काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलनपछि रोकिएको नेपालीहरुको श्रम तथा भिजिट भिसा पुन: खुला गरेको छ। अब यूएई जान चाहने सबै नेपालीले प्रहरीको चारित्रिक प्रमाणपत्र अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङका अनुसार भिसा आवेदन पुन: स्वीकृति दिन थालिएको छ। “केहीले आजै भिसा प्राप्त गरेका छन्,” उनले बताए।
यद्यपि यूएईले नेपाली नागरिकका लागि भिसा रोकिएको वा खुलाएको विषयमा औपचारिक जानकारी नेपाल सरकारलाई नपठाएको संघले जनाएको छ।
भदौ २४ गते जेनजी प्रदर्शनपछि जेलबाट कैदी भागेको घटनालाई कारण देखाउँदै यूएईले नेपाली भिसा रोकिएको मानिएको थियो। जेलबाट फरार व्यक्तिहरूको अवस्थाबारे विश्वस्त हुन यूएईले चासो व्यक्त गरेको थियो।
भिसा रोकिएपछि परराष्ट्र मन्त्रालयले यूएई अधिकारीसँग निरन्तर संवाद गरेको थियो भने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै आएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - १७:३३
काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...
चैत्र १३ गते, २०८२ - १७:२९
काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...
चैत्र १३ गते, २०८२ - १७:२५
काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...
चैत्र १३ गते, २०८२ - १७:२१
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...
चैत्र १३ गते, २०८२ - १६:५८
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्...
चैत्र १३ गते, २०८२ - १६:३९
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधा...
चैत्र १३ गते, २०८२ - १६:२९
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...
चैत्र १३ गते, २०८२ - १६:१३
काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...
चैत्र १३ गते, २०८२ - १६:०४
काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएको छिन् । राष्ट्रपतिसक्षम श...
चैत्र १३ गते, २०८२ - १५:५४
ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध...



प्रतिकृया लेख्नुहोस्: