Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

संसद पुनस्र्थापनाको विषयमा बोल्दा एमालेसँग कुरा मिल्यो होला, आपत्ति मान्न हुन्न : सभामुख घिमिरे

खबरडबली संवाददाता

विराटनगर। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभा भवन परिसरको मङ्गलबार निरीक्षण गरेको छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी गरिएको थियो ।

निरीक्षणका क्रममा सभामुख घिमिरेले कोशी प्रदेशसभामा भएको क्षति अपूरणीय भएको भन्दै दु:ख व्यक्त गरे। उनले प्रदेशसभा भवनको पुनर्निर्माण तथा सुरक्षामा विशेष ध्यान दिइनुपर्ने बताए ।

जेनजी आन्दोलनको नाममा कोशी प्रदेशसभामा ठुलो क्षति भएको र सचिवालयको मुख्य भवनलगायत महत्त्वपूर्ण दस्तावेजहरु सबै नष्ट भएको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सभामुख घिमिरेलाई जानकारी गराए । सचिवालयको तर्फबाट तत्काल पुननिर्माण हुने सम्भावना नभएकै कारण हाल प्रदेशसभा सचिवालय कटहरी गाउँपालिकाको तरकारी बजारमा सारिएको जानकारी गराइएको थियो । सभामुख घिमिरेले नयाँ सारिएको प्रदेशसभास्थलको पनि अनुगमन निरीक्षण गरे।

यसैबिच सभामुख घिमिरेले संविधानत: संसद विघटन गर्ने र संसद बाहिरबाट प्रधानमन्त्री बनाउने ठाउँ नरहेको दोहोर्याए। उनले वर्तमान राजनीतिक घटनाक्रम न्यायालयमा पुगेको उल्लेख गर्दै त्यहाँबाट सही निरूपण हुने र संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गरे। उनले भने, ‘‘संविधानसम्मत संसद भङ्ग गर्ने गरीको ठाउँ छैन र संसदभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने पनि ठाउँ छैन । त्यसले गर्दाखेरि विषय न्यायमा गएको छ । हामी आशावादी छौँ, न्याय ठीक ढङ्गबाट हुँदाखेरि संसद पुनस्र्थापना भएर जान्छ ।’’

संसद पुनस्र्थापनाको विषयमा सभामुखले पनि नेकपा एमालेकै भाषा बोलिरहेको भनि आलोचना हुने गरेको भन्दै सोधिएको प्रश्नको जवाफमा उनले सत्य कुरा बोल्दा कसैसँग मिल्न गएमा आपत्ति मान्न नहुने बताए। उनले भने, ‘‘कसको भाषा बोल्यो भन्ने कुरा होइन, के बोल्यो भन्ने मुख्य कुरा हो । सही कुरा बोल्दा त्यो कसैसँग मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ । कुरा मिल्दैमा आपत्ति हुनुपर्ने केही छैन ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending