Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

नयाँदिल्लीमा वायु प्रदूषण तीव्र

खबरडबली संवाददाता

नयाँदिल्ली। पछिल्लो समयमा बढ्दो  वायु प्रदूषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्तरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) लगभग– ४५० देखिएको छ जुन वायु प्रदूषण मापदण्डको सन्दर्भमा “गम्भीर“ अवस्था मानिएको छ ।

पछिल्ला केही दिनदेखि दिल्ली र यसका छेउछाउका क्षेत्रहरूमा हावाको गुणस्तर खराब हुँदा मानिसहरूलाई सास फेर्न गाह्रो भइरहेको तथा धेरै सरकारी अस्पतालहरूमा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित बिरामीहरूको सङ्ख्या बढेको स्थानीय मिडियाले जनाएको छ ।

सावधानीका लागी दिल्लीका अधिकारीहरूले स्थानीयहरूलाई अत्यावश्यक नभएसम्म बाहिरी गतिविधिहरूमा संलग्न नहुन निर्देशन दिँदै स्वास्थ्य सुझावहरु जारी गरेका छन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending