Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

कांग्रेसभित्र चलिरहेको सघंर्षमा विश्लेषकले देखेको विभाजनको खतरा

देउवा पुन: सक्रिय भएका हुन्?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टी महाधिवेशनको मिति र पुस्तान्तरणबारे तीव्र बहस भइरहँदा कतिपय विश्लेषकले "मध्यमार्गी बाटो नखोजिएका खण्डमा" पार्टी विभाजनतर्फ जान सक्ने खतरा रहने बताएका छन्।

उक्त पार्टीमा महाधिवेशन कहिले सम्पन्न गर्ने भन्ने विषयमा सभापति शेरबहादुर देउवा पक्ष र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा पक्षबीच मतभेद उत्पन्न भएको देखिन्छ।

देउवा पक्षले फागुन २१ गतेका निम्ति निर्धारित आमनिर्वाचनलाई औँल्याउँदै त्यसअघि महाधिवेशन सम्पन्न गर्न कठिन हुने तर्क गर्दै आएको छ तर महामन्त्रीद्वयको पक्ष भने नयाँ नेतृत्व चयन गरेर मात्रै चुनावमा जानुपर्ने अडानमा छ।

त्यसमाथि हालै गुरुराज घिमिरेलगायतको नेतृत्वमा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले 'नीति र नेतृत्व परिवर्तन' का लागि विशेष अधिवेशनको माग गर्दै हस्ताक्षर दर्ता गरेपछि नेतृत्वमाथि थप दबाव परेको देखिन्छ।

"(यस्तो स्थितिमा) सबैले आआफ्नो अडान छाडेर मध्यमार्गी बाटो खोज्ने हो भने पार्टी एकताबद्ध हुन्छ अन्यथा काङ्ग्रेस फुटको सङ्घारमा छ," विश्लेषक पुरञ्जन आचार्य भन्छन्।

लम्बिएको बैठक

बैठक सुरु भएको डेढ महिना पुग्दासमेत पार्टी केन्द्रीय समितिले यी विषयहरूमा निर्णय गर्न सकेको छैन।

"विशेष अधिवेशनसहितका मागहरूलाई बेवास्ता गरेर जान सक्ने स्थिति छैन भन्ने कुरा त केन्द्रीय समितिको लम्बिँदो अवस्थाले देखाइहाल्यो। विधानत: र अहिलेको भावनाअनुसार पनि त्यसलाई सम्बोधन गर्नुपर्छ भनेर महसुस गरेको चाहिँ देखिन्छ," आचार्यले भने, "तर त्यसको निर्णय लिन सक्ने ठाउँमा चाहिँ कार्यवाहक सभापति (पूर्णबहादुर खड्का) देखिएनन्।"

उनी कांग्रेसभित्रको द्वन्द्वलाई वैचारिकभन्दा पनि पुस्तान्तरणको सङ्घर्ष ठान्छन्। "मुख्य सङ्घर्ष भनेको नयाँ पुस्ताको दबाव देउवाको पुस्तामाथि परिरहेको हो। महामन्त्रीद्वय पनि घिमिरेहरूको मागमा जोडिएपछि युवाहरूको शक्तिले तागत प्राप्त गरेको देखिन्छ," आचार्यले भने, "त्यो दबाव कांग्रेसको संस्कृति र परम्पराको कति अनुकूल छ, अहिल्यै भन्न हतारो हुन्छ।"

संस्थापन पक्षनिकट मानिने नेता मीन विश्वकर्मा भने "मध्यमार्गी बाटो खोज्ने प्रयत्न जारी रहेकाले विभाजित भइहाल्ने स्थिति आँफूले नदेखेको" बताउँछन्।

"विभाजन भनेको दुर्घटना हो, त्यसको अनुमान गर्न सकिन्छ, यकिन गर्न सकिँदैन। कहिलेकाहीँ चर्चै नभई फुट्छ, कहिलेकाहीँ चाहिँ चर्को रस्साकस्सीपछि पनि समझदारी बन्छ," उनले भने, "सबै पक्षबीच सहकार्य भइरहेको छ र हामी एउटा साझा बिन्दु खोज्न सक्छौँ।"

हस्ताक्षर अभियानको नेतृत्व गर्नेमध्येका देवराज चालिसे पनि "यस्ता बहसले पार्टीलाई विभाजनतर्फ नभई एकजुट बनाउनेतर्फ लैजाने" दाबी गर्छन्।

नियमित कि विशेष अधिवेशन ?

कांग्रेसले महाधिवेशनमा वडा तहदेखि केन्द्रसम्म गरेर सात तहमा नेतृत्व र प्रतिनिधि चयन गर्छ। त्यसका निम्ति सरदर तीन महिनाको समय आवश्यक पर्ने नेता विश्वकर्मा बताउँछन्।

"पुस वा माघमै महाधिवेशन गर्न सकिन्थ्यो तर फागुनमा चुनाव छ, पुसको दोस्रो साता उम्मेद्वारी दर्ता छ, माघ ११ गते राष्ट्रियसभाको चुनाव छ, त्यसैले यी सबैलाई कसरी लैजान सकिन्छ भन्ने एउटा मत छ, सँगसँगै लैजान सकिन्छ भन्ने मत पनि छ," उनले भने, "त्यसैले दुवैलाई मिलाएर जाँदा महाधिवेशनलाई निर्वाचनको सहयोगी कार्यक्रमका रूपमा लैजान सकिन्छ। जहाँ सकिँदैन, त्यहाँनेर जुन पहिलो प्राथमिकता हुन्छ त्यस्तोमा एउटालाई स्थगित गरौँला र अर्कोलाई अघि बढाऔँला भन्ने राय मध्यमार्गी बनेको छ।"

नेता चालिसे भने त्यसमा विमति राख्छन्। "हामी नियमित महाधिवेशनको सुनिश्चितता खोजिरहेका छौँ तर उहाँहरू पुस मसान्तभित्र अधिवेशन सुरु गर्ने तर अन्त्य कहिले हुन्छ ठेगान नहुने गर्न खोजिरहनुभएको छ। हामीले मिति होइन, अधिवेशन खोजेका हौँ।"

"अहिलेको खास सङ्घर्ष भनेको पार्टी रोज्ने कि व्यक्ति रोज्ने भन्ने हो," उनले भने, "पार्टीको सत्तामा बसेर टिकट बाँडिरहने, पद लम्ब्याइरहने र खाइरहने भन्ने प्रवृत्ति एउटा भयो, पार्टीमा परिवर्तन गर्नुपर्छ, कार्यकर्ता र जनताको पार्टी बनाउनुपर्छ भन्ने अर्को पक्ष छ। पार्टीलाई प्रधान बनाइयो भने समस्याको समाधान छ तर व्यक्तिलाई प्रधान बनाइयो भने लम्बिँदै जाने कुरा हो यो।"

अर्का नेता शेखर कोइरालाले भने मङ्सिर मसान्तमा सम्भव नभए "पुस मसान्तसम्म कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने" बताउँदै आएका छन्।

"महाधिवेशनको तालिका बनाउँदा निर्वाचन आयोगको तालिकासँग नबाझिने गरी बनाउनुपर्छ," शुक्रवार काठमाण्डूमा उपलब्ध पार्टीका जिल्ला सभापति तथा पूर्वसभापतिहरूसँगको छलफलमा उनले भनेका थिए।

वैधानिक प्रबन्ध

चार वर्षअघि सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनले तोकेको वर्तमान पार्टी नेतृत्वको आवधिक कार्यकाल मङ्सिर ९ गतेबाट सकिएको छ। पार्टी विधानले विशेष अवस्थामा महाधिवेशन एक वर्ष पर सार्न सकिने अवस्थाको कल्पना गरे पनि महाधिवेशन प्रतिनिधिहरूले रीत पुर्‍याएर हस्ताक्षर दर्ता गराएमा ९० दिनभित्र अधिवेशन डाक्नुपर्ने प्रबन्ध पनि छ।

पुसको २८ गते हस्ताक्षर बुझाएको ९० दिन पुग्ने नेता चालिसेले बताए।

"त्यसभित्रमा नियमित महाधिवेशन भयो भने विशेष अधिवेशनको प्रयोजन समाप्त भयो," उनले भने, "तर नियमित महाधिवेशन सम्पन्न भएन भने चाहिँ विशेष अधिवेशन बाध्यकारी भयो।"

सोमवार गरिएको एउटा फेसबुक पोस्टमा महामन्त्री थापाले "विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुने" उल्लेख गरेका छन्। "अब विशेष महाधिवेशनको विकल्प छैन।"

त्यस्तै अर्का महामन्त्री शर्माले फेसबुकमा लेखेका छन्, "नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन तर विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७(२) को स्पष्ट निर्देशन छ। यो बाध्यात्मक छ।"

नेता विश्वकर्मा भने विशेष अधिवेशनले अहिलेको नयाँ परिवर्तनलाई सम्बोधन गर्न नसक्ने तर्क गर्छन्। "त्यसो भयो भने पार्टीमा नयाँपन आउन पनि अप्ठेरो पर्छ र तल्लो तह पनि सक्रिय हुँदैन। त्यसैले विशेष अधिवेशनकै समयमा नियमित महाधिवेशन गरौँ भन्ने अनुरोधका साथ अहिले हामी छलफलमा छौँ।"

विशेष अधिवेशन अन्तरिम व्यवस्था हो, जसमा चार वर्षअघिकै महाधिवेशन प्रतिनिधिहरूले अल्पकालका निम्ति नयाँ नेतृत्व चुन्छन्।

"चार वर्षअघिका प्रतिनिधिले नेतृत्व चुन्ने भएकाले त्यसमा जेन जीको प्रतिनिधित्व चाहिँ हुँदैन," विश्लेषक आचार्य भन्छन्।

हस्तारक्ष सङ्कलनमा सक्रिय भएका चालिसे भने चुनावअघि "नीति र नेतृत्व" बदल्नका निम्ति मात्रै विशेष अधिवेशनको माग गरिएको बताउँछन्।

"त्यसपछि हामीले विधानमा पनि व्यापक सुधार गरेर जेन जीमैत्री, सबैलाई न्याय हुने, कार्यकर्ताको उत्साह बढाउने र जनताले खोजेजस्तो नीतिहरू सुनिश्चित गर्छौँ।"

यसबारे केन्द्रीय समितिको बैठकले बिहीवार पनि निरन्तरता पाउने बताइएको छ।

देउवा पुन: सक्रिय भएका हुन्?

काङ्ग्रेसले सभापति देउवाको हस्ताक्षरमा निर्वाचन प्रयोजनका निम्ति दल दर्ता गरेसँगै अहिले त्यसबारे पनि चर्चा भइरहेको छ।

खड्कालाई कार्यवाहक जिम्मेवारी दिएर उपचारका निम्ति सिङ्गापुर गएसँगै धेरैले उनी सक्रिय राजनीतिबाट अलग्गिएको ठानेका थिए।

"उहाँ सिङ्गापुरबाट फर्किएपछि 'कमान्ड कन्ट्रोल' आफ्नो हातमा लिएको देखिएको छैन तर उहाँलाई भेटिरहेकाहरूले पार्टीभित्रका विभिन्न गुटहरूलाई मिलाइरहन खोज्दै हुनुहुन्छ भनेका छन्," विश्लेषक आचार्यले भने, "अन्तिम कार्यकाल भएकाले सबैलाई मिलाएर एउटा 'ल्यान्डिङ' गराइँदिऊँ भन्ने उहाँको भावना होला।"

नेता विश्वकर्मा कांग्रेसको विधानले तेस्रो पटक देउवालाई सभापतिको उम्मेदवार बन्न नदिने र उनले पनि चाहना नराखेकाले यसपटक स्वत: पार्टीको नेतृत्व हस्तान्तरण हुने सुनिश्चित भएको बताउँछन्। "उमेर समूहलाई पुस्ता मान्ने हो भने पुस्तान्तरणका लागि चाहनाचाहिँ धेरै बढेको छ तर महाधिवेशन प्रतिनिधिमा निर्भर हुने भएकाले त्यसबारे यसै हो भन्न सकिँदैन।"

नेपाली काङ्ग्रेस देउवाकै नेतृत्वमा फागुन २१ को निर्वाचनमा जाने हो भन्ने प्रश्नमा विश्वकर्माले भने, "महाधिवेशन नहुन्जेल नेतृत्व फेरिँदैन नि त।"

"पार्टी सभापतिको हस्ताक्षर वा फोटोले चुनाव हार्ने र जित्ने त होइन होला।"

महामन्त्री थापाले भने "समयभित्रै विशेष महाधिवेशन हुने र नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जाने" बताएका छन्। "नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ," उनले फेसबुकमा लेखेका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending