सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझाउ टोलकी २२ वर्षीया सुमन कुमारी मण्डल न्यायका लागि दौडधुपमा छिन्। २०७८ साल फागुन २९ गते तिलाठी कोइलाडी गाउँपालिका–७ सडेपाराका राधेश्यामसँग विवाह बन्धनमा बाँधिएकी सुमनको वैवाहिक जीवन चार दिनमै चकनाचुर बन्यो।
विवाहपछि ‘मागे जति दाइजो नल्याएको’ भन्दै ससुराली पक्षले उनलाई निर्घात कुटपिट गर्दै घर निकाला गरेको सुमनको आरोप छ। राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले निरन्तर दाइजोको दबाब दिँदै शारीरिक तथा मानसिक रूपमा यातना दिएको बताइन्।
विवाह दर्ताका लागि आग्रह गर्दा पनि दोषी ठहरिने डरले ससुराली पक्षले टार्दै आएको र आफूलाई घरबाटै निकालेर माइती बस्न बाध्य पारेको सुमनले दुखेसो सुनाइन्। उनका अनुसार श्रीमानले ‘अर्को विवाह गर्ने बाटो खुला होस्’ भन्ने उद्देश्यले पनि यस्ता कार्य गरेको आशंका छ।
दुवै पक्षका अभिभावकको सहमतिमा भएको विवाहका बेला २ लाख ५० हजार रुपैयाँ नगद, आधा तोला सुन, लत्ताकपडा, भाँडाकुडा र फर्निचरलगायतका सामग्री दिएको सुमनका बुवा कृष्णदेव मण्डलले बताए। पछि थप दाइजोस्वरूप आफ्नो नाममा रहेको पाँच कठ्ठा जग्गा माग्दै दबाब बढाइएका कारण छोरीले यातना सहनुपरेको उनको आरोप छ।
छोरीकाे न्यायका लागि आफूले प्रहरीदेखि अदालतसम्म धाएकाे कृष्णदेवले बताए। यसबारे बुझ्न उनका ज्वाइँ राधेश्यामसँग सम्पर्क गर्न खोजिएकोमा उनको सम्कपर्क प्राप्त हुन सकेन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: