Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा पक्की पुलको शिलान्यास

खबरडबली संवाददाता

मकवानपुर । पूर्वीमकवानपुरको बकैया गाउँपालिका– ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोलामा निर्माण हुने मल्टिसेल बक्स पुलको बुधबार शिलान्यास गरिएको छ।बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७५४ रुपैयाँ लागतमा निर्माण हुने पुलको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् ।

१२० मिटर लामो पक्की पुलका लागि कुल आठ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँ लागत अनुमान गरिएको थियो ।  तर, श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले ६ करोड ८९ लाख ४९ हजार ७५४ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । २०८२ असार ८ गते सम्झौता भएको आयोजना ०८४ असार ७ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेले जानकारी दिए ।

पुल निर्माण भएपछि बकैयाको वडा नम्बर ५ र ६ का करिब आठ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अध्यक्ष लामिछानेले बताए । पुल नहुँदा वर्षायाममा बकैया– ६ का विद्यार्थीलाई विद्यालय आवत–जावतमा कठिनाइ हुँदै आएको थियो । निर्माण सम्पन्न भएपछि किसान, विद्यार्थी, स्थानीयवासी तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय पर्यटन पार्कसम्म पहुँच सहज हुने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री बानियाँले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै संघीयताले विकासलाई गति दिएको दाबी गरे । उनले जेन–जी पुस्ताको आन्दोलनले देशमा जनधनको क्षति पुगेको उल्लेख गर्दै युवाको माग सम्बोधन गर्दै भ्रष्टाचारमुक्त, सुशासनयुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा सहभागी बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेट विनियोजन भई पुल निर्माण कार्य अघि बढेको जानकारी दिए । उनले आर्थिक–सामाजिक रूपान्तरणका लागि उत्पादनसँग जोडिन प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्वअध्यक्ष दामोदर खनाल, पूर्वउपाध्यक्ष सरला बोलखेसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

श्रीलङ्कालाई भारतको ४५ करोड डलर सहयोग

कोलम्बो । भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्म...

बाँकेमा चिसोका कारण विद्यालय बन्द

बाँके । अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता...

प्रतिनिधिसभा निर्वाचनकाे लागि महोत्तरी–४ बाट प्रचण्ड र साहको उम्मेदवारी सिफारिस

महोत्तरी ।  आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्री...

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending