सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझाउ टोलकी २२ वर्षीया सुमन कुमारी मण्डल न्यायका लागि दौडधुपमा छिन्। २०७८ साल फागुन २९ गते तिलाठी कोइलाडी गाउँपालिका–७ सडेपाराका राधेश्यामसँग विवाह बन्धनमा बाँधिएकी सुमनको वैवाहिक जीवन चार दिनमै चकनाचुर बन्यो।
विवाहपछि ‘मागे जति दाइजो नल्याएको’ भन्दै ससुराली पक्षले उनलाई निर्घात कुटपिट गर्दै घर निकाला गरेको सुमनको आरोप छ। राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले निरन्तर दाइजोको दबाब दिँदै शारीरिक तथा मानसिक रूपमा यातना दिएको बताइन्।
विवाह दर्ताका लागि आग्रह गर्दा पनि दोषी ठहरिने डरले ससुराली पक्षले टार्दै आएको र आफूलाई घरबाटै निकालेर माइती बस्न बाध्य पारेको सुमनले दुखेसो सुनाइन्। उनका अनुसार श्रीमानले ‘अर्को विवाह गर्ने बाटो खुला होस्’ भन्ने उद्देश्यले पनि यस्ता कार्य गरेको आशंका छ।
दुवै पक्षका अभिभावकको सहमतिमा भएको विवाहका बेला २ लाख ५० हजार रुपैयाँ नगद, आधा तोला सुन, लत्ताकपडा, भाँडाकुडा र फर्निचरलगायतका सामग्री दिएको सुमनका बुवा कृष्णदेव मण्डलले बताए। पछि थप दाइजोस्वरूप आफ्नो नाममा रहेको पाँच कठ्ठा जग्गा माग्दै दबाब बढाइएका कारण छोरीले यातना सहनुपरेको उनको आरोप छ।
छोरीकाे न्यायका लागि आफूले प्रहरीदेखि अदालतसम्म धाएकाे कृष्णदेवले बताए। यसबारे बुझ्न उनका ज्वाइँ राधेश्यामसँग सम्पर्क गर्न खोजिएकोमा उनको सम्कपर्क प्राप्त हुन सकेन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: