काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा घातक हतियार प्रयोग गरिएको प्रश्न उठिरहेका बेला सरकारले आगामी दिनमा यस्तो अवस्था नदोहोरिन गैरघातक हतियार खरिद गर्ने तयारी गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार गैरघातक हतियारको अभावले सुरक्षाकर्मीहरूलाई बाध्यतावश घातक हतियार प्रयोग गर्नुपर्ने अवस्था बन्दै आएको थियो। यस्तो बाध्यता हटाउनका लागि सरकारले गैरघातक हतियारको व्यवस्था गर्ने निर्णय गरेको उनले स्पष्ट पारे।
‘मानवीय क्षतिबारे गहिरो अध्ययन गर्दा लेथल र नन–लेथल हतियारमध्ये नन–लेथल पर्याप्त रूपमा उपलब्ध भए भने घातक हतियार प्रयोग गर्न नपर्ने अवस्था आउँदो रहेछ,’ बिहीबार संसदीय समितिको बैठकमा उनले भने।
उनका अनुसार आत्मरक्षादेखि सम्पत्ति सुरक्षासम्मका कारण घातक हतियार प्रयोग गर्नुपरेका घटनाले मानवीय क्षतिसमेत बढ्ने भएकाले गैरघातक हतियार अत्यावश्यक ठहरिएको हो। ‘गैरघातक हतियार नभए सुरक्षाकर्मीलाई चाहे आत्मरक्षा होस् वा सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा, घातक हतियार प्रयोग गर्नुपर्ने बाध्यता आउँदो रहेछ, जसले मानवीय क्षति बढाउँदै लैजान्छ,’ गृहमन्त्री अर्यालले भने।
सरकारले कति मात्रामा र कुन–कुन देशसँग समन्वय गरी गैरघातक हतियार ल्याउने तयारी भइरहेको छ भन्ने विवरण भने गृहमन्त्रीले खुलाएनन्। तर गैरघातक उपकरणका लागि मित्रराष्ट्रहरूबाट सहयोगको अपेक्षासहित प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
उनका अनुसार वैदेशिक सहयोग र सरकारी खरिदमार्फत गैरघातक हतियार व्यवस्था गरिँदै जाने र भविष्यमा घातक हतियारको प्रयोग न्यूनतम बनाउने नीतिमा सरकार अघि बढ्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - १७:३३
काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...
चैत्र १३ गते, २०८२ - १७:२९
काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...
चैत्र १३ गते, २०८२ - १७:२५
काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...
चैत्र १३ गते, २०८२ - १७:२१
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...
चैत्र १३ गते, २०८२ - १६:५८
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्...
चैत्र १३ गते, २०८२ - १६:३९
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधा...
चैत्र १३ गते, २०८२ - १६:२९
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...
चैत्र १३ गते, २०८२ - १६:१३
काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...
चैत्र १३ गते, २०८२ - १६:०४
काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएको छिन् । राष्ट्रपतिसक्षम श...
चैत्र १३ गते, २०८२ - १५:५४
ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध...



प्रतिकृया लेख्नुहोस्: