Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

त्रिविको राजनीतिक भागबन्डामाथि मन्त्री पुनको व्यंग्य: महादेव आए पनि भागबन्डा अन्त्य होला जस्तो देखिँदैन

त्रिविको जग्गा खोजबिन प्रतिवेदन कार्यान्वयन हुने दाबी

खबरडबली संवाददाता

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को जग्गा खोजबिनसम्बन्धी प्रतिवेदन कार्यान्वयन हुने स्पष्ट गरेका छन्। बुधबार बसेको त्रिवि सभा बैठकमा बोल्दै उनले प्रतिवेदन कार्यान्वयनसँगै विश्वविद्यालयभित्रको राजनीतिक भागबन्डा अन्त्य गरेर सुधारको मार्ग खुल्ने बताए।

त्रिवि नीति तथा कार्यक्रममै पनि जग्गा हिनामिना सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने उल्लेख छ। करिब २५ रोपनी जग्गा हिनामिनासम्बन्धी प्रतिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ।

मन्त्री पुनले त्रिविका चारवटा अनुसन्धान केन्द्र निष्क्रिय भएको उल्लेख गर्दै ती केन्द्रलाई बजेटसहित पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए। “अनुसन्धान केन्द्रले गर्ने काम बाहिरका कन्सल्टेन्सीले गर्न थालेपछि संकट उत्पन्न भएको रहेछ। अब बजेट छुट्याएर अनुसन्धान सक्रिय बनाउनु पर्छ,” उनले भने।

उनका अनुसार विश्वविद्यालयले प्राज्ञिक तथा प्रविधिमुखी अनुसन्धानमा विशेष जोर दिनुपर्ने छ। आविष्कारमूलक अनुसन्धान प्रवर्द्धन बिना देशको अर्थतन्त्र सुदृढ नहुने उल्लेख गर्दै उनले युवाहरूलाई व्यापक रूपमा अनुसन्धानमा सहभागी गराउनु आवश्यक रहेको बताए।

शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न निर्देशन दिंदै मन्त्री पुनले परीक्षाको ढिलाइ, नतिजा प्रकाशनमा समस्या र प्रमाणपत्र बुझ्दा देखिने झन्झटका बारे विद्यार्थीको गुनासो बढिरहेकाले तत्काल सुधार गर्न आग्रह गरे। “समयमै परीक्षा नहुने, नतिजा नआउने, प्रमाणपत्र लिन झन्झट—यी सबै सुधार गर्नुपर्छ,” उनले भने।

त्रिवि भित्रको वातावरण राजनीतिक भागबन्डाले अत्यधिक बिग्रिएको बताउँदै उनले भने, “महादेव आए पनि भागबन्डा अन्त्य होला जस्तो लाग्दैन। सबै मिलेर हटाऔँ। महादेवलाई किन दु:ख दिनेरु बिग्रेको राजनीतिक भागबन्डाले हो।”

मन्त्री पुनले त्रिवि परिसरमा रहेका झाडी फाडेर पार्क निर्माण गर्ने योजना पनि सभामा प्रस्तुत गरे। “म मन्त्री भएपछि २९ दिन लगाएर झाडी फालियो, अब त्यही क्षेत्रमा पार्क बनाउनु पर्छ,” उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...

यूक्रेन-अमेरिका वार्ता: शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

मियामी। यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार तेस्रो दिन वार्ता गर्ने छन् । अमेरिकी पक्षले दुवै पक्षको सहमति अनुसार वा...

१५ औँ महाधिवेशनमा म सभापतिको प्रत्यासी हो: महामन्त्री थापा

सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएको छन् । नेपाल प्रेस युनियन ...

बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे सञ्चालन

बागलुङ। बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा आएको छ । युवा पुस्तालाई लक्षित गरी बागलुङ नगरपालिका –९ का शेखर खड्का र सुगम खड्काले ...

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...

नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो: राष्ट्रपति पौडेल

ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएको छन् । ललितपुर मह...

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।  विद्यु...

गोरखामा २८ जना कुपोषित बालबालिका भेटिए

सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending