काठमाडौँ । पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहमा खाद्य स्वच्छतासम्बन्धी गम्भीर कमजोरी देखिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनबाट क्यान्टिन र भोजनगृह दुवै स्थानमा आधारभूत स्वच्छता मापदण्ड पालना नभएको पुष्टि भएको हो।
अनुगमन टोलीका फुड टेक्नोलोजिष्ट अनिल बस्नेतका अनुसार, क्यान्टिनमा जालीदार टोपी, पञ्जा र एप्रोनको प्रयोग नगर्ने, तयारी खाद्य पदार्थ नछोपी राख्ने, फ्राइ गर्ने कराइ अत्यन्त पुरानो हुनेजस्ता समस्या देखिएका छन् । साथै क्यान्टिनले व्यवसाय दर्ता नगरेको पनि फेला परेको छ ।
टोलीले क्यान्टिनमा म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन समेत फेला पारी नष्ट गरेको थियो।
छात्रावास भोजनगृहमा पनि अव्यवस्थित भण्डारण
कलेजकै आवासीय छात्राहरूका लागि सञ्चालनमा रहेको भोजनगृहमा पनि सरसफाइ अवस्था कमजोर देखिएको अनुगमनले जनाएको छ।
स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण भएको, भान्साको धुवाँनिकास पंखा बिग्रिएको, चुलो आसपास कालो फोहोर जमेको र कीट नियन्त्रणको कुनै व्यवस्था नभएको फुड टेक्नोलोजिष्ट अशोक पराजुलीले बताए।
कलेजमा राखिएको पानी शुद्धीकरण प्रणाली (वाटर ट्रिटमेन्ट प्लान्ट) वरिपरि फोहोर र धुलो देखिएको थियो भने प्लान्टमा पानी नै नहुने अवस्था थियो। पिउने पानी परीक्षण गर्दा एमोनिया फ्री देखिए पनि वरपरको फोहोरका कारण सुरक्षित छैन भन्ने संकेत अनुगमनले दिएको छ ।
कलेज प्रशासनले स्वीकृत गरे कमजोरी
अनुगमनपछि कलेजकी सहायक प्राचार्य विमला नेपालले क्यान्टिन र भोजनगृहमा कमजोरी रहेको स्वीकृति दिँदै सुधारका उपाय लागू गरिने बताइन् ।
निर्देशन जारी
अनुगमन टोलीले कलेजको क्यान्टिन र भोजनगृहलाई कीट नियन्त्रण प्रणाली राख्न, सरसफाइ र स्वच्छतामा ध्यान दिन, लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्न, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका सामग्री प्रयोग गर्न, आगो जोखिम न्यूनीकरणका उपकरण जडान गर्न निर्देशन दिएको छ।
नजिकका अन्य खाद्य प्रतिष्ठानमा पनि कमजोरी
टोलीले बागबजार क्षेत्रका विमला स्वीट्स एण्ड चार्ट हाउस र बज्रयोगिनी भोजनालयको समेत अनुगमन गरेको थियो।
विमला स्वीट्सले मिठाइजन्य व्यवसायका लागि आवश्यक अनुमति नलिएको र फास्टफुड अनुमतिमै मिठाइ बिक्री गरिरहेको पाइएपछि छुट्टै अनुमति लिन निर्देशन दिइएको छ।
दुवै प्रतिष्ठानमा मसीयुक्त कागज ब्याग प्रयोग, डस्टबिन नछोपी राखिएको, सरसफाइ सामान्य, कीट व्यवस्थापन कमजोर जस्ता समस्या फेला परेका छन्। अनुगमन टोलीले सबै प्रतिष्ठानलाई तत्काल सुधारको निर्देशन दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: