मुस्ताङ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले झण्डै साढे तीन अर्ब राजस्व सङ्कलन गरेको छ । अत्याधिक चिसोसँगै कोरला नाका आसपासका क्षेत्रमा हिमपात भए पनि नियमित चिनबाट आयात गरिएका समान धमाधम आउन थालेपछि कात्तिक २५ गतेसम्म तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार रूपियाँ राजस्व सङ्कलन भएको हो ।
भन्सार कार्यालय प्रमुख रमेश खड्काले चिसोसँगै सवारीसाधनमा ढुवानीमा समस्या भएपनि भन्सार कार्यालयले आयात, निर्यात भइरहेको बताए।
भन्सार प्रमुख खड्काले भने, ‘‘भन्सार कार्यालयमा रोकिएका मालबाहक सवारीसाधन जाँचपास समेत भइरहेको छ, सडकमा जमेको हिउँ पन्छाउँदै भए पनि ढुवानीको काम भइरहेको छ ।’’ भन्सार कार्यालयले भदौ महिनाको ३० गतेदेखि व्यवसायीक रुपमा सेवा प्रवाह गरेपछि हालसम्म एक हजार ६९९ वटा विद्युतीय ९ईभी० गाडीसहित ८२८ मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान ४१ साना तथा मजौला ट्रकमार्फत पठाइएको छ ।
नेपालमा उत्पादन हुने सामानको चिनियाँ बजारमा खपतको वातावरण बनाउन त्यहाँका व्यवसायीसँगको सम्बन्ध स्थापितका लागि कूटनीतिक पहल आवश्यक रहेको व्यवसायीको भनाइ छ । भन्सार कार्यालयबाट जाँचपास भएका सवारीसाधन समेत एक सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड सुधार नहुँदा ठुला कन्टेरन सञ्चालनमा समस्या भइरहेको छ । समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकामा मंसिरदेखि माघ महिनासम्म चारफिटसम्म हिमपात हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...
मंसिर २० गते, २०८२ - १२:४७
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...
मंसिर २० गते, २०८२ - १२:३३
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...
मंसिर २० गते, २०८२ - ११:४१
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...
मंसिर २० गते, २०८२ - ११:३०
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...




प्रतिकृया लेख्नुहोस्: