काठमाडौँ। विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन्। यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन्। यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपियाँ असुल गरेको छ।
३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपियाँ थियो। अब ५ अर्ब ७० करोड ६८ लाख रुपियाँ बक्यौता असुल गर्न बाँकी रहेको छ। यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राज्यप्रतिको दायित्त्व सम्झिएर उद्योगीबाट बक्यौता रकम तिर्न थालेकोमा धन्यवाद दिए।
मन्त्री घिसिङले उद्योगीहरूबाट बक्यौताको किस्ता तिर्न थालेपछि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।
उनले भने,‘उद्योगलाई विद्युत् नियमन आयोग, अदालतलगायतका निकायमा जाने बाटो खुला छ, किस्ताबन्दी तिर्न थालेपछि त्यसलाई पालना गर्नुहन्छ भन्नेमा हामी विश्वस्त छौ, उद्योगीहरूका जायज मागलाई सम्बोधन गर्न सँधै तयार नै छौं।’
प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिएर असोजमा सार्वजनिक सूचना जारी गरेको थियो। त्यस अवधिमा बक्यौता तिर्न नआएपछि ४ र ७ कात्तिक गरी दुई चरणमा लाइन काटिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...
मंसिर २१ गते, २०८२ - १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...
मंसिर २१ गते, २०८२ - १६:०४
बुटवल । दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...
मंसिर २१ गते, २०८२ - १५:५७
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...




प्रतिकृया लेख्नुहोस्: