दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा करिब दुई दशकअघिसम्म फर्निचरको काम गर्थे । परिवार पाल्न मुस्किल भएपछि विकल्प खोजिरहेको बेला एक दिन साथीले काष्ठकलाका सामान बनाउने भिडिओ मेसेन्जरमा पठाइदिए ।
“इन्टरनेटमा भिडिओ हेरेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा जाग्यो र यसमै लागेँ,” महरा भन्छन्, “हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो । घर खर्च चलाउनै गाह्रो हुन्थ्यो । अहिले मजदुरीभन्दा यो पेशामा फाइदा छ ।”
२ वर्षदेखि उनी विजयसाल र बाँसबाट गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनलगायत सामग्री बनाउँदै आएका छन् । उनका उत्पादन ५ सयदेखि २ हजारसम्ममा बिक्री हुन्छन् । युट्युवकै सहयोगले अहिले काठका भाँडाकुँडा तयार पार्ने भइसकेका छन् भक्तबहादुर ।
“अहिले मासिक ४० हजारभन्दा बढी आम्दानी हुन्छ । पहिला महिनौँसम्म खाली बस्नुपर्थ्यो । यति राम्रो कमाइ होला भन्ने मैले सोचेको पनि थिइनँ”, उनले सुनाए ।
उनले बनाएका सामान किन्न अहिले ग्राहक घरमै पुग्छन् । महरा भन्छन्, “माग धेरै आउँछ, मागअनुसार उत्पादन गर्न सकेको छैन । एक्लै काम गर्छु । यहाँका सामुदायिक वनले ‘राम्रो काम गरेको छौ’ भनेर कच्चा पदार्थ उपलब्ध गराउँछन् ।”
सामाजिक सञ्जालको सदुपयोग गर्न सके धेरै लाभ पाउन सकिन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् महरा । “यसमा यति राम्रो आम्दानी होला भन्ने कल्पना नै गरेको थिइनँ । अहिले सन्तुष्ट छु, राम्रै कमाइ हुँदैछ”, उनी भन्छन् ।
लगनशील भएर सीपको सदुपयोग गर्न सके आफ्नै गाउँठाउँमा मनग्य कमाउन सकिने अनुभव सुनाउँछन् भक्तबहादुर । -रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: