Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

लाहोर विश्वको दोस्रो प्रदूषित सहर

खबरडबली संवाददाता

पाकिस्तान। पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको एआरवाई न्युजले जनाएको छ । रिपोर्टहरू उद्धृत गर्दै एआरवाई न्युजले पञ्जाब प्रान्तका विभिन्न क्षेत्रमा हावाको गुणस्तर अत्यन्तै खतरनाक अवस्थामा पुगेको उल्लेख गरेको छ ।

एक्युआई ५७१ पुग्दै फैसलाबाद पाकिस्तानको सबैभन्दा प्रदूषित सहरका रूपमा उभिएको छ भने गुजरानवाला ५७० कण पदार्थको स्तरका साथ दोस्रो स्थानमा छ । त्यस्तै लाहोरको एक्युआई ३९६ र मुल्तानको २५७ दर्ता भएको जनाइएको छ ।

गत वर्ष जाडो सुरु भएपछि पञ्जाबले लगातार वायु प्रदूषण र घना धुवाँको समस्या झेल्दै आएको थियो । धुवाँ नियन्त्रणका लागि अधिकारीहरूले निरन्तर प्रयास गरे तापनि हावाको गुणस्तर खतरनाक स्तरसम्म झर्दै गम्भीर जनस्वास्थ्य चुनौती सिर्जना भएको समाचारमा उल्लेख छ ।

केही दिनसम्म लाहोर पूरै धुवाँ—धुलोको मिश्रणले ढाकिएको थियो । यसमा कम गुणस्तरको डिजेल धुवाँ, चिसो मौसमसँगै झरिरहेको तापक्रम र मौसमी कृषि जलाउने कामले थप योगदान गरेको बताइएको छ । एक अवस्थाको चर्चा गर्दै वायु प्रदूषण लाहोरमा विश्व स्वास्थ्य सङ्गठन ९डब्लुचओ० ले तोकेको सुरक्षित स्तरभन्दा ८० गुणा बढी पुगेको पनि जनाइएको छ ।

विषाक्त वायु, बढ्दो स्वास्थ्य जोखिम र कडा प्रदूषणको प्रभावबाट सर्वसाधारणलाई जोगाउन प्रान्तीय सरकारले विद्यालयहरू बन्द गर्नुका साथै भोजनालय, बजार तथा अन्य व्यावसायिक प्रतिष्ठानहरूको समयसीमा समेत सीमित गरेको एआरवाई न्युजले उल्लेख गरेको छ ।

यसअघि डन दैनिकले कतिपय अन्य सहरी केन्द्रहरूले पनि एक्युआई ३०० भन्दा माथिको स्तर दर्ता गरेको बताउँदै अधिकारीहरूले बासिन्दाहरूलाई बाहिरी गतिविधि न्यून गर्न, झ्याल–ढोका बन्द राख्न, बाहिर निस्कँदा मास्क प्रयोग गर्न र घरभित्र एयर प्युरिफायर चलाउन आग्रह गरेको उल्लेख गरेको थियो ।

ह्युमन राइट्स वाचले नागरिकहरूलाई सूचित गर्दै एक प्रतिवेदनमा हरियाली क्षेत्रको विनाश, कृषि जग्गामा कन्क्रिट संरचनाहरूको विस्तार, बाली जलाउने प्रचलन र व्यावहारिक सार्वजनिक यातायात प्रणालीको अभावले लाहोरमा वायु प्रदूषण वर्षौंदेखि झनै बिग्रँदै गएको बताएको छ ।

यातायात, ताप प्रयोजनका इन्धन, फोहोर जलाउने प्रथा, बिजुली उत्पादन तथा अन्य औद्योगिक गतिविधिहरूमा जीवाश्म इन्धनको अत्यधिक प्रयोग नै वायु प्रदूषणको वृद्धि भएको प्रमुख कारण रहँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रत्ननगरले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने

चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नि: शुल्क श...

अध्यक्ष ओली–लेखकको पाँच दिन म्याद थपियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद पाँच दिन थपिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बह...

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुना...

निर्वाचनमा सेनाको भूमिका व्यावसायिक र तटस्थ : प्रधानसेनापति सिग्देल

रुपन्देही। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेक...

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध काठमाडौंमा युवाहरूको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...

२०२७ बजेटमा ट्रम्पको प्रस्ताव: रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रम कटौती

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...

रुकुमपश्चिममा अटो र गाडी ठोक्किदा आठ जना घाइते

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी का...

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending