सुलीकोट। गोरखा सदरमुकाम नजिकै रहेको वडा नम्बर १२ को दशकिलोमा एउटा सानो आँगन बिहानको कोमल घाम छिर्न नपाउदै, एक ५० वर्षीय अधबैशेको हात बिहानदेखि तातोपानीको गागर राखेर छाला सफाईमा व्यस्त छन्।
ती हात हरिराम कुलुका हात हुन् जसले ३५ वर्षदेखि मादलको आकार, ताल र आत्म गढ्दै आएका यी हात आज तीव्र चिन्ताले काँपिएका छन् । किनकी उनी बनाउने मादल जस्ते उहाँको सीप पनि समयको आँधीबेरीमा विस्तारै विस्तारै धमिलो हुदैछ ।
हरिरामका लागि मादल केबल एउटा बाद्य यन्त्र मात्र होइन, जीवन धान्ने आधार हो, पुस्ताले सुम्पेको अमूल्य धरोहर हो, अनि भावनको धुन हो । सरीता मादल उद्योग नामको सानो कार्यशाला उनको जीवनभरको परिश्रम हो, जहाँ काठको सुगन्ध, छालाको स्पर्श र धुनको जन्म एकै साथ हुन्छ । तर अहिले त्यो कार्यशाला सुनसान छ, मात्र हाबाले ढकढकाएको पुरानो ढोकाको आवाज र अधुरो मादलमा थन्किएको धुलो ।
विगत पाँच वर्ष पहिलेसम्म दुईदेखि नौ हजारसम्मको मादल बनाउने हरिरामलाई अहिले ग्राहक मात्र होइन, सामग्री खोज्न नै कठिन भएको छ । पहिला जताततै पाइने खिरो काठ अब जङ्गलको गहिराइमा लुके जस्तो लाग्छ । मरेका गाई गोरुको छाला किनै दुईदेखि तीन हजारसम्म लाग्छ । त्यसमा इनामेल्ट पेन्ट, फलामे ढुङ्गा डोरी सबैको मूल्य छोइनसक्नु भएको छ ।
जसका कारण दिनभर कडा मिहेनत गर्दा समेत मूल्य बढ्यो माग घट्छ त्यस कारण उनी भन्न्छन्, ‘‘आँखामा थकान मात्रै होइन, एक किसिमको नैरासेएता झल्कन्छ ।’’
उनी सम्झन्छन्, ‘‘एक समय गाउँका युवा, कलाकार र बुढापाका सबैको मनमा ‘स्थानीय मादल’ को यति सम्मान थियो भनिसाध्यै नै छैना, उ बेला मेलापर्वमा गुञ्जिने मादलको तालले गाउँ बस्थ्यो, मन खुशी हुन्थ्यो, राम्रो आम्दानी गरेर बच्चा बच्ची हुर्काउन पढाउन सहज थियो, तर अहिले शहरका बजारमा विदेशी धुनको चमक, डिजिटल ध्वनी र सस्तो विकल्पहरुले मादलको आत्मलाई नै पन्छाइदिएका छन् ।’’
हरिराम कुलुले मादल बनाउदाँ दिन भरको थकान पनि धुनमा हराउथ्यो । तर आजकल उहाँले काम सुरु गर्नु अघि आफैँलाई प्रश्न सोध्नु हुन्छ समयले मलाई छोड्दै छ कि मैलै समयलाई उनको सीप जसले दशौँ वर्षासम्म संस्कृतिको जिवन्तता बोकेको थियो । अहिले भविष्यहिन यात्रुजस्तै भट्किएको जस्तो छ ।
उहाँको बिचारमा मादल हराउँदा केबल एउटा बाद्य हराउने होइन नेपाली पहिचानको स्पनदन हराउँदै जानेछ । हरिराम कुलुको मिहिनेत, परम्परा र जीवनभर बटुलेको धुनसँगै विस्तारे मौनतामा बिलाउँदै छ ।
यदि सम्बन्धित निकायको मादलको संरक्षण संवर्दधनमा ध्यान गएन भने नेपाली सांस्कृति इतिहासका पानामा हरिरामको मादलको मधुर ताल भएको कथा मात्र बन्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: