Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

त्रिविको राजनीतिक भागबन्डामाथि मन्त्री पुनको व्यंग्य: महादेव आए पनि भागबन्डा अन्त्य होला जस्तो देखिँदैन

त्रिविको जग्गा खोजबिन प्रतिवेदन कार्यान्वयन हुने दाबी

खबरडबली संवाददाता

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को जग्गा खोजबिनसम्बन्धी प्रतिवेदन कार्यान्वयन हुने स्पष्ट गरेका छन्। बुधबार बसेको त्रिवि सभा बैठकमा बोल्दै उनले प्रतिवेदन कार्यान्वयनसँगै विश्वविद्यालयभित्रको राजनीतिक भागबन्डा अन्त्य गरेर सुधारको मार्ग खुल्ने बताए।

त्रिवि नीति तथा कार्यक्रममै पनि जग्गा हिनामिना सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने उल्लेख छ। करिब २५ रोपनी जग्गा हिनामिनासम्बन्धी प्रतिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ।

मन्त्री पुनले त्रिविका चारवटा अनुसन्धान केन्द्र निष्क्रिय भएको उल्लेख गर्दै ती केन्द्रलाई बजेटसहित पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए। “अनुसन्धान केन्द्रले गर्ने काम बाहिरका कन्सल्टेन्सीले गर्न थालेपछि संकट उत्पन्न भएको रहेछ। अब बजेट छुट्याएर अनुसन्धान सक्रिय बनाउनु पर्छ,” उनले भने।

उनका अनुसार विश्वविद्यालयले प्राज्ञिक तथा प्रविधिमुखी अनुसन्धानमा विशेष जोर दिनुपर्ने छ। आविष्कारमूलक अनुसन्धान प्रवर्द्धन बिना देशको अर्थतन्त्र सुदृढ नहुने उल्लेख गर्दै उनले युवाहरूलाई व्यापक रूपमा अनुसन्धानमा सहभागी गराउनु आवश्यक रहेको बताए।

शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न निर्देशन दिंदै मन्त्री पुनले परीक्षाको ढिलाइ, नतिजा प्रकाशनमा समस्या र प्रमाणपत्र बुझ्दा देखिने झन्झटका बारे विद्यार्थीको गुनासो बढिरहेकाले तत्काल सुधार गर्न आग्रह गरे। “समयमै परीक्षा नहुने, नतिजा नआउने, प्रमाणपत्र लिन झन्झट—यी सबै सुधार गर्नुपर्छ,” उनले भने।

त्रिवि भित्रको वातावरण राजनीतिक भागबन्डाले अत्यधिक बिग्रिएको बताउँदै उनले भने, “महादेव आए पनि भागबन्डा अन्त्य होला जस्तो लाग्दैन। सबै मिलेर हटाऔँ। महादेवलाई किन दु:ख दिनेरु बिग्रेको राजनीतिक भागबन्डाले हो।”

मन्त्री पुनले त्रिवि परिसरमा रहेका झाडी फाडेर पार्क निर्माण गर्ने योजना पनि सभामा प्रस्तुत गरे। “म मन्त्री भएपछि २९ दिन लगाएर झाडी फालियो, अब त्यही क्षेत्रमा पार्क बनाउनु पर्छ,” उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...

दोलखामा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...

शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय बालेन सरकारको निर्णय

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...

शिक्षामन्त्री सस्मित पोखरेल सरकारका प्रवक्तामा नियुक्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्...

महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधा...

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...

दोलखाको लाप्चामा सम्पर्कविहीन हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा अपडेट

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ: कानुनमन्त्री गौतम

काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएको छिन् । राष्ट्रपतिसक्षम श...

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending