काठमाडौं । नेपाली राजनीति फेरि एकचोटि हलचलमा छ—यसपालि सरकार फेर्न वा संसद् भंगलिनु–जोडिनुका कारण होइन, एमालेले आज सार्वजनिक गर्न लागेको नेशनल भोलियन्टर फोर्स अर्थात् राष्ट्रिय स्वयंसेवक बलका कारण।
पार्टी नेताहरूले यसलाई ‘आम नागरिकको सुरक्षा’का नाममा प्रस्तुत गरे पनि नेताहरूकै शैली सुन्दा यो बल सुरक्षा गार्ड र राजनीतिक उत्साह मिश्रित एउटा बहु–उपयोगी टिम बन्ने देखिन्छ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे यो विशेष बलको उद्घाटन हुँदैछ। प्रमुख अतिथि भन्नेबित्तिकै सबैलाई थाहा—अध्यक्ष केपी शर्मा ओली नै। अहिले नेपालमा कुनै नयाँ संरचना जन्मिँदा ओली उपस्थित नभएजस्तै असम्भव कुरा अरू के नै हुन्छ र?
मार्चपास : ‘शक्तिको प्रदर्शन’ कि ‘बर्चस्व चिनाउने’ कसरत?
घोषणापूर्व एमाले कार्यकर्ताहरू बबरमहलदेखि माइतीघर हुँदै नयाँ बानेश्वरसम्म मार्चपास गर्नेछन्। बाटोमा भिड बढ्दा ट्राफिकले सास फेर्न नपाए पनि, आयोजकले भने यसलाई ‘स्वयंसेवकहरूको शिस्तबद्ध प्रदर्शन’ भन्न छाड्नेवाला छैनन्।
यस मार्चपासलाई कतिपयले एमालेको शक्ति प्रदर्शन भनेका छन्, कतिले ‘राजनीतिक जिम्नास्टिक’। तर, पार्टी नेतृत्व भने यसलाई नयाँ संरचना ‘जनताको बीच देखाउने औपचारिक परेड’ बताइरहेको छ।
जेनजी आन्दोलनपछि एमालेमा ‘संयन्त्र बनाउने दौड’
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमालेलाई प्रतिनिधि सभा पुनर्स्थापनाको माग अघि सार्न प्रेरणा मिल्यो। त्यसबेलादेखि पार्टीले एकपछि अर्को संरचना बनाइरहेको छ—सुरक्षाका नाममा, जनताको सुरक्षाका नाममा, र कहिलेकाहीँ पार्टीकै सुरक्षाका नाममा पनि।
पार्टीका कतिपय कार्यकर्ताले यसलाई एमालेको ‘सुरक्षात्मक ड्रेस रिहर्सल’ पनि भन्न थालेका छन्। सामाजिक सञ्जालमा त टिप्पणी झन् कडा— “अब राज्यको सुरक्षा फोर्सभन्दा शक्तिशाली फोर्स एमालेतिर हुने भए।” “कसरी उपयोग हुन्छ थाहा छैन, तर नाम सुन्दा त हल्कासँग लड्न सक्ने जस्ता लाग्छ।”
जनताको सुरक्षा कि राजनीतिक हाइजिन?
एमालेले भनेको छ—यो फोर्सले नेता, कार्यकर्ता र आम जनताको सुरक्षामा काम गर्नेछ। तर आलोचकहरूका अनुसार नेता–कार्यकर्ताको सुरक्षा त बुझियो, ‘आम जनताको सुरक्षा’ भने कुन कोणबाट?
नेपालमा सुरक्षा संरचना बनाउने काम सामान्यतः राज्यको जिम्मा हो। तर यहाँ राजनीतिक दलहरूले ‘स्वयंसेवक’, ‘बल’, ‘फोर्स’ जस्ता शब्दले सजिएको आफ्नै टिम बनाइरहेका छन्।
त्यसमाथि एमालेले यसलाई विशेष प्रकारको ‘समाजसेवी फोर्स’ भन्दै प्रचार गरिरहेको छ—जसले ट्राफिकलाई सहयोग गर्न सक्छ, भीड व्यवस्थापन गर्न सक्छ, र आवश्यक भए राजनीतिक स्वायत्तता पनि प्रदर्शन गर्न सक्छ।
नेशनल भोलियन्टर फोर्स सञ्चालनमा आएपछि के–कसरी चल्ने हो, कसरी प्रभाव पार्ने हो, र कुन परिस्थितिमा एकाएक एक्टिभ मोडमा जाने हो ।यो सबै अहिले अनुमानमै छ।
तर एक कुरा पक्का छ ।नेपालमा राजनीतिक दलहरू संरचना बनाउने क्रममा यति क्रियाशील हुन्छन् कि कहिलेकाहीँ सरकारभन्दा उनीहरूकै मोडेल शक्तिशाली देखिन थाल्छ। र आजको कार्यक्रम त्यही सक्रियताको अर्को नमुना हो । झन् ठूलो नाम, झन् ठूलो कार्यक्रम, र झन् ठूलो मार्चपाससहित।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...



प्रतिकृया लेख्नुहोस्: