Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा

खबरडबली संवाददाता

वासिङ्टन। वासिङ्टनमा एक अफगान नागरिकले दुई जना नेसनल गार्ड सैनिकमाथि गोली प्रहार गरी एक जनाको हत्या गरेको घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीव्र प्रतिक्रिया जनाउँदै आफूले भनेका ‘तेस्रो विश्वका देशहरू’ बाट हुने आप्रवासन पूर्ण रूपमा रोक्ने घोषणा गरेको छन् । 

उनको कडा प्रतिक्रिया दोस्रो कार्यकालमा उनले अघि बढाइरहनुभएको आप्रवासन–विरोधी कठोर नीतिमा अर्को तीक्ष्ण मोडका रूपमा प्रस्तुत भएको छ । उनको प्रतिक्रियाले पूर्वराष्ट्रपति जो बाइडेन कार्यकालमा स्वीकृत ‘लाखौँ भर्ना’ उल्ट्याउने चेतावनीसमेत दिएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि वेस्ट भर्जिनियाबाट वासिङ्टनमा तैनाथ नेसनल गार्डकी २० वर्षीया साराह बेकस्ट्रोम घाइते हुने र त्यसपछि मृत्यु हुने दु:खद घटनाको पुष्टि गरिसकेको थिए । अफगानिस्तानमा अमेरिकी सेनासँग काम गरिसकेका २९ वर्षीय अफगान नागरिक सन्दिग्ध बन्दुकधारीका रूपमा पहिचान भएपछि एफबिआईले अन्तर्राष्ट्रिय आतङ्कवादी आशङ्कामा अनुसन्धान थालिएको जनाएको छ ।

अधिकारीहरूले घटनालाई ‘एम्बुस–शैली’ आक्रमणका रूपमा वर्णन गरेका छन् । यसले अमेरिकी राजधानीमा तैनाथ सेनाको प्रयोग, आप्रवासन नीति र अफगान युद्धको दीर्घकालीन प्रभाव जस्ता संवेदनशील राजनीतिक मुद्दाहरूलाई पुन: चर्चाको केन्द्रमा ल्याइदिएको छ । 

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भने, “म अमेरिकी प्रणालीलाई पूर्णरूपमा पुन:स्थापित गर्नका लागि सबै तेस्रो विश्वका मुलुकहरूबाट आप्रवासन स्थायी रूपमा रोक्छु ।” उहाँले तत्काल प्रभावबाट बाइडेन प्रशासनले स्वीकृत ‘लाखौँ प्रवेश’ खारेज गर्ने र ‘अमेरिकाका लागि शुद्ध सम्पत्ति नबन्ने’ व्यक्तिहरूलाई हटाइने चेतावनीसमेत दिए।

थ्याङ्क्सगिभिङका अवसरमा सेनासँग भएको भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले वासिङ्टनमा भएको ‘आतङ्कवादी आक्रमण’ ले राष्ट्रमा शोक छाएको बताउँदै राजधानीमा अतिरिक्त सयौँ नेसनल गार्ड पठाइनु निवारक कदम भएको दाबी गरे। “यदि गार्डम्यानहरू नहुँदा हुन् त घटना अझ गम्भीर हुन सक्थ्यो”, उनले टिप्पणी गरे।

यसैबीच युएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिस ९युएससिआइएस० का निर्देशक जोसेफ एडलोले ट्रम्पको आदेशअनुसार ‘चिन्ता उत्पन्न गर्ने’ प्रत्येक देशका नागरिकको ग्रिन कार्ड फाइलमा पुन: कठोर छानबिन सुरु गरिएको जानकारी दिए। उनका अनुसार अफगानिस्तान, क्युबा, हाइटी, इरान, म्यान्मालगायत १९ देश अहिले विशेष निगरानीको सूचीमा छन् । यीमध्ये धेरै राष्ट्र पहिले नै ट्रम्प प्रशासनको यात्रा प्रतिबन्ध सूचीमा परेका थिए ।

बुधबारको आक्रमणमा गम्भीर घाइते भएका २४ वर्षीय सैनिक एन्ड्र्यु वोल्फ आफ्नै ‘जीवनका लागि लडिरहेका’ छन् । वासिङ्टन राज्यमा बस्दै आएका सन्दिग्ध बन्दुकधारी रहमानुल्ला लकानवाल समेत गम्भीर घाइते अवस्थामा छन् । अमेरिकी वकिल जेनिन पिरोका अनुसार लकानवालले ह्वाइट हाउसबाट केही ब्लक टाढा गस्ती गरिरएका गार्डम्यानहरूलाई पोइन्ट ३५७ रिभल्भरले लक्षित रूपमा गोली हानेका थिए । उनी जीवित रहे सैनिकहरूको मृत्यु पुष्टि भएमा आरोप ‘पहिलो दर्जाको हत्या’ मा उकासिनेछ ।

सिआइएका निर्देशक जोन र्‍याटक्लिफले सन्दिग्ध व्यक्ति अफगानिस्तानमा तालिबानविरुद्ध लड्ने सिआइए समर्थित ‘साझेदार बल’ का सदस्य रहेको र अफगान सहयोगीहरूको उद्धार कार्यक्रमअन्तर्गत अमेरिकाभित्र ल्याइएको पुष्टि गरे। र्‍याटक्लिफ, एफबिआई, होमल्यान्ड सेक्युरिटी तथा ट्रम्प नियुक्त अन्य अधिकारीहरूले बाइडेन प्रशासनको ‘सुस्त र कमजोर’ शरण नीतिले लकानवाललाई देशमा सजिलै प्रवेश गर्न दिएको आरोप दोहोर्‍याए ।

यद्यपि अफगान पुन:स्थापनामा सहायक सङ्गठन अफगानइभाकले भने ‘सबै अफगान आवेदकहरू अत्यन्त कडा सुरक्षा जाँचबाट गुज्रिनुपर्छ’ भन्दै सम्पूर्ण समुदायलाई दोषारोपण नगर्न आग्रह गरेको छ । सङ्गठनका अनुसार लकानवाललाई शरण ट्रम्पकै प्रशासनमा सन् २०२५ अप्रिलमा दिइएको थियो र एक वर्षपछि स्थायी निवासका लागि योग्य हुने अवस्थामा थिए ।

घटनापछि रक्षामन्त्री पिट हेग्सेथले वासिङ्टनमा थप ५०० सैनिक तैनाथ गर्दै कुल सङ्ख्या दुई हजार ५०० पुर्‍याइएको घोषणा गरे। राष्ट्रपति ट्रम्पले वासिङ्टनमा मात्र नभई लस एन्जलस र मेम्फिसलगायत डेमोक्रेट नेतृत्वका अन्य सहरहरूमा पनि सेना तैनाथ गरिदिएको छन् र यस कदमले सङ्घीय सत्ता दुरुपयोग तथा अधिनायकवादी हस्तक्षेपका आरोपहरू तीव्र रूपमा बढाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending