काठमाडौं । दुर्गा प्रसाईंको समर्थनमा नयाँ राजनीतिक शक्ति ‘नागरिक बचाउ दल’ गठन भएको छ। सो दल दर्ताका लागि निवेदन निर्वाचन आयोगमा दर्ता भइसकेको छ। आयोगमा दर्ता गरिएको निवेदनअनुसार पार्टीको नेतृत्व माधव खतिवडाले गर्नेछन्।
प्रसाईंले हालसम्म राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकप्रति केन्द्रित महाअभियान सञ्चालन गर्दै आएका छन्। यही अभियानसँग मिल्दोजुल्दो नाम दिएर नयाँ दल बनाइएको जनाइएको छ।
पार्टीका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्। आज दल दर्ताका लागि निवेदन दिने अन्तिम दिन रहेकाले विभिन्न समूह आयोगमा पुगेका छन्। भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला रहनेछ।
निर्वाचन आयोगले निवेदन परेपछि कागजातका आधारमा दर्ता प्रक्रिया अघि बढाइने बताउँदै आएको छ। मंसिर १० गतेसम्म दर्ता प्रमाणपत्र लिन सक्ने दलहरू आगामी चुनावमा सहभागी हुन योग्य हुनेछन्।
प्रतिनिधि सभा चुनाव फागुन २१ गतेका लागि तोकिएको छ। यतिबेला दुर्गा प्रसाईं सरकारसँग विभिन्न माग राख्दै अभियान चलाइरहेका छन्, भने सरकारले उनलाई चुनावमार्फत जनमत लिएर अघि आउन सुझाव दिएको छ।
यसैबीच कात्तिक १४ गते प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँगको भेटमा झापामा पुराना नेताहरू कमजोर देखिएको र दुर्गा प्रसाईं राजनीतिक रूपमा उदाउने सम्भावना रहेको टिप्पणी गरेकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: