काठमाडौँ। कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिएपछि विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई नौ रनले हरायो ।
जितका लागि एक सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।
जितसँगै तीन खेलबाट ६ अङ्क बनाएको विराटनगर शीर्षस्थानमा छ । लगातार दोस्रो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन ।
जनकपुरका लागि जान निकोल लप्टी-इटोनले सर्वाधिक ४१ रन बनाए। यस्तै लाहिरु मिलान्थाले २३, सन्जय कृष्णमूर्तिले २० र आशिफ शेखले १३ रन बनाए।
जनकपुरलाई निराश बनाउन बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिनुभयो । उहाँले चार ओभरमा जम्मा ११ रन मात्र खर्चिए । सन्दीप प्लेयर अफ दि म्याच भए ।
यस्तै सूर्य तामाङले दुई तथा शुभम् रन्जने र मर्सेन्ट डे लन्जले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो ।
विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाए। यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाए।
बलिङमा जनकपुरका सांगीत कुरे र रुपेश सिंहल दुई दुई तथा आदित्य महताले एक विकेट लिए। यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई हराएको थियो ।
यस्तै जनकपुर उद्घाटन खेलमा काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो । आजै अर्को खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...




प्रतिकृया लेख्नुहोस्: