सुलीकोट। गोरखा सदरमुकाम नजिकै रहेको वडा नम्बर १२ को दशकिलोमा एउटा सानो आँगन बिहानको कोमल घाम छिर्न नपाउदै, एक ५० वर्षीय अधबैशेको हात बिहानदेखि तातोपानीको गागर राखेर छाला सफाईमा व्यस्त छन्।
ती हात हरिराम कुलुका हात हुन् जसले ३५ वर्षदेखि मादलको आकार, ताल र आत्म गढ्दै आएका यी हात आज तीव्र चिन्ताले काँपिएका छन् । किनकी उनी बनाउने मादल जस्ते उहाँको सीप पनि समयको आँधीबेरीमा विस्तारै विस्तारै धमिलो हुदैछ ।
हरिरामका लागि मादल केबल एउटा बाद्य यन्त्र मात्र होइन, जीवन धान्ने आधार हो, पुस्ताले सुम्पेको अमूल्य धरोहर हो, अनि भावनको धुन हो । सरीता मादल उद्योग नामको सानो कार्यशाला उनको जीवनभरको परिश्रम हो, जहाँ काठको सुगन्ध, छालाको स्पर्श र धुनको जन्म एकै साथ हुन्छ । तर अहिले त्यो कार्यशाला सुनसान छ, मात्र हाबाले ढकढकाएको पुरानो ढोकाको आवाज र अधुरो मादलमा थन्किएको धुलो ।
विगत पाँच वर्ष पहिलेसम्म दुईदेखि नौ हजारसम्मको मादल बनाउने हरिरामलाई अहिले ग्राहक मात्र होइन, सामग्री खोज्न नै कठिन भएको छ । पहिला जताततै पाइने खिरो काठ अब जङ्गलको गहिराइमा लुके जस्तो लाग्छ । मरेका गाई गोरुको छाला किनै दुईदेखि तीन हजारसम्म लाग्छ । त्यसमा इनामेल्ट पेन्ट, फलामे ढुङ्गा डोरी सबैको मूल्य छोइनसक्नु भएको छ ।
जसका कारण दिनभर कडा मिहेनत गर्दा समेत मूल्य बढ्यो माग घट्छ त्यस कारण उनी भन्न्छन्, ‘‘आँखामा थकान मात्रै होइन, एक किसिमको नैरासेएता झल्कन्छ ।’’
उनी सम्झन्छन्, ‘‘एक समय गाउँका युवा, कलाकार र बुढापाका सबैको मनमा ‘स्थानीय मादल’ को यति सम्मान थियो भनिसाध्यै नै छैना, उ बेला मेलापर्वमा गुञ्जिने मादलको तालले गाउँ बस्थ्यो, मन खुशी हुन्थ्यो, राम्रो आम्दानी गरेर बच्चा बच्ची हुर्काउन पढाउन सहज थियो, तर अहिले शहरका बजारमा विदेशी धुनको चमक, डिजिटल ध्वनी र सस्तो विकल्पहरुले मादलको आत्मलाई नै पन्छाइदिएका छन् ।’’
हरिराम कुलुले मादल बनाउदाँ दिन भरको थकान पनि धुनमा हराउथ्यो । तर आजकल उहाँले काम सुरु गर्नु अघि आफैँलाई प्रश्न सोध्नु हुन्छ समयले मलाई छोड्दै छ कि मैलै समयलाई उनको सीप जसले दशौँ वर्षासम्म संस्कृतिको जिवन्तता बोकेको थियो । अहिले भविष्यहिन यात्रुजस्तै भट्किएको जस्तो छ ।
उहाँको बिचारमा मादल हराउँदा केबल एउटा बाद्य हराउने होइन नेपाली पहिचानको स्पनदन हराउँदै जानेछ । हरिराम कुलुको मिहिनेत, परम्परा र जीवनभर बटुलेको धुनसँगै विस्तारे मौनतामा बिलाउँदै छ ।
यदि सम्बन्धित निकायको मादलको संरक्षण संवर्दधनमा ध्यान गएन भने नेपाली सांस्कृति इतिहासका पानामा हरिरामको मादलको मधुर ताल भएको कथा मात्र बन्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...
चैत्र १४ गते, २०८२ - १६:०१
काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...
चैत्र १४ गते, २०८२ - १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...
चैत्र १४ गते, २०८२ - १५:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...



प्रतिकृया लेख्नुहोस्: