काठमाडौँ । जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति–सुरक्षा हाल सामान्य अवस्थामा फर्किएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेको छन्। बिहीबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले ने, “करिब दुई महिनाको अवधिमा हामीले शान्ति–सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएका छौं।”
अर्यालले जेनजी युवाहरूको सहभागितामा गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरी सुरक्षा जोखिममा रहेका व्यक्तिहरूलाई सहजीकरण गरिएको बताए । उनले वर्तमान सरकार गठन हुँदा अन्योलको अवस्था रहेको स्मरण गर्दै भने, “फेरि पनि यस्तै रक्तपातपूर्ण अवस्था आउँछ कि भन्ने त्रास थियो, हामी त्यस्तो अवस्था आउन नदिनेतर्फ लाग्यौँ।”
आन्दोलनका क्रममा क्षति पुगेको नेपाल प्रहरीका ४६५ युनिटमध्ये ४४८ युनिट सञ्चालनमा आइसकेको छ। त्यसैगरी, क्षति पुगेका १० जिल्ला प्रशासन कार्यालय र ४ इलाका प्रशासन कार्यालयको सेवा पनि सुचारु गरिएको जानकारी दिनुभयो।
प्रदर्शनमा उच्छृङ्खल गतिविधिमा संलग्न ४२९ जनालाई पक्राउ गरी विभिन्न मुद्दा शीर्षकमा १६८ वटा मुद्दा दर्ता गरिएको छ। देशभरका कारागारबाट फरार भएका १४,५५४ कैदीमध्ये ९,५४१ जना फिर्ता ल्याइएको छ भने ५,०१३ जना अझै फिर्ता आउन बाँकी छन्।
गृहमन्त्री अर्यालले भने प्रदर्शनका क्रममा प्रहरी र सशस्त्र प्रहरीबाट आन्दोलनकारीले लुटेका ७१८ थान हतियार फिर्ता ल्याइएको छ। भदौ २३ र २४ मा हराएका वा लुटिएका हतियारमध्ये यी सबै सुरक्षा निकायले नियन्त्रणमा लिएका हुन्। बाँकी हतियार नियन्त्रणमा लिन सुरक्षा निकायबाट संयुक्त अपरेसन सञ्चालन भइरहेको जानकारी पनि उनले दिए।
बिहीबारको बैठकमा मन्त्री अर्यालले यो विवरण राष्ट्रिय सभाको समितिलाई प्रस्तुत गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १२:४२
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीप्र...
मंसिर २२ गते, २०८२ - १२:२९
काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रद...
मंसिर २२ गते, २०८२ - ११:३६
उर्लाबारी। असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई ...
मंसिर २२ गते, २०८२ - ११:२३
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा भइरहेको राजमार्ग विस्तारका कारण प्रभावित भएका घरधनी तथा व्यवसायीलाई लक्षित गर्दै ९ बुँदे विशेष निर्...
मंसिर २२ गते, २०८२ - ११:०९
काठमाडौँ। शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ ...
मंसिर २२ गते, २०८२ - ११:०३
बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ । शनिबार बैतडी सदरमुकाममा सम्प...
मंसिर २२ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा प्रभाकरले गृहजिल्ला रुकुम पश्चिम पुगेपछि पह...
मंसिर २२ गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ...
मंसिर २२ गते, २०८२ - १०:१८
बैतडी । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । आज बिहान ८:२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्र...
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...




प्रतिकृया लेख्नुहोस्: