Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

विषादी परीक्षण नगरिएको तरकारी-फलफूल आयात रोक्न सर्वोच्चको परमादेश

खबरडबली संवाददाता

चितवन । नेपाल सरकारले २०७६ सालमा आफैँले गरेको निर्णय उल्टाएर तेस्रो मुलुकबाट तरकारी तथा फलफूल आयात गर्दा विषादी परीक्षण अनिवार्य गर्नु नपर्ने गरी गरेको मन्त्रिपरिषद्को निर्णयलाई सर्वोच्च अदालतले गैरकानूनी ठहरसहित बदरको उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ ।

तत्कालीन मन्त्रीपरिषद्ले २०७६ असार ३ गते भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य जाँच गरेपछि मात्रै तरकारी, फलफूल तथा खाद्यान्न आयात गर्न दिने निर्णय गरेको थियो । तर, राजपत्रमा सूचना प्रकाशित गरेको १७ दिनपछि आफ्नै निर्णय उल्ट्याएर परीक्षण प्रयोगशालाको अभाव देखाउँदै विषादीको अवशेष परीक्षण अनिवार्य गर्नु नपर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय सञ्चार माध्यममा सार्वजनिक भएपछि अधिवक्ता भद्रप्रसाद (स्वागत) नेपाल, अधिवक्ता विष्णुप्रसाद तिमिल्सिाना र नारायणप्रसाद दुवाडीले सर्वोच्च अदालतमा दोस्रोपटकको निर्णय बदर गर्ने परमादेश माग गर्दै रिट दर्ता गराएका थिए ।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र सुष्मालता माथेमाको इजलासले बदर गर्न परमादेश दिएका हुन् । परमादेशमा असार १९ गतेको मन्त्रिपरिषद् निर्णयबाट आम उपभोक्ताको नेपालको संविधान र कानूनले प्रदान गरेको मौलिक तथा कानूनी अधिकारको उलंघन हुनुका साथै जनस्वास्थ्यका सवालमा राज्यले अन्तर्राष्ट्रिय कानूनले निषेध गरेको प्रतिगामी कदम चालेको पुष्टि हुन आएको । र, उक्त निर्णयको कारण, आधार र कानूनी व्यवस्था साथै औचित्य समेत पुष्टि हुन नसकेकाले उत्प्रेषको आदेशले बदर गरेको उल्लेख छ ।

सरकारलाई स्तरीय विषादी परीक्षण ल्याब, दक्ष जनशक्ति नियुक्ति गर्न समेत परमादेश दिएको छ । त्यसैगरी सरकारका नाममा नौ बुँदामा जारी गरिएको उत्प्रेषणयुक्त परमादेशमा विषादी परीक्षण गर्दा अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको Codex Alimentarius को विषादीको अधिकतम अवशेष सीमालाई मार्गदर्शक मानकको रूपमा मान्न भन्दै मन्त्रिपरिषद्को २०७६ साल असार २ गते भएको निर्णयअनुसार ताजा तरकारी तथा फलफूल पैठारी गर्दा भन्सारविन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण गरी अधिकतम सीमा नाघेका खाद्यान्नलाई मात्रै प्रवेश दिनू भनिएको छ ।

अदालतले मुख्य सचिवको संयोकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि तथा पशुपन्छी मन्त्रालय, र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संलग्न एक संयन्त्र गठन भएको र त्यही संयन्त्रले जिम्मेवार अधिकारीलाई समेत संलग्न गरी आदेश कार्यान्वयनको कार्ययोजना तथा प्रभावकारी कार्यान्वयन गराउनू भनिएको छ ।

विषादी अनुगमन र नियन्त्रणको दायित्व तीनै तहको सरकारको भएको भन्दै परमादेशमा थप भनिएको छ, – संघ प्रदेश तथा स्थानीय तहको विषादी नियन्त्रण अनुगमनको अधिकार दिइएको हुँदा तीनै तहले नीतिगत तथा संरचनागत समन्वय गरि विषादीको प्रयोग तथा विषादी अवशेष अनुगमनमा प्रभावकारी ढंगले अनुगमन गर्ने गराउने कार्य गर्नू ।

परमादेशले तोकिएको सीमाभन्दा बढी विषादीको अवशेष पाइए बिक्री वितरण रोकी नष्ट गर्ने, बजारबाट फिर्ता लैजाने संयन्त्र प्रभावकारी बनाउनुका साथै विषादी परीक्षणको अधिकतम अवशेष सीमा घरेलु उत्पादन गर्ने फलफूल तथा ताजा तरकारीमा समेत समान लगाउन आदेश दिएको छ ।

यो फैसलाले गुणस्तरीय खाद्य अधिकार प्राप्त गर्ने संविधानप्रदत्त मौलिक हक रहेको भन्दै राज्यले मौलिक हक विपरीत निर्णय गर्नु राज्यको सुरक्षित जीवनयापन गर्न पाउने हकप्रति राज्यको गम्भीर लापरबाही भएको पनि सम्झाएको छ ।

आदेशको प्रतिलिपी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने मात्रै होइन फैसला कार्यान्वयन निर्देशनालयलाई समेत यो आदेशले जिम्मेवार भनाएको छ । आदेशमा भनिएको छ, फैसला कार्यान्वयन निर्देशनालयले अनुगमन गरी ६/६ महिनामा प्रतिवेदन लिनू ।

परमादेशका मुख्य बुँदाहरू
– मन्त्रिपरिषद्को २०७६।०३।१९ गतेको निर्णय गुणस्तरीय खाद्य अधिकार प्राप्त गर्ने संविधानप्रदत्त मौलिक हक विपरित रहेको छ । राज्यको सुरक्षित जीवनयापन गर्न पाउने हकप्रति राज्यको गम्भीर लापरबाही । निर्णय असंवैधानिक, गैरकानूनी एवम् सरकारको मूल्यमान्यता विपरित र नैतिक दृष्टिकोणले समेत अस्वीकार्य छ भनी मान्नुपर्दछ ।

– २०७६ सालको असार २ गते भन्सारमा ताजा तरकारी तथा फलफूल पैठारी गर्दा जीवनाशक विषादीको अननिवार्य परीक्षण गर्ने भनी राजपत्रमा सूचना प्रकाशित गरिसकेको अवस्थामा पुनः २०७६ साल असार १९ गते त्यस्तो परीक्षण अनिवार्य नभएको भनी निर्णय गरिएकोबाट आम उपभोक्ताको नेपालको संविधान र कानूनले प्रदान गरेको मौलिक तथा कानूनी अधिकारको उलंघन हुनुका साथै जनस्वास्थ्यका सवालमा राज्यले अन्तराष्टिय कानूनले निषेध गरेको प्रतिगामी कदम चालेको पुष्टि हुन आएको । र, कारण, आधार र कानूनी व्यवस्था साथै औचित्य समेत पुष्टि हुन नसकेकाले उत्प्रेषको आदेशले बदर गरेको ।

– विषादी परीक्षण गर्दा अन्तर्राष्ट्रिय रुपमा स्वीकार गरिएको Codex Alimentarius को MLRS लाई मार्गदर्शक मानकको रुपमा मान्नु ।
मन्त्रीपरिषद्को २०७६ साल असार २ गते भएको निर्णय अनुसार ताजा तरकारी तथा फलफूल पैठारी गर्दा भन्सारविन्दुरमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण गरि अधिकतम सीमा नाघेका खाद्यान्नलाई मात्रै प्रवेश दिनू ।

भन्सार बिन्दु तथा आन्तरिक रुपमा प्रयोग हुने विषादीका लागि स्तरीय प्रयोगशाला छिटो बनाई आवश्यकता अनुसारका उपकरण र दक्ष जनशक्ति नियुक्त गर्नू ।
फैसला कार्यान्वयन निर्देशनालयले अनुगमन गरी ६/६ महिनामा प्रतिवेदन लिने ।

– नेपाल सरकारका मुख्य सचिवको संयोकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संलग्न एक संयन्त्र गठन । त्यही संयन्त्रले जिम्मेवार अधिकारीलाई समेत संलग्न गरी आदेश कार्यान्वयनको कार्ययोजना तथा प्रभावकारी कार्यान्वयन गराउने ।

– संघ, प्रदेश तथा स्थानीय तहको विषादी नियन्त्रण अनुगमनको अधिकार दिइएको हुँदा तीनै तहले नीतिगत तथा संरचनागत समन्वय गरि विषादीको प्रयोग तथा विषादी अवशेष अनुगमनमा प्रभावकारी ढंगले अनुगमन गर्ने गराउने ।

– आदेश प्राप्त भएको तीन महिनाभित्र आन्तरिक रुपमा उत्पादन, भण्डारण तथा बिक्रीवितरण गरिने तरकारी, फलफूल तथा अन्य खाद्यान्नमा प्रयोग गरिने विषादीको प्रयोग, व्यवस्थापन तथा नियन्त्रणसम्बन्धि कार्यविधि तथा मापदण्ड बनाइ प्रभावकारी कार्यान्वयन गर्नु गराउनू ।

तोकिएको सीमाभन्दा बढी विषादीको अवशेष पाइए बिक्री वितरण रोकी नष्ट गर्ने, बजारबाट फिर्ता लैजाने संयन्त्र प्रभावकारी बनाउनू ।

विषादी परीक्षणको अधिकतम अवशेष सीमा घरेलु उत्पादन गर्ने फलफूल तथा ताजा तरकारीमा समेत समान लगाउनू ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE