Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

उत्तरी गोरखाको लाप्राकमा पुग्यो केन्द्रिय प्रशारणको लाइन

खबरडबली संवाददाता

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा चार वर्षपछि केन्द्रिय प्रशारणको लाइनको बिजुली बलेको छ । विद्युत्त प्राधिकरण गोरखाको लामो मिहिनेतपछि लाप्राकमा बिद्युत्त प्रबाह गरिएको नेपाल बिद्युत्त प्राधिकरण गोरखा शाखाका प्रमुख चीज बहादुर गुरुङले जानकारी दिए। 

बिहिबारबाट लाप्राक–४ वडा कार्यालयबाट मिटरबक्स जडान गरी बिजुली बाल्यौँ, कार्यालय प्रमुख गुरुङले भने, ‘नयाँ बस्तीका सबै घरधुरीहरुमा मिटर जडानको काम भइरहेकाले अबको केहि दिनमा सबै घर घरमा बिजुली बल्नेछ ।’

लाप्राकको ६० घर धुरीमा मिटर बक्स जडान गर्नका लागि दुई जना प्राविधिक खटाइएको छ, कार्यालय प्रमुख गुरुङले भने, ‘घर घरमा बिजुली बाल्नका लागि अहिलेसम्म ८० वटा निवेदन मात्र परेको छ भने अन्य ५ सय बीस घरधुरीको निवेदन आउने क्रम जारी छ ।’

लाप्राकमा भूकम्पपछि बनेका नमुना बस्ती र लाप्राकको पुरानो गाउँका सबै घरमा मिटरबक्स जडान गरी बत्ती बाल्ने काम निरन्तर भइरहने भएकाले लाप्राकबासीको बत्ती बाल्ने सपना पुरा हुने भएको कार्यालय प्रमुख गुरुङले बताए । 

लाप्राकमा ४ वर्षअघि ११ केभी क्षमताको लाइन विस्तार भएपनि आवश्यक मर्मत कार्य नहुँदा विद्युत्त सेवा सञ्चालनमा आउन सकेको थिएन । बिहिबारदेखि कार्यालयले आबश्याक मर्मतपछि वितरण लाइन निर्माण सम्पन्न भएसँगै स्थानिय बासिन्दाले लामो समयको पर्खाइपछि बत्ती बाल्न पाउने भएका छन् । 

सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित ठुलोस्वाँरा सवस्टेशनबाट विद्युत्त प्रवाह गरी लाप्राकमा ३ वटा ट्रान्सफर्मर राखि नमुना बस्तीको गुप्सीपाखामा १०० केभीको क्षमता भएको एउटा र पुरानो बस्तीमा ५०(५० केभीको क्षमताका २ वटा ट्रान्सफर्मर राखिएको विद्युत्त वितरण केन्द्र गोरखाले जनाएको छ । 

लाप्राकमा यसअघि लघु जलबिद्युत्त बाट प्रयाप्त शक्ति नपुग्दा भोलटेज कमी भई बत्ती मधुरो बल्ने, वाइफाइ नचल्ने र उज्यालोको लागि टुकी र लालटेन बालेर बस्नुपर्ने अवस्था हटेर जाने विश्वास गरिएको स्थानीयले बताएका छन् ।  

लाप्राकका वडा अध्यक्ष किसान गुरुङका अनुसार केन्द्रिय प्रशारण लाईन लगाएपछि लाप्राकमा चार वर्षको प्रतिक्षापछि उज्यालोले लाप्राकका घर र गल्लीहरु झिलीमिली बन्ने भएको छन् भने लाप्राकबासीको बर्षैपछि सपना पुरा भएको छ । 

विद्युत्त प्रवाहको लागि गण्डकी प्रदेशिक कार्यालय प्रमुख बिक्रम कुमार अमात्य र वडा अध्यक्ष किसान गुरुङले सयुक्त रुमपा वडा कार्यालयमा बत्ती बाल्दै केन्द्रिय प्रशारण लाइनको औपचारिक उद्घाटन गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending