थप ५०० सैनिक तैनाथ गर्दै कुल सङ्ख्या दुई हजार ५०० पुर्‍याइएको घोषणा गरे। राष्ट्रपति ट्रम्पले वासिङ्टनमा मात्र नभई लस एन्जलस र मेम्फिसलगायत डेमोक्रेट नेतृत्वका अन्य सहरहरूमा पनि सेना तैनाथ गरिदिएको छन् र यस कदमले सङ्घीय सत्ता दुरुपयोग तथा अधिनायकवादी हस्तक्षेपका आरोपहरू तीव्र रूपमा बढाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending