Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

जेनजी प्रदर्शनमा लुटिएका ७१८ थान हतियार फिर्ता, शान्ति–सुरक्षा सामान्य अवस्थामा फर्कियो: गृहमन्त्री अर्याल

खबरडबली संवाददाता

काठमाडौँ । जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति–सुरक्षा हाल सामान्य अवस्थामा फर्किएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेको छन्। बिहीबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले ने, “करिब दुई महिनाको अवधिमा हामीले शान्ति–सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएका छौं।”

अर्यालले जेनजी युवाहरूको सहभागितामा गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरी सुरक्षा जोखिममा रहेका व्यक्तिहरूलाई सहजीकरण गरिएको बताए । उनले वर्तमान सरकार गठन हुँदा अन्योलको अवस्था रहेको स्मरण गर्दै भने, “फेरि पनि यस्तै रक्तपातपूर्ण अवस्था आउँछ कि भन्ने त्रास थियो, हामी त्यस्तो अवस्था आउन नदिनेतर्फ लाग्यौँ।”

आन्दोलनका क्रममा क्षति पुगेको नेपाल प्रहरीका ४६५ युनिटमध्ये ४४८ युनिट सञ्चालनमा आइसकेको छ। त्यसैगरी, क्षति पुगेका १० जिल्ला प्रशासन कार्यालय र ४ इलाका प्रशासन कार्यालयको सेवा पनि सुचारु गरिएको जानकारी दिनुभयो।

प्रदर्शनमा उच्छृङ्खल गतिविधिमा संलग्न ४२९ जनालाई पक्राउ गरी विभिन्न मुद्दा शीर्षकमा १६८ वटा मुद्दा दर्ता गरिएको छ। देशभरका कारागारबाट फरार भएका १४,५५४ कैदीमध्ये ९,५४१ जना फिर्ता ल्याइएको छ भने ५,०१३ जना अझै फिर्ता आउन बाँकी छन्।

गृहमन्त्री अर्यालले भने प्रदर्शनका क्रममा प्रहरी र सशस्त्र प्रहरीबाट आन्दोलनकारीले लुटेका ७१८ थान हतियार फिर्ता ल्याइएको छ। भदौ २३ र २४ मा हराएका वा लुटिएका हतियारमध्ये यी सबै सुरक्षा निकायले नियन्त्रणमा लिएका हुन्। बाँकी हतियार नियन्त्रणमा लिन सुरक्षा निकायबाट संयुक्त अपरेसन सञ्चालन भइरहेको जानकारी पनि उनले दिए।

बिहीबारको बैठकमा मन्त्री अर्यालले यो विवरण राष्ट्रिय सभाको समितिलाई प्रस्तुत गरेको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: