काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारपछि देश फर्के लगत्तै नेताहरूसँग सक्रिय राजनीतिक छलफलमा उत्रिएका छन्। शुक्रबार राति सिंगापुरबाट फर्किएका देउवाले शनिबार पार्टीका संस्थापन पक्षका चार नेतासँग सामूहिक भेटवार्ता गरेका हुन्।
जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचाररत रहेका देउवा हाल चुनदेवीस्थित भाडाको निवासमा बस्दै आएका छन्। त्यही निवासमा शनिबार साँझ कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महत, नेता एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की देउवालाई भेट्न पुगेका थिए।
दुई घण्टा भन्दा बढी चलेको छलफलमा देउवाले पार्टीभित्र बढ्दो विवादबारे जानकारी लिँदै आगामी चुनावको तयारीमा ध्यान केन्द्रित गर्न नेताहरूलाई सुझाव दिएका प्रवक्ता महतले बताए। उनका अनुसार देउवाले चुनावपछि महाधिवेशन गर्न सकिने संकेत पनि गरेका छन्।
नेपाली कांग्रेसभित्र हाल महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा दुई मत देखिएका छन्। संस्थापन पक्षका धेरैजसो शीर्ष नेता चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन्।
उता संस्थापनइतर समूहका नेता डा। शेखर कोइराला भने चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिइरहेका छन्। संस्थापन पक्षभित्रै पनि पूर्ण एकमत नरहेको देखिएको छ। पार्टीका २४ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने मागसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाइसकेका छन्।
सभापति देउवाले निकट भविष्यमा पूर्वपदाधिकारी तथा ज्ञापन बुझाउने २४ केन्द्रीय सदस्यहरूसँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १३:००
महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चि...
पौष ६ गते, २०८२ - १२:४७
काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह ...
पौष ६ गते, २०८२ - १२:३८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...
पौष ६ गते, २०८२ - १२:१६
ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...
पौष ६ गते, २०८२ - १२:०७
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...
पौष ६ गते, २०८२ - ११:४९
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...
पौष ६ गते, २०८२ - ११:२३
काठमाडौँ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान ...
पौष ६ गते, २०८२ - ११:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...
पौष ६ गते, २०८२ - १०:५६
काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...
पौष ६ गते, २०८२ - १०:४७
मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...




प्रतिकृया लेख्नुहोस्: