काठमाडौँ । पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहमा खाद्य स्वच्छतासम्बन्धी गम्भीर कमजोरी देखिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनबाट क्यान्टिन र भोजनगृह दुवै स्थानमा आधारभूत स्वच्छता मापदण्ड पालना नभएको पुष्टि भएको हो।
अनुगमन टोलीका फुड टेक्नोलोजिष्ट अनिल बस्नेतका अनुसार, क्यान्टिनमा जालीदार टोपी, पञ्जा र एप्रोनको प्रयोग नगर्ने, तयारी खाद्य पदार्थ नछोपी राख्ने, फ्राइ गर्ने कराइ अत्यन्त पुरानो हुनेजस्ता समस्या देखिएका छन् । साथै क्यान्टिनले व्यवसाय दर्ता नगरेको पनि फेला परेको छ ।
टोलीले क्यान्टिनमा म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन समेत फेला पारी नष्ट गरेको थियो।
छात्रावास भोजनगृहमा पनि अव्यवस्थित भण्डारण
कलेजकै आवासीय छात्राहरूका लागि सञ्चालनमा रहेको भोजनगृहमा पनि सरसफाइ अवस्था कमजोर देखिएको अनुगमनले जनाएको छ।
स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण भएको, भान्साको धुवाँनिकास पंखा बिग्रिएको, चुलो आसपास कालो फोहोर जमेको र कीट नियन्त्रणको कुनै व्यवस्था नभएको फुड टेक्नोलोजिष्ट अशोक पराजुलीले बताए।
कलेजमा राखिएको पानी शुद्धीकरण प्रणाली (वाटर ट्रिटमेन्ट प्लान्ट) वरिपरि फोहोर र धुलो देखिएको थियो भने प्लान्टमा पानी नै नहुने अवस्था थियो। पिउने पानी परीक्षण गर्दा एमोनिया फ्री देखिए पनि वरपरको फोहोरका कारण सुरक्षित छैन भन्ने संकेत अनुगमनले दिएको छ ।
कलेज प्रशासनले स्वीकृत गरे कमजोरी
अनुगमनपछि कलेजकी सहायक प्राचार्य विमला नेपालले क्यान्टिन र भोजनगृहमा कमजोरी रहेको स्वीकृति दिँदै सुधारका उपाय लागू गरिने बताइन् ।
निर्देशन जारी
अनुगमन टोलीले कलेजको क्यान्टिन र भोजनगृहलाई कीट नियन्त्रण प्रणाली राख्न, सरसफाइ र स्वच्छतामा ध्यान दिन, लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्न, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका सामग्री प्रयोग गर्न, आगो जोखिम न्यूनीकरणका उपकरण जडान गर्न निर्देशन दिएको छ।
नजिकका अन्य खाद्य प्रतिष्ठानमा पनि कमजोरी
टोलीले बागबजार क्षेत्रका विमला स्वीट्स एण्ड चार्ट हाउस र बज्रयोगिनी भोजनालयको समेत अनुगमन गरेको थियो।
विमला स्वीट्सले मिठाइजन्य व्यवसायका लागि आवश्यक अनुमति नलिएको र फास्टफुड अनुमतिमै मिठाइ बिक्री गरिरहेको पाइएपछि छुट्टै अनुमति लिन निर्देशन दिइएको छ।
दुवै प्रतिष्ठानमा मसीयुक्त कागज ब्याग प्रयोग, डस्टबिन नछोपी राखिएको, सरसफाइ सामान्य, कीट व्यवस्थापन कमजोर जस्ता समस्या फेला परेका छन्। अनुगमन टोलीले सबै प्रतिष्ठानलाई तत्काल सुधारको निर्देशन दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: